कञ्चनपुर- लगातारको वर्षाका कारण कञ्चनपुरमा रु एक करोड मूल्य बराबरको काँचो इँटा नोक्सानी भएको छ। सुकाउनका लागि तयारी अवस्थामा राखिएका काँचो इँटा वर्षाको पानीले भिजेर क्षति भएको हो।
महाकाली इँट्टा टायल उद्योग व्यवसायी संंघ कञ्चनपुरका अध्यक्ष बलदेवसिंह बुडालका अनुसार यहाँ सञ्चालित ३९ उद्योगका झन्डै १० लाखभन्दा बढी इँट्टामा नोक्सानी पुगेको छ। प्रतिइँटाको लागत रु ९ देखि रु १२ सम्म पर्ने गरेको छ। इँटा उत्पादनका लागि पानी नपर्ने गरेका कारण चैत महिनालाई उपयुक्त महिनाका रूपमा लिइने गरिन्छ।
'लगातार वर्षा होला भनेर सोचेका थिएनौँ,' अध्यक्ष बुडालले भने, 'भारतबाट इँटा बनाउने मजदुर झिकाएर धमाधम तयार पार्दै थियौँ वर्षाले गर्दा सबै नोक्सानी भएको छ।'
लाखौँका तयारी इँटामा प्राकृतिक विपद्बाट नोक्सानी भएपछि मर्कामा परेको उनले बताए।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।