काठमाडौं- बेल्जियमका फुटबल खेलाडी मराएन फेलानीमा कोरोना भाइरस (कोभिड १९) संक्रमण भएको पाइएको छ। इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड र इभटर्नका पूर्वखेलाडी समेत रहेका फेलानी अहिले चिनिया क्लब शानदोङ लुनेन्गमा आबद्ध छन्।
ट्वीटरमार्फत आफूलाई कोरोना संक्रमण भएको जानकारी दिँदै उनले भनेका छन्- ‘सक्दो छिटो खेलमा फर्कन सक्छु भन्ने आश गरेको छु।’
कोरोना संक्रमितका लागि उपचार भइरहेको चीनको जिनान अस्पतालमा फेलानी ‘आइसोलेसन’मा रहेको चिनिया सञ्चार माध्यमले जनाएका छन्।
म्यानचेस्टर युनाइटेड र इभर्टनमा गरी ११ सिजन इंग्लिस फुटबलमा बिताएका फेलानी २०१९ मा नै चिनिया क्लबमा गएका थिए।
चिनिया सुपर लिग खेल्ने खेलाडीहरुमा अहिलेसम्म फेलानीमा मात्र कोरोना संक्रमण देखिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।