काठमाडौं- नक्कली पासपोर्ट प्रयोग गरेको आरोपमा पाराग्वेमा पक्राउ परेका ब्राजिलियन पूर्वफुटबलर रोनाल्डिन्हो जेलबाट छुटेका छन्। १.६ मिलियन डलर जमानत बुझाएर रोनाल्डिान्हो र उनका भाइ रोबर्टो छुटेका हुन्।
रोनाल्डिन्हो र उनका भाइ रोबेर्टोले पाराग्वेको नक्कली पासपोर्ट प्रयोग गरेको आरोपमा ३२ दिनअघि पक्राउ परेका थिए। रोनाल्डिन्हो र उनका भाइलाई पारग्वेका क्यासिनो मालिक नेल्सन बेलोटीले बोलाएका थिए। क्यासिनोमा पुलिसले छापा मार्दा नक्कली कागजात प्रयोग गरेको भन्दै रोनाल्डिनहो पक्राउ परेका थिए।
सन् २००२ को विश्वकप ब्राजिलले जित्दा मुख्य खेलाडीको रुपमा रहेका रोनाल्डिन्होसँग अहिले ब्राजिलको पासपोर्ट छैन। सन् २०१८ मा अदालतले संरक्षित क्षेत्रको तालमा अवैधानिक रुपमा जाल हालेको अभियोगमा उनी कारबाहीमा परेका थिए। जसका कारण ८.५ मिलियन अमेरिकी डलर पनि जरिवनासहित उनलाई देश छाड्न प्रतिबन्ध लगाइएको थियो।
तर देश नछाड्ने अदालतको आदेश रहँदा रहँदै गएको वर्ष रोनाल्डिन्हो ब्राजिलका लागि पर्यटन दूतसमेत नियुक्त भएका थिए।
२००५ को बालोन डिओर विजेता रोनाल्डिन्होले युरोपियन फुटबलमा आफ्नो नाम अब्बल बनाएका थिए। उनी २००४ र २००५ मा फिफा वर्ष खेलाडीसमेत भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।