काठमाडौं- पछिल्लो समय निरन्तर रुपमा ओरालो लागेको नेप्से परिसूचक साताको दोस्रो कारोबारका दिन तीव्र उतारचढावका बीच ६ दशमलब ८७ अंकले घटेर बन्द भएको छ।
सोमबार नेप्से परिसूचकमा गिरावट आए पनि कारोबार रकममा भने वृद्धि भएको छ। बैंक अफ काठमाण्डू लिमिटेडको संस्थापक सेयरले कारोबार रकम बढाएको हो। बैंकको संस्थापक सेयरको १२ करोड २९ लाख ४१ हजार ७ सय ६८ कित्ता सेयर किनबेच भएको छ।
यस दिन १ सय ६९ कम्पनीको ९४ करोड ९६ लाख २९ हजार ३ सय ९ रुपैयाँ बराबरको सेयर किनबेच भएको छ। जबकि आइतबार ९१ कारोड ७७ लाख ८ हजार ९ सय ५९ रुपैयाँ बराबरको सेयर किनबेच भएका थिए।
सोमबार कारोबारमा आएको अन्य बाहेक अरु सबै समूहमा गिरावट आएको छ। अन्य समूह २ दशमलब ९१ अंकले बढेको छ।
सोमबारको कारोबारमा सर्वाधिक गुमाउनेमा होटल समूह अन्तर्गतका लागनीकर्ता छन्। यो समूहमा ३६ दशमलब ७४ अंकको गिरावट आएको छ। त्यस्तै, बिमा समूह २९ दशमलब ९३ अंकले बढेको छ भने जलविद्युत् समूहमा २८ दशमलब ५८ अंकको गिरावट आएको छ।
सोमबार सिर्जना फाइनान्सका लगानीकर्ताले सर्वाधिक कमाएका छन्। कम्पनीको सेयर मूल्य प्रतिकित्ता २४ रुपैयाँ अर्थात् ९ दशमलब ९६ प्रतिशतले बढेको छ। त्यस्तै, सूर्योदय लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले प्रतिकित्ता १ सय १७ रुपैयाँ कमाएका छन्।
यता, सोमबार सर्वाधिक गुमाउनेमा कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ता छन्। बैंकको सेयर मूल्य प्रतिकित्ता १३ रुपैयाँ अर्थात् ९ सय ७७ रुपैयाँले घटेको छ। त्यस्तै, बुटवल पावरका लगानीकर्ताले प्रतिसेयर ३० रुपैयाँ गुमाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।