• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज १२, २०८३ Mon, Sep 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

कस्तो अटेरी सरकार!

64x64
केपी ढुंगाना बिहीबार, वैशाख ४, २०७७  १९:१९
1140x725

चीनको वुहानबाट शुरु भएको कोरोना संक्रमण इटली हुँदै युरोप र बेलायततिर भुसमा आगो सल्किएझैं सल्कियो। दक्षिण कोरिया, भारत, पाकिस्तान हुँदै दक्षिण एसियामा सल्कँदै जब काठमाडौंमा दोस्रो संक्रमित फेला पर्‍यो, सरकार आत्तिँदै एकाएक लकडाउनको निर्णयमा पुग्यो।

जोहो केही गर्न पाएकै थिएनन् सर्वसाधारणले। कामका सिलसिलामा विभिन्न जिल्लामा पुगेकाहरू फर्कने मेसो नै मिलेकै थिएन। साँझ पारेर सरकारले लकडाउनको घोषणा गरेर भोलिपल्ट बिहानबाट कार्यान्वयनमा ल्याइहाल्यो। तैपनि, सरकारले हाम्रै लागि गरेको त हो नि भनेर सर्वसाधारणले साथ दिए।

एक साताका लागि गरिएको लकडाउन बढेर एक महिनाभन्दा बढी पुगिसकेको छ। यो बीचमा कतै प्रतिरोधको सूचना आएको छैन। 

अन्य देशमा पनि कोरोनाको कहरबाट जोगिन लकडाउनको अवधि बढिरहेको छ। तर नेपालझैं इमान्दार पालना भएको कमै देखिन्छ। भारतमा मंगलबार लकडाउनको अवधि बढाएपछि मुम्बईमा हजारौं मजदुर प्रतिरोध गर्न सडकमा आइपुगे। मुख्यमन्त्रीले विशेष सम्बोधन नै गर्नुपर्‍यो। 

अन्यत्र पनि समस्या देखिइरहेका छन्। सरकारले नागरिकलाई यो त तिमीहरूकै लागि हो भनेर बारम्बार लकडाउन पालना गर्न आग्रह गरिरहेकै छन्।

तर नेपालमा खास समस्या देखिएको छैन। आधा पेट खाएर पुलमुनी सुतेर भए पनि लकडाउन इमानका साथ पालना गरिरहेका छन् नागरिक। सडकमा निस्कँदा प्रहरीको लाठी भेटेका नागरिक लाठी पनि हाम्रै सुरक्षाका लागि हो भनेर चित्त बुझाएका छन्।

कोरोना संक्रमण नियन्त्रणमा नागरिक त इमान्दार देखिए। तर सरकार?

चीनको वुहानमा कोरोना भाइरसको संक्रमण फैलिसक्दा नेपाल सरकारका जिम्मेवार मन्त्री नै नेपाल कोरोनामुक्त देश भएको भन्दै पर्यटक भित्र्याउने योजनामा लागेका थिए। प्रधानमन्त्री सचिवालयका कर्मचारीसहित केही जापान भ्रमणमा निस्किए त्यही बेला। भ्रमण वर्ष स्थगित गराउनै निक्कै समय लाग्यो।

Ncell 2
Ncell 2
nimb
nimb

पैदलै हिँड्न नरोकेको अवस्थामा संक्रमण फैलनबाट रोक्न घर फर्कन चाहनेहरूका लागि घर फर्कने वातावरण बनाउनु त्यति जटिल काम पक्कै होइन। 

कोरोना संक्रमणले तीव्र गति लिइरहेको थियो। सरकार स्कुल बन्द गर्ने 'मुड'मा थिएन। एसइईको परीक्षा त जसरी पनि सक्काउने मुडमा थियो। नागरिक तहबाट अन्तराष्ट्रिय आवागमन स्थगित गरौं, भारतसँगको सीमा बन्द गरौं भन्दा लामो समय सुनेको नसुन्यै गर्‍यो सरकारले। 

