काठमाडौं– एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले वैशाख ९ गते नेकपा (एमाले) र माओवादी केन्द्र बीचको एकीकण हुने बताएका छन्। एमाले र माओवादी पर्वत काठमाडौं सम्पर्क मञ्चले आयोजना गरेको कार्यक्रममा नेता नेपालले पार्टी एकीकरणका लागि आफुहरु तयारी अवस्थामा रहेको बताए। ‘दुई पार्टी एकीकरणका लागि लगभग तयारी पूरा भएको छ। कुनै अफवाह र हल्लाका पछाडी नलाग्नुस।’, उनले भने, ‘केही प्रवाधिक विषय मात्रै मिल्न बाँकी हो।’
नेता नेपालले राजनीतिक प्रतिवेदन र सांगठनिक प्रतिवेदन पार्टी एकीकरण संयोजन समितिलाई बुझाइसकेको बताउँदै केही प्राविधिक विषय चाँडै बैठक बसेर टुङ्ग्याउने उल्लेख गरे। उनले वैशाख ९ गते दुई पार्टी एकतामा लाखौं नेता कार्यकर्तालाई टुँडिखेलमा सहभागी हुन आह्वान समेत गरे। ‘पार्टीको एकीकरणको ऐतिहासिक कार्यक्रम लाखौंको उपस्थितिका साथ टुँडिखेलमा हुँदैछ’ उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।