काठमाडौं– सरकारले हेलिकोप्टर सेवा प्रदायक कम्पनीहरुलाई स्टयान्डबाइ रहन निदेशन दिएको छ। कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को निर्णयपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले हेलिकोप्टर कम्पनीहरुलाई स्टयान्डबाइ रहन परिपत्र गरेको हो।
प्राधिकरण महानिर्देशक राजन पोखरेलले जुनसुकै बेला जहाँबाट पनि उद्धार गर्नुपर्ने अवस्था हुने हुँदा स्टयान्डबाइ रहन निर्देशनसहित परिपत्र भएको बताए।
वायुसेवा सञ्चालक संघले पनि प्राधिकरणको निर्देशनपछि सबै हेलिकोप्टर कम्पनीलाई परिपत्र भएको जनाएको छ।
अहिले नेपाल १० वटा हेलिकोप्टर कम्पनीको झन्डै ४ दर्जन हेलिकोप्टर रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।