• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज २४, २०८३ Sat, Oct 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

प्रधानमन्त्री ओलीले भारतीय लगानी भित्र्याउन गरेको आह्वानबारे के भन्छन् स्वदेशी उद्योगी–व्यवसायी?

64x64
नेपाल लाइभ सोमबार, चैत २६, २०७४  ११:०७
1140x725

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको तीनदिने राजकीय भ्रमणका क्रममा त्यहाँका उद्योगी–व्यवसायीलाई सम्बोधन गरे। भारतीय लगानीकर्ताहरुलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपाललाई ठूलो लगानी चाहिएको र लगानीका लागि उपयुक्त समय र वातावरण तयार भएको बताएका थिए।

प्रधानमन्त्री ओलीले भारतीय लगानीकर्तालाई नेपाल आउन आह्वान गर्दै भने, ‘हामीलाई हरेक क्षेत्रमा ठूलो लगानी चाहिएको छ। लागनीका लागि नेपाल उर्भर भूमि मानिन्छ। हरेक क्षेत्रको लगानी उच्च मुनाफायुक्त छ। लगानीमा कुनै प्रतिस्पर्धा छैन।’ 

प्रधानमन्त्री ओलीले भारतीय लगानीकर्तालाई निर्धक्क भएर नेपालमा लगानी गर्न आग्रह गर्दै लगानीका लागि २५ आधार प्रस्तुत गरेका थिए।

एकातिर देशभित्रै रहेका उद्योगीहरु समेत धमाधम व्यापारी बनिरहेको अवस्था छ। उत्पादनमुखी क्षेत्रमा लागेका उद्योगीहरु समेत आयातमुखी व्यापारतिर केन्द्रित हुँदै गइरहेका छन्। भारतसँग मात्र बर्सेनि करिब ६ खर्ब रुपैयाँ बराबरको व्यापार घाटा छ। रेमिट्यान्सबाट प्राप्त पुँजी ८० प्रतिशतभन्दा बढी उपभोग्य सामग्री खरिदमै खर्च भइरहेको छ।

देशको कमजोर आर्थिक चित्र अर्थमन्त्री डा युवराज खतिवडाले प्रधामन्त्री ओली भारत जानुअघि नै श्वेतपत्रमार्फत जारी गरिसकेका थिए। यो अवस्थामा रहेको नेपालमा भावी दिनमा प्रधामन्त्री ओलीले कल्पना गरेजस्तै ठूला–ठूला वैदेशिक लगानी भित्रिएला त? 

प्रधानमन्त्री ओलीले भारतीय लगानीकर्तालाई नेपालमा लगानीका लागि पहल गरिरहँदा नेपाली उद्योगी–व्यवसायीले भने त्यसलाई सकारात्मक रुपमा लिएका छन्।

प्रधानमन्त्री ओलीसँगै भारत भ्रमणमा गएकी नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले भारतीय उद्योगी–व्यापारीहरुसँगको अन्तर्क्रिया कार्यक्रममा नेपालमा अहिले लगानीका लागि उपयुक्त समय भएको बताएकी थिइन्। नेपाल सरकारको अहिलेको प्राथमिक एजेन्डा नै आर्थिक समृद्धि भएको उल्लेख गर्दै उनले भारतीय लगानीकर्ताहरुलाई नेपालमा लगानी गर्न आग्रह गरेकी थिइन्। उनले नोपालले ऊर्जा, पूर्वाधार तथा ठूला उत्पादनमूलक क्षेत्रमा प्रत्यक्ष रुपमा वैदेशिक लगानी भित्र्याउन खोजेको बताएकी थइन्।

विदेशी लगानी भित्र्याउन मुख्यगरी लगानीमैत्री ऐन र वातावरण बन्नुपर्नेमा स्वदेशी उद्योगी-व्यवसायीहरुको जोड छ। साथै, विदेशी ठूला लगानी भित्र्याउँदै गर्दा सरकारले स्वदेशी लगानीकर्तालाई प्रोत्साह र हौसला दिनुपर्ने उनीहरु बताउँछन्।

Ncell 2
Ncell 2
nimb
nimb

विदेशी लगानी भित्र्याउनुपूर्व लगानीमैत्री ऐन निर्माण गर्नु आवश्यक
- शेखर गोल्छा, वरिष्ठ उपाध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघ

नेपालमा विदेशी लगानी भित्र्याउन आवश्यक रहेकै समयमा प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय उद्योगी–व्यवसायीहरुलाई नेपालमा लगानी गर्न आग्रह गर्नु सकारात्मक कुरा हो। अहिले नेपाली पुँजीले मात्रै विकास निमार्णको कार्य अगाडि बढाउन गाह्रो छ। त्यसका लागि विदेशी लगानी जतिसक्यो धेरै भित्र्याउन आवश्यक छ। 

विगतमा भएका विदेशी लगानीका निर्माण कार्यले राम्रै प्रतिफल पनि दिएको छ। नेपाली बैंकिङ प्रणलीमा लगानी योग्य पुँजी (तरलता) अभाव भएको अवस्थामा जति सक्यो छिटो विदेशी लगानी भित्र्याउन सक्नुपर्छ। 

Xtrem

Xtrem

तर, विदेशी लगानी भित्र्याउने कुरा गरिरहँदा लगानीमैत्री ऐन निर्माण गर्नु आवश्यक छ। अहिलेको समय भनेको सम्वृद्धितर्फ अघि बढ्ने समय हो, त्यसका लागि सरकारले देशमा लगानीमैत्री ऐनको निर्माण गरिदिनुपर्छ। अहिलेका ऐन तथा नियम लगानीमैत्री छैनन् जति हुनुपर्ने हो। लगानीको वातावरण सिर्जना गर्न अहिले भएका कतिपय ऐनलाई संशोधन गर्नु जरुरी छ।

