• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, माघ ८, २०८२ Thu, Jan 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

बैंकिङ कसुर प्रकरण : ‘प्रेमिका’लाई सघाउने सेनाका जर्नेल जेल चलान

64x64
नेपाल लाइभ सोमबार, चैत २६, २०७४  १३:०४
1140x725

काठमाडौं– कृषि विकास बैंकको ठगी घटनामा नेपाली सेनाका सहायक रथी डा रमेश विष्ट जेल चलान भएका छन्। बैंकिङ कसुर मुद्दामा पाटन उच्च अदालतले बिहीबार उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो। 

बैंक ठगीमा पक्राउ परेकी दीपिका रेग्मीलाई सघाएको खुलेपछि विष्ट विरुद्ध पनि मुद्दा चलेको थियो। सो ठगीमा उनको पनि पत्यक्ष संलग्नता हुनसक्ने देखिएपछि अदालतले पुर्पक्षमा थुनामा पठाएको हो। उनकी प्रेमिका भनिएकी दीपिका पनि हाल पुर्पक्षका लागि जेलमै छिन्। 

अदालतको आदेश अनुसार सहायक रथी विष्ट जेल चलान भएको सैनिक प्रवक्ता सहायक रथी गोकुल खत्रीले बताए। डा बिष्ट डिल्लीबजार कारागारमा छन्। 

कृषि विकास बैंकको न्यूरोड शाखामा सहायक टेलरका रुपमा काम गर्ने दीपिकाले अन्तर बैंक हिसाब मिलानका नाममा करिब ५ करोड रुपैयाँ ठगी गरेको बैंकको आन्तरिक छानबिनमा खुलेको थियो। बैंकको जाहेरीका आधारमा सिआइबीले मंसिर १४ गते पक्राउ गरी मुद्दा दायर गरेको थियो। माघ २३ गते उनी जेल चलान भएकी थिइन् । 

दीपिकाले अन्तर शाखा कारोबार हिसाब क्लियरिङ देखाएर बैंकमा हिनामिना गर्दै आएकी थिइन्। जुन घटनामा बैंकका अन्य कर्मचारीको समेत संलग्नता देखिएको थियो। उनले ठगी गरेको ३३ लाख रुपैयाँ डा विष्टको खातामा भेटिएको थियो। सोही आधारमा उनी समेत प्रतिवादी बनेका हुन्। विष्ट सैनिक अस्पतालमा कार्यरत थिए। 

पहिलो पटक सैनिकलाई बैंकिङ कसुर मुद्दा 

प्रहरीले पहिलो पटक बहालवाला सैनिक अधिकारी विरुद्ध बैंकिङ कसुर मुद्दा चलाएको छ। बहालवाला कर्मचारी संलग्न भएका गम्भीर अपराध बाहेक अन्य अपराधमा सैनिक अदालतले नै सजाय तोक्ने प्रावधान छ। तर, सैनिक ऐनमा बैंकिङ कसुर मुद्दाका हकमा प्रस्ट उल्लेख छैन। जसका कारण कसले मुद्दा हेर्ने भन्ने अन्यौल थियो। 

छलफलपछि सरकारी वकिल कार्यालयले उच्च अदालतमा फरार प्रतिवादी बनाएर मुद्दा दायर गरेको थियो। गत बिहीबार अदालतमा उपस्थित भएका डा विष्टलाई पुर्पक्षका लागि जेल चलानको आदेश भएको हो। उनीमाथि भ्रष्टाचार मुद्दामा छानबिन गर्न पनि प्रहरीले सेनालाई पत्राचार गरेको थियो। भ्रष्टाचार मुद्दाको क्षेत्राधिकार भने सैनिक अदालतलाई छ। 

Ncell 2
Ncell 2

ठगीको रकम विदेश सयर र गहना खरिदमा 

करिब १ वर्षको अवधिमा कृषि विकास बैंक न्युरोड शाखाबाट ४ करोड ९१ लाख रुपैयाँ हिनामिना भएको सिआइबीका एसपी जीवन श्रेष्ठले बताए। त्यसरी ठगी गरेको रकम बैंककी सहायक टेलर दीपिकाले विदेश घुमेर तथा गहना किनेर सिध्याएको अनुसन्धानमा खुलेको छ।

उनको लकरमा प्रहरीले एक सय ७० तोला सुनका गहना बरामद गरेको थियो। उनलाई गहना बेच्ने बालाजुका सुन पसल सञ्चालक प्रकाश घतानीलाई समेत प्रहरीले पक्राउ गरेको थियो। 

पक्राउ परेका बैंकका शाखा प्रबन्धक प्रेमहरि ढुंगेल, इलेक्ट्रोनिक्स चेक क्लियरिङ शाखाका प्रमुख गोपाल गिरी, कर्जा शाखा प्रमुख महेश्वर मरहठ्ठा र पियन रमेश थापा, बैंकका पूर्व कर्मचारी सलिल रेग्मी धरौटीमा छुटेका छन्।

दीपिकाको ठगीबारे डा विष्ट पहिलेदेखि नै जानकार भएकाले पनि उनलाई जेल चलान गरिएको हुनसक्ने प्रहरी अधिकारीहरु बताउँछन्।

प्रकाशित मिति: सोमबार, चैत २६, २०७४  १३:०४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
यस्तो रहनेछ देशभरको मौसम
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
उपत्यकाका सार्वजनिक सवारीसाधनमा सीसी क्यामरा जडान सुरु
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
यस्तो रहनेछ देशभरको मौसम बिहीबार, माघ ८, २०८२
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर बिहीबार, माघ ८, २०८२
उपत्यकाका सार्वजनिक सवारीसाधनमा सीसी क्यामरा जडान सुरु बुधबार, माघ ७, २०८२
यो वर्षको एसईई चैत १९ गतेबाट, यस्तो छ रुटिन बुधबार, माघ ७, २०८२
७० प्रतिशत भोट ल्याएर जित्ने ओलीको दाबी बुधबार, माघ ७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
एमाले निकट युवा संघ दमक नगरका अध्यक्ष र उपाध्यक्षले छाडे एमाले, बालेनको पक्षमा खुले बुधबार, माघ ७, २०८२
यी ६ पूर्वअर्थमन्त्री चुनावी दौडमा, को कहाँबाट भिड्दै छन्? बुधबार, माघ ७, २०८२
पतञ्जलि जग्गा प्रकरण : माधव नेपालसहितको भ्रष्टाचार मुद्दामा अख्तियारबाट मिसिल झिकाउने आदेश बुधबार, माघ ७, २०८२
७० प्रतिशत भोट ल्याएर जित्ने ओलीको दाबी बुधबार, माघ ७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
कांग्रेसले अहिलेसम्म टुंग्याएको उम्मेदवारहरु मंगलबार, माघ ६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्