• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २४, २०८२ Fri, Oct 10, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता

लकडाउनबाट सन्दीप लामिछाने : सरकारले दुःखीको आँसु पुछ्नुपर्छ [अन्तर्वार्ता]

64x64
सराेज तामाङ बुधबार, वैशाख ३, २०७७  १३:०५
1140x725

काठमाडौं- सन्दीप लामिछाने जब क्रिकेटमा उदाए तब यति लामो समय घर बसेका थिएनन्। हुन पनि उनी नेपालमा सबैभन्दा व्यस्त खेलाडी हुन्। राष्ट्रिय टिम, भ्याएसम्मका घरेलु प्रतियोगिता र अन्तर्राष्ट्रिय टी-ट्वान्टीका अनेकौँ प्रतियोगिता, उनी सबैतिर हुन्छन्। 

टी-२० क्रिकेटमा सय विकेट लिने पहिलो नेपाली खेलाडी बनेका सन्दीप त्यस्ता स्पिनर हुन् जसले विश्वका सबै प्रमुख फ्रेन्चाइज लिग खेलिसके। आइपिएलबाट अन्तर्राष्ट्रिय लिगमा पाइला टेकेका सन्दीपले आफ्नो सपना मान्दै आएको अष्ट्रेलियाको बिग ब्यास लिग पनि खेल्न भ्याए।

एकपछि अर्को खेलमा राम्रो छाप छोड्दा अन्तर्राष्ट्रिय क्रिकेटका हस्तीहरु पनि उनको तारिफ नगरी बस्न सकेनन्। सन्दीपले आफ्नो नाम मात्रै कमाएनन् नेपालमा राम्रो क्रिकेट छ भन्ने प्रमाणित गर्न लागिपरिरहे।

अहिले परिचय बनिसकेको एक नामका बारेमा क्रिकेट समर्थकको चासो बढी नै छ। व्यस्त तालिकामा पनि गीत निकाल्न भ्याउने सन्दीपको लकडाउन समय भने कसरी कटिरहेको छ त? 

लकडाउन भएको पनि २३ दिन पूरा भइसक्यो। अझै कति दिन यसै हुने हो यकिन छैन। संक्रमितको संख्या बढिरहेको छ। कोरोना भाइरस (कोभिड १९) बाट सबैलाई जस्तै विश्व खेलकुद प्रभावित हुँदा खेलाडीहरुको जीवनमा ठूूलो असर परिरहेको छ। 

नेपालमा लकडाउन हुनभन्दा अघि सन्दीप बंगलादेश टुरमा जाने तयारी गरिरहेका थिए। घरेलु क्रिकेट एभरेष्ट प्रिमियर लिग (इपिएल) देखि इन्डियन प्रिमियर लिग (आइपिएल) मा राम्रो प्रदर्शन गर्ने लक्ष्य बनाएका सन्दीप यतिबेला चितवनस्थित घरमा छन्। 

उनै सन्दीपसँग अहिलेको परिस्थितिमा केन्द्रित रहेर नेपाल लाइभका सरोज तामाङले कुराकानी गरेका छन्-

Ncell 2
Ncell 2

आराम हुनुहुन्छ?
हजुर एकदम सन्चै छु भन्नुपर्छ। 

कता हुनुहुन्छ अहिले? 
म गृहनगर चितवनमा छु। 

कोरोना भाइरस (कोडिभि-१९) का कारण सबैको समय प्रभावित भइरहेको छ, तपाइँको दिनचर्या चाहिँ कस्तो छ? 
प्रतियोगिताहरु एकपछि अर्को गर्दै रोकिएका छन्। कोरोनाले त विश्वमै एउटा महामारीको रुप लिएको छ। अहिले मैले परिवार लागि समय पाएको छु भनौँ न। घरैमा बस्यो। सामान्य अभ्यासहरु घरैमा बसेर गरिरहेको छु।