देशमा विदेशी लगानी भित्र्याउन पहल गर्नु पूर्व पूर्वाधार विकासतर्फ पनि ध्यान दिनुपर्छ। लगानीका लागि आवश्यक भनेको पूर्वाधार हो। हामीले पूर्वाधारको यथोचित विकास गर्न सकेका छैनौं। लगानीका लागि यातायत क्षेत्रको विस्तार गर्न आवश्यक छ। मुलुकभर बाटोघाटो र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण गर्न सकियो भने सहजै विदेशी लगानी भित्र्याउन सकिन्छ। 

नेपालमा लगानी गर्न उपयुक्त समय
- भवानी राणा, अध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघ

नेपालमा लगानी गर्न अहिले सबैभन्दा उपयुक्त समय हो। नेपाल सरकारको मुख्य उद्देश्य आर्थिक समृद्धि भएकाले नेपालमा ठूलो लगानी चाहिएको छ। यस्तो बेला प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय उद्योगी–व्यवसायीलाई लगानीका लागि आग्रह गर्नु स्वागतयोग्य छ। 

 

नेपालमा भारतीय लगानीकर्ताहरुले लगानी बढाउन अब ढिला गर्नु हुँदैन। अहिले नेपालमा ऊर्जा, पूर्वाधार तथा ठूला उत्पादनमूलक क्षेत्रमा प्रत्यक्ष रुपमा वैदेशिक लगानी भित्र्याउन खोजिएकाले लगानी गर्ने उपयुक्त समय अहिले नै हो। 

वातावरण नबने लगानी आउँदैन, प्रतिबद्धता मात्र आउँछ
- उमेशलाल श्रेष्ठ, उपाध्यक्ष, उद्योग वाणिज्य महासंघ

नेपालमा लगानीमैत्री ऐन छैन। उचित ऐन र वातावरण नहुँदा लगानीका लागि प्रतिबद्धता त आउन सक्छ तर लगानी आउँदैन। जबसम्म लगानीमैत्री ऐन बन्दैन तबसम्म विदेशी लगानीको प्रतिबद्धता मात्रै आउने हो।

उचित ऐन तथा वातावरण नहुँदा स्वदेशी लगानी समेत रोकिएको अवस्था छ । यस्तोमा विदेशी लगानीलाई कसरी विश्वस्त तुल्याउन सकिएला? भन्ने प्रश्न छ। विदेशी लगानीलाई नेपाल भित्र्याउँदै गर्दा सरकारले स्वदेशी लगानीकर्तालाई पनि प्रोत्सान भने गर्नुपर्छ।

प्रतिबद्ध लगानी पहिले भित्र्याउन सक्नुपर्छ
- राजेन्द्र मल्ल, उपाध्यक्ष, नेपाल चेम्बर अफ कमर्स 

नेपालमा अहिले राजनीतिक स्थिरता देखिएकाले अबको मुख्य योजना भनेको आर्थिक सम्वृद्धि नै हो। देशमा विकास निमार्णको गतिविधि अगाडि बढाउन सबै एक हुन आवश्यक छ। देशमा लगानीमैत्री वातावरण सिर्जना भएको र विकासका लागि नेपालमा रहेको आर्थिक पुँजीले मात्रै अपुग हुने भएकाले बाहिरी लगानी त चाहिन्छ नै।

भारत भ्रमणमा प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय उद्योगी–व्यवसयीलाई निर्धक्क भएर नेपालमा लगानी गर्न आग्रह गर्नु सकारात्मक पक्ष हो। लगानीका लागि नेपालमा उपयुक्त समय आएकाले भारतीय लगानीकर्तालाई पहिले प्रतिबद्धता जनाएको क्षेत्रमा लगानी गर्न घचघच्याउनुपर्छ। बाहिरी लगानी भित्र्याउँदा नेपालमा उत्पादित वस्तुको निर्यात बढ्छ, जसले व्यापार घाटालाई कम गर्न सहयोग पुग्छ।

प्रकाशित मिति: सोमबार, चैत २६, २०७४  ११:०७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
पहिरो खसेपछि बिपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध
मोजाभित्र प्याज राखेर सुत्दा ज्वरो निको हुन्छ? के भन्छ विज्ञान
गगनलाई विश्वप्रकाशको शुभकामना : ‘यात्राको सुरुवात हो, लक्ष्य प्राप्ति होइन’
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
पहिरो खसेपछि बिपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध शनिबार, असोज २४, २०८३
मोजाभित्र प्याज राखेर सुत्दा ज्वरो निको हुन्छ? के भन्छ विज्ञान शनिबार, असोज २४, २०८३
गगनलाई विश्वप्रकाशको शुभकामना : ‘यात्राको सुरुवात हो, लक्ष्य प्राप्ति होइन’ शनिबार, असोज २४, २०८३
१४ लाखभन्दा बढीका सामान र इ–लोडर बरामद शनिबार, असोज २४, २०८३
सीजेपीको प्रदर्शन रोक्न दिल्लीमा कडा सुरक्षा, ४५ मेट्रो स्टेसन बन्द शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
इनाम सापकोटाको बन्दी  निवेदन खारेज हुने सर्वोच्चको फैसला शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्