काठमाडौं- नेपाली राष्ट्रिय फुटबल टिम र इंग्ल्यान्ड ‘सी’ टिमबीचको खेल स्थगित भएको छ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले बुधबार नेपाल र इंग्ल्यान्डको ‘सी’ टिमबीचको खेल कोरोना भाइरसको कारण स्थगित गरिएकाे जानकारी दिएको हो। नेपालले मे २५ मा एलडसट टाउनमा इंग्ल्यान्डको ‘सी’ टिमसँग खेल्ने तालिका थियो।
गत जनवरीमा एन्फा र फुटबल एसोसिएसन (एफए) बीच दुबै देशमा मैत्रीपूर्ण फुटबल खेल गर्ने विषयमा सहमति भएको थियो। त्यसै अन्तर्गत नेपालले इंग्ल्यान्डको ‘सी’ टिमसँग खेल्ने तालिका थियो।
एन्फाले २०२१ पछि इंग्ल्यान्डको ‘सी’ टिमसँग नेपाली राष्ट्रिय टिमले खेल्ने तालिका निकाल्ने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।