• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २२, २०८२ Wed, Oct 8, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सूचना-प्रविधि
सीमा विवाद बढेसँगै नेपाल र भारतका ह्याकरबीच साइट ह्याक गर्ने प्रतिस्पर्धा, सुरक्षा निकाय रमिते
64x64
केपी ढुंगाना शुक्रबार, जेठ ९, २०७७  २१:१२
1140x725

काठमाडौं- नेपाली भूमिमा भारतीय पक्षले एकपक्षीय तरिकाले सडक निर्माण गरेसँगै बढेको तनाव सूचना प्रविधिमा समेत प्रवेश गरेको छ। नेपालको कालापानी र लिपुलेक क्षेत्रमा भारतीय पक्षले एकतर्फी रुपमा चीन जोड्न सडक बनाएपछि कुटनीतिकतहमा शुरु भएको तनाव साइवर स्पेसमा प्रवेश भएको हो।

भारतीय पक्षले कुटनीतिक वार्तामार्फत् सीमा विवाद समाधानको साटो एकतर्फी रुपमा भौतिक संरचना नै निर्माण गरेपछि प्रत्युत्तरमा नेपालले आफ्नो नक्सामा छुटेको कालापानी र लिपुलेक क्षेत्र समेटेर नयाँ नक्सा सार्वजनिक गरेपछि दुवै क्षेत्रमा अहिले यो विवाद नागरिकतहमा पुगिसकेको छ।

भारतीय सञ्चारमाध्यमले भारतीय भूमि दाबी गर्दै नेपालले नक्सा सार्वजनिक गरेको आरोप गरिरहेको बेला एक भारतीय ह्याकर समूहले नेपाली वेभसाइटहरु ह्याक गरेका छन्।

ह्याकको प्रारम्भ भने नेपाली ह्याकहरहरूले गरेका थिए। नेपाली साइटहरू ह्याक गर्दै आएको सैतान नामाकरण गरिएको नेपाली ह्याकरले प्रारम्भमा बलिउडमा कार्यरत नेपाली नायिका मनिषा कोइरालाविरुद्ध घृणा फैलाउने गरी एकतर्फी समाचार प्रसारण गरेको एबिपीन्युजको साइटमा आक्रमण गरेका थिए। 

उनीहरुले एबिपीन्युजको 'एपिआइ की' ह्याक गरी ट्विट गर्दै सार्वजनिक गरिदिएका थिए। उनीहरूले युनिभर्सिटी अफ लद्दाखको विद्यार्थीहरुको सबै विवरणसमेत सार्वजनिक गरिदिएका थिए भने जलपाइगुडी इन्जिनियरिङ कलेजको डाटाबेसमा आक्रमण गरेको दाबी गरेका थिए।

यही समूहले यस अगाडि नेपालका केही साइट पनि ह्याक गरेका थिए। उनीहरुले त्रिभुवन विश्वविद्यालय र सिटिइभिटीको साइटमा रहेको सबै कर्मचारीहरूको गोप्य विवरण सार्वजनिक गरिदिएका थिए भने प्रभु मनी ट्रान्सफरलगायतकाको विवरण सार्वजनिक गरेका थिए।

शुक्रबारबाट उनीहरुले भारतीय सञ्चारमाध्यम र भारतका सरकारी वेबसाइटमा आक्रमण शुरु गरेपछि भारतीय ह्याकरहरु पनि सक्रिय भए। इन्डियन साइबर ट्रुप्सले माइएसटिएसइडियुडटकम, इएमएसएमयुएनडटकम, जेकेएमएसटिएसडटइडियुडटएनपी, साइट ह्याक गरिदिए। यी सबै साइट अहिले बन्द छन्।

Ncell 2
Ncell 2

इन्डियन साइबर ग्रुप यसअगाडि नेपाली साइट ह्याकमा संलग्न देखिएका थिएनन्। उनीहरू पाकिस्तान र चीनका साइट ह्याक गर्न सक्रिय थिए। उनीहरुको ट्विटर ह्यान्डलमा दर्जनौँ पाकिस्तानी साइट ह्याक गरेको सूची अहिले पनि छ।

नेपाली ह्याकर र भारतीय ह्याकरहरूले एक अर्कालाई चुनौती दिँदै थप साइट ह्याक गर्ने चेतावनी दिइरहेका थिए। शुक्रबार मध्याह्नतिर भारतीय ह्याकर समूह इन्डियन साइबर ट्रुप्सले नेपाली ह्याकरहरुसँग छलफल भएपछि एक अर्काको देशको साइट अब ह्याक नगर्ने सहमति बनेको उल्लेख गर्दै टुइट गरे। 'सानो विषयमा भारत र नेपालको भाइचारा नगुमाऔं, सबै विषय हाम्रो सरकारलाई छाडौँ' लेखेका छन्।

