• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २७, २०८३ Tue, Oct 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

विद्या भण्डारी राष्ट्रपति हुन् कि नेकपा नेता?

64x64
केपी ढुंगाना सोमबार, असार २२, २०७७  ०९:५४
1140x725

राष्ट्रप्रमुखको ओहदामा रहेको व्यक्ति दलविशेषको भूमिकाबाट टाढा बस्नु उत्तम हुन्थ्यो। त्यो पदसँगै आउने जिम्मेवारीले त्यही त भन्छ। तर राष्ट्रपति विद्यादेवी भण्डारी नेकपाभित्र चर्किएको गुटगत राजनीतिबाट अलग रहनै सकिनन्। उनी यो विवादमा प्रारम्भिककालदेखि नै पार्टीकै नेतासरह प्रत्यक्ष संलग्न भइनन् मात्रै, पार्टीभित्रको एक पक्षको वकालत गर्दै हस्तक्षेपकारी भूमिकामै ओर्लिइन्।

यो बीचमा तारन्तार भइरहेको भण्डारी-ओलीको भेट राष्ट्रपति र प्रधानमन्त्री तहको भेटमात्र नभई गुटगत स्वार्थ पूरा गर्न रणनीति बनाउन भएको भन्ने हठात् संसदको चालु अधिवेशन समाप्त गर्नुले नै पुष्टि गर्‍यो। स्थायी कमिटीको बैठकको दृश्य र त्यसपछि गहिरिएको विवादमा उनी प्रष्टै प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षमा उभिइन्। उनले गुटगत स्वार्थ पूरा गराउन राष्ट्रपति पदसँगै आउने संवैधानिक अधिकारलाई व्यक्तिको स्वार्थमा लगाएर पद र प्रतिष्ठाको दुरुपयोग गरिन्।

भण्डारी राष्ट्रपति चयन हुनुमा पार्टीगत आबद्धता प्रमुख तत्व हो। यो लुकेको विषय पनि हैन। लामो समय तत्कालीन एमालेमा आबद्ध भएर राजनीतिमा सक्रिय भएका आधारमा उनलाई पार्टीले राष्ट्रपतिको उम्मेदवार बनायो र उनी निर्वाचित पनि भइन्।

राष्ट्रपति भइसकेपछिका केही अनुशासन र मर्यादा हुन्छ नै। राजनीतिक पृष्ठभूमिबाट राष्ट्रको सर्वोच्च पदमा पुगेपछिको पहिलो अनुशासन राजनीतिक आबद्धताको अन्त्य नै हो। भण्डारी नेकपाको उम्मेदवार हुन्। तर निर्वाचित भइसकेपछिको अवस्थामा उनी नेकपाको मात्रै राष्ट्रपति होइनन्। उनी सबै नेपाली नागरिकको राष्ट्रपति हुन्। देश विदेशले चिन्ने नेपालको आइकन पनि हुन्। राजनीतिक रूपमा उनी नेकपा, नेपाली कांग्रेस, राजावादी, समाजवादी सबैको राष्ट्रप्रमुख हुन्। 

भावनात्मक रूपमा त्यति लामो समय काम गरेको पार्टीबाट अलग हुन पक्कै सकिँदैन। तर संवैधानिक रूपमा राष्ट्रप्रमुखको कुर्सीमा बसेका व्यक्तिलाई प्रत्यक्ष रुपमै पार्टी राजनीतिमा सक्रिय हुन अझ त्यसमा पनि पार्टीभित्रको कुनै एक गुटलाई बलियो बनाउन राष्ट्रपतिको सम्मानित ओहदाको उपयोग पदीय गरिमा सुहाउने व्यवहार पक्कै होइन।

Ncell 2
Ncell 2
nimb
nimb

भण्डारीको रगतमा अझै पनि नेकपाको राजनीतिक रगत बग्न सक्छ। तर व्यवहारतः उनी अहिलेको अवस्थामा सो पार्टीको साधारण सदस्य पनि होइनन्। उनी नेकपाभित्रको ओली गुटको मात्र राष्ट्रपति हुन खोज्नु संवैधानिक जिम्मेवारी होइन। नेकपाभित्रको अर्को समूहमा रहेका पुष्पकमल दाहाल 'प्रचण्ड', झलनाथ खनाल / माधवकुमार नेपाल लगायतसँग मात्र होइन, सबै दल, नेता र नागरिकको राष्ट्रपति हुन् भन्नेबारे माथि पनि उल्लेख भइसकेको छ।

आम नागरिकका विषयलाई एकछिन थाती राखौं। अहिले राष्ट्रपति भण्डारीको व्यवहार प्रधानमन्त्री ओलीको विपक्षमा रहेका नेताहरूको विपक्षमा भएको आभास हुन थालेको पनि लामै समय भइसकेको छ। उनी दाहाल, खनाल र नेपालको पनि राष्ट्रपति हुन सक्नुपर्छ तर हुन सकिरहेकी छैनन्। उनी पार्टी र पार्टीभित्रको एक गुटको मात्रै राष्ट्रपति बन्न खोज्दा विवादमा तानिएकी हुन्। राष्ट्रपतिको ओहदाको दुरुपयोग गर्दै जे गर्दा प्रधानमन्त्री ओली गुटलाई बलियो बनाउन सकिन्छ त्यही त्यही गरिन् र त्यही गरिरहेकी छिन्।

