• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, भदौ १४, २०८३ Sun, Aug 30, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
श्रम-रोजगार

स्वदेशमा बिक्नै छाड्यो पसिना, परदेशको बाटो बन्द

64x64
निर्मला घिमिरे आइतबार, चैत २, २०७६  १०:०८
1140x725

काठमाडौं- सधैंजसो भारी बोकेर भोटेबहालको पिपलबोट छेउछाउका पसल वरिपरि भेटिने धादिङका ५७ वर्षीय बेलमान घर्ती यतिबेला बेरोजगार छन्।

कहिले इलेक्ट्रिक सामानको भारी त कहिले कपडाको भारी बोकेर ओहोरदोहोर गरिरहने बेलमानको थाप्लोमा नाम्लो पिठ्युको भार त कम छ तर चिन्ताको भारीले थिचेको छ।

‘कपडा फ्याक्ट्रीहरूले पनि काम छैन भन्छन्। नाका बन्द भएर केही सामान नै आएन रे। खै के रोग पो फैलिएको छ भन्थे, त्यसैले गर्दा होला,’ उनले सुनाए। 

दिनभर भारी बोकेर बेलुकाको छाक टार्ने बेलमानले पसिना बगाउँछु भन्दा पनि पाएका छैनन्। ‘भारी बोक्छु भन्दा पनि नपाउने कस्तो समय आयो–आयो? अब हामीले के खाने?,’ उनले चिन्ता प्रकट गरे। 

कोरोना भाइरस संक्रमणका कारण विभिन्न देशबाट भारत र चीनका नाका हुँदै आयात हुने सामानमा असर परेको छ। चीनबाट नेपाल आउने रसुवागढी नाका बन्द भएको छ। यसको प्रत्यक्ष असर बेलमान जस्तै भारी बोकेर गुजारा गर्नेहरूमाथि परेको छ।  कोरोना संक्रमणले उनीहरूको भारी पनि खोसिएको छ। गुजारा गर्ने पेसा धरापमा परेको छ। चिन्ता थपिएको छ। 

कामको सिजनमै त्रास
विदेशीका ठूलाठूला झोला बोकेर हिमाल, पहाड, उकाली ओराली छिचोल्दै पसिना चुहाउँदै हिडिरहेका सोलुखुम्बुका नोर्बु शेर्पा यतिबेला काठमाडौंमा भौतारिइरहेका छन्। 

‘ट्रेकिङको काम विदेशी आए त हुने हो, भाइरसले विदेशी हराए जागिरै हरायो। दिनहरू काठमाडौंमै बितिरहेका छन्,’ नोर्बुले दुखेसो सुनाए।  

नोर्बुले गर्ने जस्तो ट्रेकिङ गाइडको काम मौसमी हो। हिउँदभरको कमाईले वर्ष धान्नुपर्ने हुन्छ।  ‘यो हिउँदको सिजन हो। वर्षातमा न ट्रेकिङको काम हुन्छ, न गाइड। तर सिजनकै बेला भाइरस फैलिएर खत्तम नै भयो,’ नोर्बुले नेपाल लाइभसँग बह राखे। 

nimb
nimb

नोर्बुजस्ता ट्रेकिङ र टुरिस्ट गाइडको काम गरेर गुजारा गर्नेहरू दुई महिनादेखि बेरोजगार बनेका छन्। अब के गर्ने भन्ने चिन्ता उनीहरूमा थपिएको छ। 

यो पनि पढ्नुहोस्

उद्योगदेखि विकास निर्माणसम्म संकट देखिएको छआइतबार, चैत २, २०७६

नोर्बु र बेलमान कोरोनाका कारण नेपाली श्रम बजारमा रोजगारी खोसिएका प्रतिनिधि पात्र मात्रै हुन्। उनीहरु जस्ता हजारौँको संख्यामा युवा प्रभावित बनेका छन्। होटल, रेस्टुराँ, पर्यटन, मनोरञ्जन, आतिथ्यता सत्कारलगायत क्षेत्रमा काम गर्ने कतिपय श्रमिक रोजगारदाताले कटौती सुरु गरेका छन् भने कतिपयको रोजगारी धरापमा छ। अझै केही समय कोरोना संक्रमणको जोखिम कायमै रहने हो भने नेपालमा आर्थिक संकटको सिर्जना हुने अर्थविद्हरु बताउँछन्।

परदेशको बाटो अनिश्चित
कोभिड-१९ (कोरोना भाइरस)ले महामारि रूप लिँदै गएपछि सरकारको उच्चस्तरीय समन्वय समितिले तत्कालका लागि श्रम स्वीकृति बन्द गरेको छ। रोजिरोटीको खोजिका लागि वैधानिक रूपमा मात्रै १ सय ७२ वटा मुलुक पुग्ने नेपालीहरूको बाटो अनिश्चितकालका लागि बन्द भयो। रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा बिहीबार बसेको बैठकले अर्को निर्णय नहुँदासम्मका लागि श्रम स्वीकृति स्थगित गरेको हो। श्रम स्वीकृति स्थिगित भएपछि दैनिक करिब १२ सयको हाराहारीमा श्रम स्वीकृति लिएर विदेशीने युवा यतिबेलामा अलपत्र परेका छन्।