यसले तत्काल समस्या साम्य भएको देखिए पनि खतरा भने कायमै रहेको देखिन्छ। साइबर सुरक्षासम्बन्धी जानकार दिव्येश गिरी यस अगाडि पाकिस्तान र चीनविरुद्ध 'साइबर वार'मा सक्रिय समूह अहिले नेपालका साइट ह्याकमा संलग्न देखिएको र यसले नेपालको डाटा सुरक्षा खतरा बढाएको बताउँछन्। उनले तत्काल यस विषयमा सरकारी निकाय सचेत हुनुपर्ने बताए।

'साइवर वार सरकार र नेपालका नीजि कम्पनीको डाटा सुरक्षामा चुनौती बनेर देखिएको छ,' उनले नेपाल लाइभसँग भने, 'अहिलेको दुनियामा डाटा नै सुन हो। त्यसैले साइबर सुरक्षामा सरकारी नीजि दुवै तहबाट लगानी बढाउन आवश्यक छ।'

 

 

 

 

 

रमिता हेर्दै सुरक्षा निकाय
नेपाल र भारतीय ह्याकर सक्रिय हुने आँकलन गरेर प्रहरी प्रधान कार्यालय र साइवर ब्युरोका प्राविधिक बिहीबारबाटै अलर्ट थिए। शुक्रबारबाट दुवैतिरका समूह एक अर्काको देशका वेबसाइटहरु ह्याक गर्ने र ट्विटर र फेसबुकमा रहेको आफ्नो साइटबाट विवरण सार्वजनिक गर्न सक्रिय भए। साइबर ब्युरोका अधिकारीहरु अनुगमनमा थिए। तर उनीहरुले हेर्न बाहेक थप केही गर्न सक्ने अवस्था थिएन। 

नेपाल प्रहरीका प्रवक्ता डिआइजी निरजबहादुर शाहीले केही सञ्जालहरुमा नेपाली र भारतीय साइट ह्याक गरिएको भन्ने विवरणहरु देखिए पनि यसबारे विस्तृत विवरण भने नआएको बताए। उनले यस्ता विवरण देखिए लगत्तै साइबर ब्युरोलाई अलर्ट गराएको र यसबारे ब्युरोले अनुसन्धान गरिरहेको दाबी गरे।

पक्राउ पर्दैनन् ह्याकर
नेपालमा विदेशीसँगै नेपाली ह्याकरहरुले समेत बेलाबखत नीजि र सरकारी साइटहरुमा आक्रमण गरी ह्याक गर्ने गरेका छन्। यस अगाडि मर्कन्टाइल, फुडमान्डुडटकमको डाटा सार्वजनिक गरिदिएका थिए। रक्षा मन्त्रालय लगायतका सरकारी वेबसाइटहरु पटक पटक ह्याक हुने गरेका छन्। बैंकको सिस्टममै प्रवेश गरेर पैसा ट्रान्सफरसमेत भएका छन्। तर सामाजिक सञ्जालमार्फत् चरित्र हत्या र धम्की जस्ताअपराधमा संलग्नहरु पक्राउ पर्ने गरे पनि ह्याकमा संलग्न समूह या व्यक्ति भने पक्राउ पर्ने गरेका छैनन्।

साइबर क्राइम नियन्त्रणसम्बन्धी जानकार एक अधिकारीका अनुसार अन्तराष्ट्रिय र संगठित रुपमा नेपालमा हुने 'साइबर वार' रोक्न साइवर ब्युरोसँग प्रविधि नै छैन। जनशक्ति क्षमता भएका भए पनि प्रविधि र सम्बन्धित निकायसँगको समन्वयको अभावमा सामान्य प्रकृतिका साइबर अपराधको अनुसन्धान मात्र गर्न सक्षम छ नेपालको साइबर ब्युरो।

'जब समस्या जनस्तरसम्म पुग्छ, प्रायः यस्ता 'साइबर वार' शुरु हुने गरेका छन्। त्यसकैको आँकलनका आधारमा बिहीबार नै नेपालको साइबर सेक्युरिटीमा आक्रमण हुन सक्ने आँकलन गरेर नेपाल दूरसञ्चार प्राधिकरणलगायतलाई जानकारी पनि गराएका थियौँ,' एक सुरक्षा अधिकारीले भने, 'दुवै पक्षबीच सहमति भएकाले साइबर अट्याक नबढ्न नि सक्छ। तर अलर्ट हुन जरुरी छ।'