कोरोना संक्रमणसँग जुध्न लकडाउन अल्पकालीन उपाय हो। दीर्घकालीन उपाय परीक्षण र उपचार विधि नै हो। यसका लागि चाहिने स्वास्थ्य सामग्रीको खरिदमा प्रारम्भमै सरकारको नियतमा खोट देखियो।

संकटकालीन अवस्था भन्दै सरकारी अधिकारीहरू यस्तो अवस्थामा पनि अनियमिततातिर लम्किए। ओम्नी समूहलाई देखाएर बदमासीमा सक्रिय भयो सरकार। जब बदमासीको पोल खुल्यो, सरकार एक कदम पछि हट्यो।

Xtrem

Xtrem

हतारमा स्वास्थ्य सामग्री खरिद गर्ने प्रक्रिया अगाडि बढाउँदा हतारमा भूल भएको हुन सक्थ्यो। तर पोल खुलेपछिका दिनमा सरकारले नागरिकले अपेक्षा नगरेको व्यवहार देखाइरहेको छ। देशका कार्यकारी प्रमुख प्रधानमन्त्री केपी शर्मा ओली आफैं ओम्नीको आवरणमा भएको अनियमिताका नाइकेहरूको संरक्षणमा उत्रिएका छन्। 

यसले कोरोना संक्रमण नियन्त्रणमा मेडिकल सामाग्री खरिदमा स्वास्थ्य मन्त्रालय अन्तर्गतको स्वास्थ्य सेवा विभागको आवरणमा भएको खरिद बदमासी हतारको निर्णयमा भएको भूल मात्र होइन भन्ने प्रष्ट भयो। 

यो पूर्वतयारी स्वरुप भएको अनियमितताको 'ग्रान्ड डिजाइन' हो भन्न थप तथ्य पहिल्याउनै परेन। सत्ता सञ्चालकका प्रमुखकै भनाईले नै पुष्टि गरिदियो।

प्रधानमन्त्रीज्यू बिरामी हुनुहुन्छ। स्वास्थ्यका कारण प्रधानमन्त्री सत्ता सञ्चालनमा प्रत्यक्ष सक्रिय हुन नसक्दा सरकारी संयन्त्रमा प्रधानमन्त्रीको सल्लाहकार समूह हावी भएको दृष्य पुरानो होइन।

बदमासी अनुसारको नसिहतको साटो उल्टो अनियमिततापूर्ण खरिदबारे प्रश्न उठाउने कर्मचारीको बलजफ्ती भएको सरुवाले खोट विभागको नेतृत्वमा मात्रै होइन, सरकारको नेतृत्वमै छ भन्ने स्पष्ट हुन्छ।

कोरोना संक्रमण र त्यसपछिको सरकारी तयारीमा प्रधानमन्त्रीको सल्लाहकार समूह हावी भइरहेकै छन्। यही बीचमा सल्लाहकार समूहका बदमासी एकपछि अर्को गर्दै सार्वजनिक भए। आफ्नाविरुद्ध समाचार प्रकाशित गर्ने अनलाइनमा अनधिकृत प्रवेश गरेर समाचारै हटाउनेसम्मका अपराध भइसकेका छन्।

यो प्रेस स्वतन्त्रतामाथिको कालो हस्तक्षेप मात्रै थिएन, गम्भीर अपराधसमेत थियो। त्यसविरुद्ध नेपाल पत्रकार महासंघबाट विज्ञप्ति जारी हुँदा प्रधानमन्त्रीका निजी सचिवालयका सदस्यले सामाजिक सञ्जालमा धम्कीपूर्ण धारणा मात्र राखेनन्, सञ्चारकर्मीहरुको छाता संगठनलाई आफ्नो बचाउमा राजनीतिक ध्रुवीकरणसमेत गराउने प्रयास भयो।

प्रधानमन्त्रीका पछिल्ला भनाइबाट समेत स्वास्थ्य मन्त्रालय र स्वास्थ्य सेवा विभागको नेतृत्वबाट कोरोना नियन्त्रणमा निर्वाह गर्नुपर्ने जिम्मेवारी पूरा नगरेको प्रष्ट हुन्छ। बदमासी गर्नेलाई बदमासी अनुसारको नसिहतको साटो उल्टो अनियमिततापूर्ण खरिदबारे प्रश्न उठाउने कर्मचारीको बलजफ्ती भएको सरुवाले खोट विभागको नेतृत्वमा मात्रै होइन, सरकारको नेतृत्वमै छ भन्ने स्पष्ट हुन्छ।