नेपालमा सबैभन्दा व्यस्त खेलाडी हुनुहुन्छ, परिवारसँग विगतका दिनहरुमा धेरै समय दिन नपाउने अवस्था थियो। अहिले आमाबाबुसँगै लामो समय हुँदा कस्तो कुराकानी हुन्छ?
त्यस्तो विशेष त केही हुँदैन। साधारण कुराहरु नै हुन्छ। हुनुपर्ने त्यस्तो विशेष पनि त केही छैन। कोरोनाले यस्तै बनाएको छ।

यति हो, पहिले टाढा भएर कुराकानी हुन्थ्यो। अहिले सबै जना सँगै भएर कुराकानी हुन्छ।

चितवन चाहिँ कहिले जानु भएको थियो?
म चितवनमा लकडाउन भन्दा अघि नै आएको हो। म चाहिँ खासमा बंगलादेशको टुर हुन्छ भनेर घर आएको हुँ। घरमा सबै जनासँग भेटेर बंगलादेश जाने योजनासहित घर आएको थिएँ। तर घर आएपछि परिस्थिति नै यस्तै बन्यो। त्यसैले म यतै नै छु।

बंलादेशको टुर भन्नाले के थियो र?
एसिया एघारको खेल थियो। विश्व एघार टिमसँग एसिया एघारबीचको। त्यसैको लागि मेरो बंगलादेश जाने कार्य तालिका थियो। 

चितवनतिर चाहिँ कस्तो छ कोरोनाको डर र लकडाउनको प्रभाव?
अब हाम्रो मानसिकता कस्तो छ भने कोरोना फैलिन्छ-फैलिन्छ भन्ने छ। सबै जना घरमै बस्यौँ भने त्यस्तो डराउनु पनि पर्दैन। शारीरिक दुरी बनाएर सचेत हुने हो भने यो भाइरस सर्दैन। अनि जब तपाइँ कुनै एक स्थानबाट अर्को स्थानमा जानु हुन्छ तब सर्ने सम्भावना हुन्छ। घरैमा बस्यो भने अथवा कसैको सम्पर्कमा आएन भने कोरोनाबाट बच्न एकदम सकिन्छ। यसरी बस्यौं भने सबै जना सुरक्षित भइन्छ जस्तो लाग्छ। 

जो जो मान्छेमा समस्या देखा परिरहेको छ, जसलाई अहिले आवश्यकता छ त्यहाँ अझै सरकारको ध्यान जानु पर्छ। सरकारले सकेसम्म दुःखीको आँसु पुछ्नुपर्छ। यो विपतको बेला हामी सबै एक भएर अघि बढ्नु पर्छ।

लकडाउन भएपछि घरबाहिर निस्कनु भएको त छैन? 
औषधी किन्न र तरकारी किन्नबाहेक बाहिर निस्किएको छैन। मेरो आँखाको शल्यक्रिया अस्ति भरखरै गरेको हो। त्यसैले बेलाबेलामा औषधी लिनु जानु पर्छ।

तर फार्मेसी निकै नजिक छ। हिँडेर जाँदा पनि ५ मिनेट जति मात्र लाग्छ। साझँतिर एक्लै अपनाउनु पर्ने सबै सुरक्षा विधि अपनाएर जान्छु। १०-१२ दिन अघि निस्किएको थिएँ।

लकडाउनले परिवार अथवा आफ्नो नातेदारमा त्यस्तो कुनै समस्या त आइपरेको छैन?
छैन छैन। त्यस्तो समस्या अहिलेसम्म भएको छैन। म कामना पनि गर्छु कि त्यस्तो समस्या पनि नआओस्। मलाई विश्वास छ कि तपाईंहरु सबै पनि सन्चै हुनुहुन्छ।

कोभिड-१९ संक्रमण, रोकथाम, नियन्त्रण तथा उपचारका लागि स्थापना भएको कोषमा एक लाख सहयोग गर्नु भयो। सहयोगको सोच कसरी भयो? 
सुखमा हजारौं मान्छे भेटिन्छन्। तर दुःख पर्दा कोही हुँदैन। यस्तो अवस्थामा हजुरले धेरै सहयोग गर्नु पर्छ भन्ने पनि छैन। आफ्नो क्षमताले भ्याएसम्मको सहयोग गर्नुहोस्। यस्तो बेला सबै एक भएर अघि बढ्नु पर्छ।

