काठमाडौं- विश्वभर १९ लाख ७३ हजार ७ सय १५ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ।
कोरोनाभाइरसडटजेएचयूडटइडियू मा प्रकाशित बुधबार बिहानसम्मको तथ्यांक अनुसार, अमेरिकामा कोरोना संक्रमण दर सबैभन्दा उच्च देखिएको छ। त्यहाँ ६ लाख ५ हजार १ सय ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
त्यस्तै स्पेनमा १ लाख ७२ हजार ५ सय ४१, इटालीमा १ लाख ६२ हजार ४ सय ८८, फ्रान्समा १ लाख ३१ हजार ३ सय ६१, जर्मनीमा १ लाख ३१ हजार ३ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
कोरोना संक्रमणबाट विश्वभर १ लाख २५ हजार ९ सय २१ जनाको मृत्यु भएको छ। अमेरिकामा मात्रै २१ हजार ६ सय ६२ जनाले ज्यान गुमाइसकेका छन्। इटालीमा २१ हजार ६७, स्पेनमा १८ हजार ५६, फ्रान्समा १५ हजार ७ सय २९ जनाले ज्यान गुमाइसकेका छन्।
कोरोना संक्रमित ४ लाख ७४ हजार २ सय ६१ जना उपचारपछि निको भएका छन्। चीनमा ७८ हजार २ सय, जर्मनीमा ६८ हजार २ सय तथा स्पेनमा ६७ हजार ५ सय ४ जना उपचारपछि निको भएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।