आइसोलेसनमा बस्नेदेखि लिएर सरकारले बनाएका सबै डिजिटल संयन्त्रमा सहभागी भएर नागरिकले आफ्नो स्वास्थ्य अवस्थाबारे जानकारी गराइरहेका छन्। नागरिक प्रभावकारी परीक्षण प्रणालीको पर्खाइमा छन्। तर सरकार कछुवा गतिको परीक्षण प्रणालीमै गर्व गरेर बसिरहेको छ। परीक्षण तीव्र बनाऊ भन्ने नागरिक आव्हान सुनेको नसुन्यै गरिरहेको छ सरकार।

लकडाउनले सहरी क्षेत्रमा बस्दै आएका ज्यालादारी मजदुरवर्गको परिवार नराम्ररी प्रभावित भएको छ। सरकारले लकडाउन गरेको एक साता त उनीहरू इमान्दार बनेर दुःखसुख गरेर जो जहाँ थिए त्यहीँ बसे। तर निरन्तर लकडाउन बढेपछि कोरोनाभन्दा भोकले नै ज्यान लिने जोखिम भएपछि उनीहरू आफ्नो थालथलो फर्कन चाहे।

सयौं माइल हिडेरै थातलथलो पुगिरहेका छन् उनीहरू। सुत्केरी आमाहरू नवजात शिशु च्यापेर हिँडिरहेका छन्। किशोरकिशोरी पैतालामा ठेला उठाउँदै हिँडिरहेका छन्।

सवारीसाधनबाट थालथलो पुग्दा कोरोना भाइरस पनि पुग्ने तर हप्तौं लगाएर, जंगल र सडकमा सुत्दै थातथलो पुग्दा कोरोना थाकेर भाग्ने त पक्कै होइन होला।

सरकार यी सबै कुरा देखेर  पनि देख्या नदेख्यै गरेर बसिरहेको छ। न ऊ चुल्हो बाल्नै समस्या भएकाहरूको चुल्होका सरजाम जोहो गराउन तत्पर देखिन्छ न थातथलो फर्किरहेकाहरूलाई सुरक्षित रुपमा पुर्‍याउन नै चासो राखेको छ। 

बीचमा एक पटक हल्का मनमा मानवीयता पलाएर सवारी साधनमार्फत् नै फर्काउने हो कि भनेर आँटेको पनि हो सरकारले। तर मुख्यमन्त्रीहरूले ती सबै मजदुर वर्गलाई कोरोनाका भरिया देख्दा प्रयास बीचैमा तुहियो। सवारीसाधनबाट थालथलो पुग्दा कोरोना भाइरस पनि पुग्ने तर हप्तौं लगाएर, जंगल र सडकमा सुत्दै थातथलो पुग्दा कोरोना थाकेर भाग्ने त पक्कै होइन होला। यदि सवारीसाधनबाट उनीहरू घर फर्कँदा कोरोना संक्रमण फैलने जोखिम छ भने हिँडेर पुग्दा पनि जोखिम उस्तै हो।

यसरी आवतजावत हुँदा कोरोना संक्रमण फैलने जोखिम त हुन्छ नै। तर पैदलै हिँड्न नरोकेको अवस्थामा संक्रमण फैलनबाट रोक्न घर फर्कन चाहनेहरूका लागि घर फर्कने वातावरण बनाउनु त्यति जटिल काम पक्कै होइन। सरकारले चाहे सुरक्षा निकायसँग रहेका सवारीसाधन खटाएर ज्यान जोगाउन पैदलमार्चमा निस्किएका नागरिकलाई सहज रुपमा थलोमा पुर्याउन सक्छ।