आज नेपालीका लागि आफूले सक्ने गरिएको छ भने भोलि उहाँहरुको माया पाइन्छ। उहाँहरुले सम्झिनु हुन्छ।

जो जो मान्छेमा समस्या देखा परिरहेको छ, जसलाई अहिले आवश्यकता छ त्यहाँ अझै सरकारको ध्यान जानु पर्छ। सरकारले सकेसम्म दुःखीको आँसु पुछ्नुपर्छ। यो विपतको बेला हामी सबै एक भएर अघि बढ्नु पर्छ।

कोरोना भाइरसविरुद्ध सरकारले चालेको कदम र काम चाहिँ कत्तिको प्रभावकारी लागेको छ?
कुनै पनि अन्य देशसँग हामीले आफ्नो देशलाई तुलना गर्न सक्दैनौं र गर्नु पनि हुँदैन। किनभने विकासको हिसाबले हामी निकै पछाडि छौँ।

कस्तो हुन्छ भने, सरकारलाई नै सबै आरोप लगाएर पनि हुँदैन। हामीले आफ्नो तर्फबाट गर्नु पर्ने दायित्व पनि पूरा गर्नु पर्ने हुन्छ। मैले अहिले पनि देखिरहेको हुन्छु, सरकारले भनेको छ घरै बस्नलाई तर अझै कतिपय जनता बाहिर डुल्नलाई मात्र पनि निस्किएका छन्। सरकारले दिएको निर्देशन पालना गरिरहेका छैनन्। हामी पनि जिम्मेवार बन्नु पर्छ।

ताली कहिले पनि एक हातले बज्दैन। सबैजना मिलेर अघि बढ्नुको विकल्प छँदै छैन। यो बेला भनेको सरकारलाई हामीले कसरी सहयोग गर्ने र सरकारले हामीलाई कसरी उद्दार गर्न भन्ने समय हो।

नेपाल अहिले विकासको बाटोमा हिँडिरहेकै छ। नेपालको स्थिति २-३ वर्ष अघि र अहिले त फरक छ नै। सरकारले एकै दिनमा सबै ठीक गर्न पनि सक्दैन। अहिलेको अवस्थामा रोग लागेकाको सहज उपचारमा ध्यान दिएर गइरहेको छ भन्ने लाग्छ। 

कोरोनाविरुद्ध लड्न एकदमै गाह्रो छ। हाम्रो सरकारसँग कोरोनाविरुद्ध लड्ने पूर्णरुपमा क्षमता छैन। हामीसँग उपकरणहरु नै पर्याप्त छैन।

अहिलेको समयबाट खेलमा फर्किएपछि पनि असर नहोस् भन्नलाई केही काम गरिरहनु भएको छ?
मैले अघि पनि भनेँ, यहाँ घरैमा बसेर फिजिकल फिटनेसका लागि काम गरिरहेको छु। बल सधैँ हातमा हुन्छ। छतमा गएर दौडीरहेको हुन्छु। दैनिक ३-४ घण्टा घरैमा अभ्यास गरेर पनि फिटनेस कायम गर्न सकिन्छ। अहिलेसम्म सबै ठीक चलिरहेको छ।

एसिया एघार, आइपिएल लगायतका प्रतियोगिताहरुबाहेक अन्य कुनै योजनाहरु थियो?
नेपालमै हुने एभरेष्ट प्रिमियर लिग (इपिएल) पनि थियो। राष्ट्रिय टिमको खेल पनि थियो। अन्य लिगहरु पनि थिए र आफ्नै केही योजना पनि थियो। तर संसारमै यस्तो प्रकोप आएको बेला म चाहिँ कसरी खुसी हुन सक्छु र। आफ्नै लागि मात्र सोचेर पनि हुँदैन। यो हामी सबैको विपत हो। त्यसैले हामी सबै मिलेर लड्नु पर्छ।