नेकपामा बढ्दै गएको विवादको मुड पार्टी विभाजनतर्फ मोडिएको प्रष्टै देखिन्छ। अहिलेको दलसम्बन्धी कानुनले दल विभाजनबारे अलि अप्ठ्यारो व्यवस्था गरेको छ। पार्टी विभाजनसम्मको चरणमा पुग्न तयार समूहका लागि दल दर्तासम्बन्धी कानुनले अप्ठ्यारो बनाएको छ। मिल्नै नसकेको अवस्थामा दल विभाजन नै गर्ने तहसम्म कुनै गुट पुग्ने हो भने दलसम्बन्धी कानुनमा रहेको दल विभाजनको प्रावधान सहज बनाउनुपर्ने देखिन्छ। सार्वजनिक भएका गुटगत भेला र तयारीले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पद नछाड्ने बरु परिआए दल नै विभाजन गर्ने मुडमा ‌ओली गुट देखिन्छ। 

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

प्रधानमन्त्री तथा नेकपा अध्यक्ष ओली राष्ट्रपति निवास धाउनुको कारण गुटगत स्वार्थ पूरा गर्न राष्ट्रपति पदको कसरी उपयोग गर्न सकिन्छ भन्ने कुटिल सल्लाहकै लागि हो। सँगै अर्को पक्ष पनि दैनिकझैं शीतल निवास पुगिरहेका छन्। उनीहरूको उद्देश्य राष्ट्रपतिले कुनै दलको निश्चित गुटको मात्र स्वार्थमा उपयोग नहुन् भन्ने हो।

विवादका बीचमा संसद अधिवेशन हठात् समाप्त गर्नुको कारण परिआए दल विभाजनसम्बन्धी यही अप्ठ्यारो फुकाउन जारी भएर पनि फिर्ता भएको दलसम्बन्धी अध्यादेश ल्याएर विभाजनलाई कानुनी रूपमै सहज बनाउने तयारीकै रुपमा देखिइसकेको छ।

अहिले राष्ट्रपति जसरी सक्रिय भएकी छिन्, त्यसलाई आधार बनाउने हो भने ओली समूह समझदारीमा नआई परीआए कानुनी रूपमै विभाजनको चरणमा जाने जुन रणनीतिमा अगाडि बढेको छ, त्यसलाई साथ दिन राष्ट्रपतिबाट दल विभाजनलाई सहजीकरण गर्न दलसम्बन्धी अध्यादेश आउने जोखिम छ। प्रचण्डलगायतका नेताहरू शीतल निवास धाइरहनुको एक कारण यो जोखिम कम गर्नु पनि देखिन्छ।

यदि अध्यादेश आएर नेकपा विभाजन भएमा दल फुटाउन संलग्न भएको अपजस भण्डारीको भागमा पर्छ नै। दलीय विवादमा गुटको स्वार्थमा राष्ट्रपतिको सम्मानित पदको दुरुपयोग गरेको कलंकसमेत लाग्नेछ। त्यसैले अहिले चर्किएको राष्ट्रपति भण्डारी नेकपाको नेताको भूमिकाबाट पछि हटेर राष्ट्रपतिको संवैधानिक जिम्मेवारीमा फर्कनु नै पदीय गरिमा र नेकपाको हित देखिन्छ।

प्रकाशित मिति: सोमबार, असार २२, २०७७  ०९:५४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
केपी ढुंगाना
विगत १८ वर्षदेखि पत्रकारितामा संलग्न ढुंगाना नेपाल लाइभका सम्पादक हुन्। सुरक्षा विषयमा विशेष रुचि राख्ने उनको 'ओपन सेक्रेट' नामक पुस्तक प्रकाशित छ। ढुंगाना यसअघि शुक्रबार साप्ताहिकका सम्पादक थिए। अनलाइन पत्रकार संघका संस्थापक अध्यक्षसमेत रहेका ढुंगानाले कान्तिपुर, नागरिक, नयाँ पत्रिका र राजधानी दैनिकमा काम गरिसकेका छन्।
लेखकबाट थप
ललितपुरमा शुक्रबार कर्फ्यू
विद्या भण्डारी राष्ट्रपति हुन् कि नेकपा नेता?
सीमा विवाद बढेसँगै नेपाल र भारतका ह्याकरबीच साइट ह्याक गर्ने प्रतिस्पर्धा, सुरक्षा निकाय रमिते
सम्बन्धित सामग्री
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस दशैंको महान पर्वलाई असत्यमाथि सत्यको विजय, अन्यायमाथि न्यायको विजय र अन्धकारमाथि उज्यालोको विजयपर्वका रुपमा स्वीकारिन्छ। तर यो पर्वक... मंगलबार, असोज २७, २०८३
परिवारभित्रको पर्व जितिया देशभर अहिले दशैं, तिहार र छठलगायतका पर्वको मौसम सुरु हुन लागेको छ। यही पर्वको शृंखलामा मैथिली र थारू समुदायका महिलाले मनाउने जितिया... आइतबार, असोज १८, २०८३
अमेरिकी सैन्य फिर्तीको इराक आयाम विश्वव्यापी तेल व्यापार अनिवार्य रूपमा अमेरिकी डलरमै हुनुपर्ने कडा बाध्यतालाई निरन्तरता दिएर आफ्नो ग्लोबल आर्थिक नियन्त्रणलाई बलियो... शुक्रबार, असोज १६, २०८३
ताजा समाचारसबै
मुगुमा खुर्पा प्रहार गरी वृद्धको हत्या, आरोपी हतियारसहित पक्राउ मंगलबार, असोज २७, २०८३
कांग्रेस महिला सहमहामन्त्रीमा  प्रतिमा निर्वाचित मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
लिग -२ मा नेपालको दोस्रो जित , ओमान ११३ रनले पराजित मंगलबार, असोज २७, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
नेपाल कानुन आयोग संशोधन विधेयकमा परेका २३ वटै संशोधन प्रस्ताव सभामुखद्वारा अस्वीकृत सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्