लकडाउन अवधिभर जो जहाँ छ, त्यहीँ बस्ने हो भने 'गाँसबासको प्रबन्ध गराऊ, नत्र आफ्नो थलोमा फर्कन देऊ' भन्ने उनीहरूको मागप्रति अटेरी बन्दै राज्य आर्थिक समस्याले चेपिएर भोकै मर्नबाट जोगिन थातथलो फर्कन बाध्यहरूले राजमार्गमा बनेको क्याराभान हेरेर रमाइरहेको छ। 

आमा मरेर सीमा पारी कोरामा बसेका आफ्नै नागरिकलाई सीमा कट्न नदिने सरकारले आर्थिक संकटरहित जीवनको कल्पना गर्दै युरोप, अमेरिका पुगेका र परिवारको गाँसबासको जोहो गराउन खाडीलगायतका मुलुकमा श्रम बेच्न पुगेकाहरूको स्वदेश फर्कन पाउँ भन्ने गुहार त कसरी सुन्ला र! 

प्रकाशित मिति: बिहीबार, वैशाख ४, २०७७  १९:१९
  • #Novel Corona Virus
  • #lockdown

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
केपी ढुंगाना
विगत १८ वर्षदेखि पत्रकारितामा संलग्न ढुंगाना नेपाल लाइभका सम्पादक हुन्। सुरक्षा विषयमा विशेष रुचि राख्ने उनको 'ओपन सेक्रेट' नामक पुस्तक प्रकाशित छ। ढुंगाना यसअघि शुक्रबार साप्ताहिकका सम्पादक थिए। अनलाइन पत्रकार संघका संस्थापक अध्यक्षसमेत रहेका ढुंगानाले कान्तिपुर, नागरिक, नयाँ पत्रिका र राजधानी दैनिकमा काम गरिसकेका छन्।
लेखकबाट थप
ललितपुरमा शुक्रबार कर्फ्यू
विद्या भण्डारी राष्ट्रपति हुन् कि नेकपा नेता?
सीमा विवाद बढेसँगै नेपाल र भारतका ह्याकरबीच साइट ह्याक गर्ने प्रतिस्पर्धा, सुरक्षा निकाय रमिते
सम्बन्धित सामग्री
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं यही सन्दर्भमा काठमाडौंको सीतापाइला–रामकोट–भीमढुंगा सडकको भविष्यबारे गम्भीर बहस आवश्यक छ। सडक स्तरोन्नति र विस्तार आवश्यक छ। तर सडक व... बुधबार, असोज ७, २०८३
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? दुर्घटनामा मृत्यु हुनेको संख्या निस्सन्देह महत्त्वपूर्ण छ। तर मृत्युबाट बचेका घाइतेको जीवनबारे हाम्रो बहस झन् कमजोर छ । बुधबार, असोज ७, २०८३
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति हरितगृह ग्यास उत्सर्जनमा विश्वको पहिलो र तेस्रो नम्बरमा रहेका चीन र भारतको कारण हिमालय अत्यधिक प्रभावित भएको र त्यसको दुष्प्रभाव नेप... आइतबार, असोज ४, २०८३
ताजा समाचारसबै
आगामी तीन दिन देशभरका अधिकांश नदीहरूको बहाव सामान्य रहने सोमबार, असोज १२, २०८३
लखनदेई खोलामा आएको बाढीले भाडसर खुटौनाको बस्ती र धान खेत डुबानमा सोमबार, असोज १२, २०८३
अविरल वर्षापछि आएको बाढीपहिरोमा २१ जनाको मृत्यु सोमबार, असोज १२, २०८३
नेपालमा पुनर्निर्माण र पूर्वाधारमा लगानी बढाउन एआईआईबीलाई अर्थमन्त्रीको आग्रह सोमबार, असोज १२, २०८३
शाखा अधिकृत सरुवामा नयाँ अभ्यास, दुई जनालाई फेरि प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
मर्स्याङ्दी नदी थुनिएपछि चामे बजार खाली गराइयो आइतबार, असोज ११, २०८३
देउवा समूहले महाधिवेशनमा उम्मेदवार बन्न तोक्यो शुल्क आइतबार, असोज ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्