कुनै पनि प्रतियोगिता, योजना अथवा लक्ष्य भन्दा पहिले स्वास्थ्य पहिलो प्राथमिकता हो। स्वास्थ्य छ त सबै छ। अब जबसम्म कोरोनाको अन्त्य हुँदैन तबसम्म घरैमा बसेर परिवारसँग रमाउने हो। अबका योजना पनि यही हो।

सामाजिक सञ्जालमा त अहिले पनि तपाईं सक्रिय नै हुनुहुन्छ। अरु देशका खेलाडी साथीहरु, प्रशिक्षक लगायतसँग चाहिँ कुराकानी भइरहेको छ?
कुराकानी भइरहेको छ। हामी एकअर्कासँग ठट्टा गरिरहेका हुन्छौं। हालखबर सोधिरहेका हुन्छौं। कोरोनाको प्रकोप त्यहाँ कस्तो छ? के गर्दै हो लगायत कोरोनाबाट कसरी सुरक्षित हुने भन्ने विषयमा कुराहरु हुन्छ।

हामी सबैजना कोरोनासँग लडिरहेकै छौं।

विदेशी खेलाडीसँग कुरा हुँदा कोरोनाबाहेकका पनि कुरा हुन्छ?
त्यस्तो विशेष त खासै केही हुँदैन। त्यही हो, हाइहेल्लो। परिवारमा कस्तो छ भन्ने कुराहरु नै हुन्। कोरोनाकै त्रास भएको कारण अधिकांश समय यसैमा केन्द्रित हुन्छ। यसबाहेक म उहाँहरुसँग फिट रहनका लागि टिप्सहरु लिने गर्छु।

हाम्रो टेनरहरुसँग पनि कुरा गरिरहेको हुन्छु।

नेपाली खेलाडीसँग चाहिँ कतिको संवादहरु भइरहेको छ?
हुन्छ नि। कसरी सुरक्षित रहने भन्ने कुराहरु हुन्छ। हामी टाढा भएता पनि एकअर्काबीच कसरी नजिक हुन सकिन्छ। कसरी एउटा युनिट बन्न सकिन्छ भनेर कुरा भइरहेको छ।

आइपिएल अन्योलमै छ। तपाइँ रहेको टिम दिल्ली क्यापिटल्सका टिम मालिक, खेलाडी अथवा प्रशिक्षकसँग केही कुरा भएको छ?
टिम मालिकहरुसँग चाहिँ कुरा हुँदैन। अघि भने जस्तै खेलाडीसँग मात्रै कुरा हुन्छ। तर लिगको बारेमा भन्दा पनि अहिलेको कठिन परिस्थितिकै बारेमा कुरा हुने हो।

अन्त्यमा तपाइँलाई भन्न भएको केही छ कि? 
जसलाई कोरोना लागेको आशंका छ, उपचार केन्द्रमा गइहाल्नु होस्। सकेसम्म अरुलाई पनि फैलिनबाट बचाऔँ। जसलाई कोरोना लागेको छ उहाँहरु पनि आत्तिहाल्नु भने पर्दैन। राम्रोसँग उपचार गरे निको हुन्छ। राम्रोसँग ख्याल गर्नुहोस्। सकेसम्म अरुबाट टाढा रहनुहोस्। धैर्य राख्नु होला।

हार मान्नु हुन्न। सुरक्षित र बलियो रह्यौँ भने कोरोना लागिहाले पनि लड्न सकिन्छ। जित हाम्रै हो। 

