काठमाडौं- स्पेनिस क्लब रियल मड्रिडका खेलाडीहरु कोरोना भाइरस (कोभिड १९) का कारण निम्तिएको परिस्थितिमा एकजुट भएर अगाडि बढ्न छलफलमा छन्। आर्थिक र अन्य रुपमा गर्न सकिने सहयोग गर्न उनीहरु कुराकानीमा रहेका हुन्।
रियल मड्रिडका बास्केटबल खेलाडी टेरी थम्पकिन्समा कोरोना भाइरसको संक्रमण देखिएपछि फुटबल टिमकासहित सबै खेलाडीलाई १४ दिनको क्वारेन्टाइन अनिवार्य गरिएको छ। क्वारेन्टाइनमा रहेका खेलाडीहरु सामाजिक सञ्जालमार्फत एकअर्कासँगको कुराकानीमा रहेका हुन्।
स्पेनिस क्लब बार्सिलोनाले अप्ठ्यारो परिस्थिति आएको भन्दै खेलाडीहरुसँग तलब कम गर्ने विषयमा कुराकानी गरिरहेको भए पनि रियल मड्रिडले अहिलेसम्म खेलाडीको तलब कम गर्ने विषयमा कुराकानी गरेको छैन। तर खेलाडीहरु आइपर्ने जस्तोसुकै परिस्थितिको सामना गर्न तयार रहेको र क्लबलाई मात्र नभएर आम मानिसका लागि सहयोग गर्न तयार रहेको बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।