‘देशमा काम छैन। परदेश जाने बाटो रोकिएको छ। के गरेर समय कटाउने भन्ने चिन्ता छ,’ कतारको भिसा आइसकेको अवस्थामा स्थगित भएपछि सर्लाहीका हरिदेव मण्डल चिन्तित छन्। उनीजस्ता थुप्रै युवाहरू परदेशको बाटो रोकिएपछि चिन्तामा छन्। परदेशमा रहेकाहरू पनि स्वदेश फर्किएपछि पुनः वैदेशिक रोजगारीमा जान पाउने टुंगो नभएपछि करार अवधि सकिएर पनि काम गरिरहेका छन्। 

कोरोनाका कारण गन्तव्य मुलुकको बाटो अनिश्चितकालीन बन्द हुँदा हजारौँ श्रमिकहरुको भिसा र टिकट स्थगित भएको छ। 

गन्तव्य मुलुकले नेपाली प्रवेशमा रोक नलगाएको अवस्थामा नेपालले बन्द गर्दा नेपाली श्रमिकहरूले तिरिसकेको पैसा गुम्ने खतरा निम्तिएको वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष विष्णु गैह्रेले बताए।  श्रम स्वीकृति स्थगितपछि श्रमिकले बुझाइसकेको भिसा तथा टिकट लगायतको रकम नगुम्ने गरी सरकारले कुटनीतिक पहल गर्नुपर्ने अध्यक्ष गैह्रेको भनाइ छ। 

धरापमा रेमिट्यान्सले धानेको अर्थतन्त्र
नेपालको अर्थतन्त्रमा करिब एक चौथाई योगदान पुर्‍याउँदै आएको विप्रेषण (रेमिट्यान्स) मा कोरोना भाइरसले प्रत्यक्ष प्रभाव पारेको छ। तत्काल असर नदेखिए पनि केही समयपछि नेपालको अर्थतन्त्रमा जटिल अवस्था सिर्जना हुने अर्थविद् डा डिल्लीराज खनाल बताउँछन्। ‘रेमिट्यान्स घट्दा आयात पनि घट्ने, सरकारको खर्च गर्ने वैंकले लगानी गर्ने क्षमता घट्ने लगायत बहुआयामिक क्षेत्रमा यसको असर पर्ने हुँदा नेपालको अर्थतन्त्रमा ठूलो धक्का लागेको छ,’ खनालले भने। 

विप्रेषण आप्रवाह नै नेपालको वित्तीय साधन परिचालनको दायरा थप विस्तार भएको छ भने कुल गार्हस्थ्य उत्पादनमा रेमिट्यान्सको योगदान २५ दशमलव ५ प्रतिशत छ। नेपालको गरिबी न्यूनिकरणमा रेमिट्यान्सको ठूलो भूमिका छ।

यो पनि पढ्नुहोस्

कोरोनाले आर्थिक वृद्धिको लक्ष्यमा असर गर्छ तर अर्थतन्त्र कोल्याप्स नै हुन्छ भन्ने होइन : डा मीनबहादुर श्रेष्ठआइतबार, चैत २, २०७६

आर्थिक वर्ष २०६०/०६१ मा ३० दशमलव ९ प्रतिशत रहेको गरिबीको संख्या घटेर आर्थिक वर्ष २०७४/०७५ मा १८ दशमलव ७ प्रतिशतमा झरेको छ। यसको प्रमुख कारण विप्रेषण आप्रवाह रहेको राष्ट्र बैंकले उल्लेख गरेको छ।  कोरोना भाइरस संक्रमणका कारण यस वर्ष रेमिट्यान्स आप्रहवामा आउने गिरावटसँगै देशको आर्थिक वृद्धिदरमा पनि गिरावट आउने निश्चित छ। 

देशको आर्थिक वृद्धिदरसमेत घट्ने अर्थविद् डिल्लीराज खनाल बताउँछन्। ‘यो वर्ष आर्थिक वृद्धिदर ७ प्रतिशत पुग्ने अपेक्षा थियो। कोरोना संक्रमणको असर कतिसम्म हुन्छ, महिनौँ बढ्दै गयो भने आर्थिक वृद्धिदरको अवस्था लक्ष्यभन्दा आधा घट्ने देखिन्छ,’ अर्थविद् खनालले भने। एक महिना मात्रै वैदेशिक रोजगारी रोकिए पनि अर्बौं रेमिट्यान्स गुम्ने वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष विष्णु गैह्रे बताउँछन्। 

आन्तरिक श्रम बजार बलियो नहुँदा निम्तियो संकट
सरोकारवालाहरूले देशको आन्तरिक श्रम बजार बलियो नहुँदा वैदेशिक रोजगारी तत्कालका लागि स्थगित गर्दा पनि संकटापन्न अवस्था सिर्जना भएको सरोकारवालाहरू बताउँछन्। 

