ललितपुर- जिल्ला प्रशासन कार्यालय ललितपुरले शुक्रबार ललितपुर जिल्लामा पर्ने चक्रपथभित्रका सबै क्षेत्रमा कर्फ्यू लगाउने निर्णय गरेको छ।
शुक्रबार बिहान ४ बजेदेखि राती १० बजेसम्म कर्फ्यू लगाउने निर्णय भएको ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले नेपाल लाइभलाई जानकारी दिएका हुन्।
उनका अनुसार चक्रपथ भित्र पर्ने ललितपुर जिल्लाका सबै स्थानमा लागू हुने गरी कर्फ्यू आदेश जारी गरिएको हो।
बिहीबार रातो मच्छिन्द्रनाथको रथयात्राका क्रममा स्थानीय र प्रहरीबीच झडप भएपछि स्थितिलाई नियन्त्रणमा लिन कर्फ्यू आदेश जारी गरिएको जिल्ला प्रशासनले जनाएको छ।
सो क्रममा स्थानीयले ट्राफिक प्रहरीमाथि कुटपिट पनि गरेका थिए। कुटपिट गर्ने ९ जनालाई भने प्रहरीले नियन्त्रणमा लिएको जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।