प्रकाशित मिति: शुक्रबार, जेठ ९, २०७७  २१:१२
  • #सीमा_विवाद

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
केपी ढुंगाना
विगत १८ वर्षदेखि पत्रकारितामा संलग्न ढुंगाना नेपाल लाइभका सम्पादक हुन्। सुरक्षा विषयमा विशेष रुचि राख्ने उनको 'ओपन सेक्रेट' नामक पुस्तक प्रकाशित छ। ढुंगाना यसअघि शुक्रबार साप्ताहिकका सम्पादक थिए। अनलाइन पत्रकार संघका संस्थापक अध्यक्षसमेत रहेका ढुंगानाले कान्तिपुर, नागरिक, नयाँ पत्रिका र राजधानी दैनिकमा काम गरिसकेका छन्।
लेखकबाट थप
ललितपुरमा शुक्रबार कर्फ्यू
विद्या भण्डारी राष्ट्रपति हुन् कि नेकपा नेता?
सीमा विवाद बढेसँगै नेपाल र भारतका ह्याकरबीच साइट ह्याक गर्ने प्रतिस्पर्धा, सुरक्षा निकाय रमिते
सम्बन्धित सामग्री
श्रम सम्झौता भएका देशहरूमा अनिवार्य रूपमा हुलाकको प्रबन्ध गराैँ : सञ्चारमन्त्री उनले भने,‘नेपालसँग श्रम सम्झौता भएका सबै देशहरूमा अनिवार्य रूपमा हुलाकको प्रबन्ध हुनुपर्‍यो । जहाँ जहाँ नेपाली डायस्पोरा छ। ती ती दे... मंगलबार, भदौ १७, २०८२
सूचनाको हकको सहज उपयोगका लागि डिजिटल प्लेटफर्म सार्वजनिक आयोगले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सूचनाको हकको सहज उपयोगका साथै सार्वजनिक निकायमा भएका काम कारवाहीका सूचनालाई डिजिटल प... बिहीबार, साउन १, २०८२
देशभर सामान्यतया बदली, पूर्वी तथा मध्य नेपालका केहि क्षेत्रमा वर्षाको सम्भावना महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहने छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भूभागका केही स्थान तथा बा... मंगलबार, असार १७, २०८२
ताजा समाचारसबै
बालेनको स्पष्टीकरण :  भिडले महानगरको दमकललाई सिंहदरबारको आगो निभाउन दिएन मंगलबार, असोज २१, २०८२
इन्दु बर्माको कप्तानी इनिङ्समा नेपाल विजयी, सिरिज २–२ को बराबरीमा मंगलबार, असोज २१, २०८२
जेनजीका गतिविधि बढेपछि काठमाडौंमा सुरक्षा बढाइयो मंगलबार, असोज २१, २०८२
इलाम पहिरो: मृत्यु हनेको संख्या ३९ पुग्यो मंगलबार, असोज २१, २०८२
विशेष महाधिवेशनका लागि २४ असोजसम्म हस्ताक्षर गरिसक्न विश्वप्रकाशको आग्रह मंगलबार, असोज २१, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
जेनजीका गतिविधि बढेपछि काठमाडौंमा सुरक्षा बढाइयो मंगलबार, असोज २१, २०८२
जेनजी अगुवाले चलाए ‘एरेस्ट केपी ओली’ अभियान सोमबार, असोज २०, २०८२
इन्दु बर्माको कप्तानी इनिङ्समा नेपाल विजयी, सिरिज २–२ को बराबरीमा मंगलबार, असोज २१, २०८२
यस वर्षको मनसुन नेपालबाट बाहिरिँदै सोमबार, असोज २०, २०८२
विशेष महाधिवेशनका लागि २४ असोजसम्म हस्ताक्षर गरिसक्न विश्वप्रकाशको आग्रह मंगलबार, असोज २१, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
जेन–जी प्रदर्शनपछि माडागास्करका राष्ट्रपतिद्वारा सरकार भंगको घोषणा, जिम्मेवारी पूरा गर्न नसकेकोमा माफी मागे मंगलबार, असोज १४, २०८२
विपद जोखिम नरहेका जिल्लामा सार्वजनिक सेवा सुचारु गर्न गृहको निर्देशन आइतबार, असोज १९, २०८२
वेस्ट इन्डिजविरुद्धका दुई खेलमा सन्दीप निलम्बित, विश्वकप क्वालिफायर भने खेल्ने बुधबार, असोज १५, २०८२
आफूसँग रहेका सबै इजरायली बन्धक रिहाइका लागि हमास तयार, नेतान्याहुले के भने? शनिबार, असोज १८, २०८२
आइतबार र सोमबार सार्वजनिक बिदा शनिबार, असोज १८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्