प्रकाशित मिति: बुधबार, वैशाख ३, २०७७  १३:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सराेज तामाङ
नेपाल लाइभका वरिष्ठ संवाददाता तामाङ खेलकुद बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
फुटबलका नयाँ प्रशिक्षक : नेपाललाई अवसर कि अर्को प्रयोग मात्र?
राष्ट्रिय टिमबाट ७३ खेलपछि विराजको सन्यास
...अनि बल्ल सरुले सपना देख्‍न थालिन् 
सम्बन्धित सामग्री
म फुटबलमा ‘डिक्टेटर’ बन्न आएको होइन : कर्मा छिरिङ शेर्पा [अन्तर्वार्ता] हाम्रो जुन ‘चेन्ज एन्फा’को नारा छ, त्यो निरन्तर चलिरहेकै छ। अब जसलाई ‘चेन्ज कर्मा’को नारा लगाउनु छ, त्यो उहाँहरूको विवेकमा म छोड्छु।... बिहीबार, असार २, २०७९
राखेप सदस्यसचिवको अन्तर्वार्ता: अब नवौं राष्ट्रिय खेलकुदका लागि होमिउँ अब सिंगो खेलकुदका संघ, प्रशिक्षक, खेलाडी र पदाधिकारीलाई नवौं राष्ट्रिय खेलकुद सफल बनाउने गरी होमिन आग्रह गर्न चाहन्छु। शुक्रबार, वैशाख २, २०७९
‘व्यापारीक घरानालाई आकर्षण गर्ने कोसिस गरेका हौं, एनएसएललाई ‘ए’ डिभिजनको विकल्प बनाउन खोजेका होइनौं’ नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करण चैत अन्तिम साताबाट काठमाडौं र पोखरामा आयोजना हुँदैछ। विगतको संस्करणमा सात टिमले सहभागिता ज... बिहीबार, चैत ३, २०७८
ताजा समाचारसबै
टी–२० विश्वकप छनोट : जापानलाई हराउँदै नेपाल सुपर सिक्समा, २ अंक बटुल्यो शुक्रबार, असोज २४, २०८२
टी–२० विश्वकप छनोट : जापानविरुद्ध पहिला फिल्डिङ गर्दै नेपाल शुक्रबार, असोज २४, २०८२
राष्ट्रपतिले बोलाए दलहरूलाई शुक्रबार, असोज २४, २०८२
सप्तरीमा आगलागी हुँदा ७ घर जले, एक जना घाइते शुक्रबार, असोज २४, २०८२
फिलिपिन्समा ७.४ म्याग्निच्युडको भूकम्प शुक्रबार, असोज २४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
पूर्वपदाधिकारीलाई मापदण्डभन्दा बढी खटाइएका कर्मचारी फिर्ता बोलाउने राष्ट्रिय सुरक्षा समितिको निर्णय बिहीबार, असोज २३, २०८२
राष्ट्रपतिले बोलाए दलहरूलाई शुक्रबार, असोज २४, २०८२
माइतीघरबाट डा‍. निकोलस भुसालसहित १८ जना पक्राउ बिहीबार, असोज २३, २०८२
नक्कली आयोग मन्जुर छैन, प्रतिवेदन मानिँदैन : केपी ओली बिहीबार, असोज २३, २०८२
सरकारलाई ओलीको चुनौती– सुशीला कार्कीको डरले म भाग्दिनँ बिहीबार, असोज २३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
विपद जोखिम नरहेका जिल्लामा सार्वजनिक सेवा सुचारु गर्न गृहको निर्देशन आइतबार, असोज १९, २०८२
पूर्वपदाधिकारीलाई मापदण्डभन्दा बढी खटाइएका कर्मचारी फिर्ता बोलाउने राष्ट्रिय सुरक्षा समितिको निर्णय बिहीबार, असोज २३, २०८२
टी–२० विश्वकप छनोट : कुवेतमाथि ५८ रनको जित बुधबार, असोज २२, २०८२
आन्दोलनभन्दा वार्ता र संवादबाट समस्या समाधान गर्न गृहको अनुरोध बुधबार, असोज २२, २०८२
बालेनको स्पष्टीकरण :  भिडले महानगरको दमकललाई सिंहदरबारको आगो निभाउन दिएन मंगलबार, असोज २१, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्