‘आन्तरिक रोजगारीमै आत्मनिर्भर हुन सकिने अवस्था थियो भने गन्तव्य मुलुकले केही समयका लागि आवागमनमा रोक लगाउँदा डराउनु पर्ने अबस्था थिएन। आन्तरिक श्रम बजार बलियो नहुँदा अहिले नेपालमा जटिल अवस्था सिर्जना हुने देखिएको छ,’ राष्ट्रिय योजना आयोगका सदस्य रामकुमार फुयाँल भन्छन्। अब सरकारले आन्तरिक रोजगारीमै आत्मनिर्भर हुन सक्ने व्यवस्था गर्नुपर्ने उनको भनाइ छ। 

यो पनि पढ्नुहोस

अर्थतन्त्रमा कोरोना प्रभावआइतबार, चैत २, २०७६

‘वैदेशिक रोजगारी रोकेर रोकिने कुरा त होइन तर यसलाई व्यवस्थित गर्न सकिन्छ। वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित तथा मर्यादित बनाउनका लागि आन्तरिक रोजगारीको पाटो बलियो बनाउनुपर्दछ,’ फुँयालले भने। आन्तरिक रोजगारीलाई बलियो बनाउन उद्योग, कलकारखानाको विकासमा जोड दिनुपर्ने अर्थविद् डिल्लीराज खनालको जोड छ। 

‘देशमै प्रशस्त रोजगारी सिर्जना गर्न उद्योग, धन्दा तथा कलकारखाना विकासमा जोड दिनुपर्छ। युवाहरुको सीप विकासमा पनि जोड दिन आवश्यक छ,’ अर्थविद् खनालले थपे। सरकारले देशमा लगानीको वातावरण बनाउनुपर्ने उनको भनाइ छ। 

आन्तरिक रोजगारी व्यवस्थापनमा जोड : मन्त्री यादव 
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले पनि आन्तरिक रोजगारी सिर्जना नहुँदा समस्यामा रहेको नेपाली श्रम बजार कोरोनाका कारण थप चुनौतीमा परेका छन्। 

श्रम बजारमा संकट आउन नदिन वार्षिक रूपमा आउने ५ लाख जनशक्तिलाई देशभित्रै व्यवस्थापन गर्न पहल गर्ने मन्त्री यादवले बताए। मन्त्री यादवले भने, ‘मैले मन्त्री पद ग्रहण गरेको दिन नै भनेको थिएँ। नेपाली श्रम बजारमा हरेक वर्ष आउने ५ लाख जनशक्तिलाई देशभित्रै व्यवस्थापन गर्न जोड दिनुपर्छ।’ सरकारले अब जनशक्तिलाई देशमै व्यवस्थापन गर्ने कार्यक्रम विस्तारै अघि बढाउँदै लैजाने मन्त्री यादवले बताए। कोरोनाले पार्ने असरबारे नजिकबाट अध्ययन गरिरहेको मन्त्रालयले बताएको छ। 

प्रकाशित मिति: आइतबार, चैत २, २०७६  १०:०८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
निर्मला घिमिरे
नेपाल लाइभकी वरिष्ठ संवाददाता घिमिरे श्रम, रोजगारी तथा सामाजिक सुरक्षा बिटमा रिपोर्टिङ गर्छिन्।
लेखकबाट थप
आफूसँग सीप छ, स्वदेशमै सबथोक छ
कृषिमा वैदेशिक लगानी कति आवश्यक?
निर्दयी परदेशले छोरा चुँड्यो, बुढेसकालमा एक्ल्याइदियो
सम्बन्धित सामग्री
देशभरका म्यानपावर कम्पनी बन्द‚ वैदेशिक रोजगारीमा श्रमिक नपठाउने नेपाल वैदेशिक रोजगार व्यवसायी संघले देशभरका सम्पूर्ण म्यानपावर कम्पनी आज (सोमबार)देखि बन्द गर्ने घोषणा गरेको छ। सोमबार, भदौ १, २०८३
भोलिदेखि सबै म्यानपावर कम्पनी बन्द गर्ने व्यवसायीको घोषणा, श्रमिक पठाउन पनि रोक्ने तयारी नेपाल वैदेशिक रोजगार व्यवसायी संघले पूर्वनिर्धारित कार्यक्रमअनुसार कार्यालयमा ताला लगाउने र श्रमिकलाई वैदेशिक रोजगारीमा पठाउने काम र... आइतबार, साउन ३१, २०८३
साउदीको सीप प्रमाणीकरण कार्यक्रम स्थगित काठमाडौंस्थित साउदी दूतावासले सूचना टाँसेर सीप परीक्षण कार्यक्रम सुरू गरेको जनाएको थियो । दूतावासले सीप परीक्षण पास भएको प्रमाणपत्र... बुधबार, असार ३, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीले ७ मिनेटमै २२ किलो दूरी पार गर्‍यो : चिनियाँ अध्ययन आइतबार, भदौ १४, २०८३
रसुवाका बाढी प्रभावित बोकेको बस दुर्घटना, ३२ जना घाइते आइतबार, भदौ १४, २०८३
ईभी माइक्रो र सुमो ठोक्किँदा ११ जना घाइते आइतबार, भदौ १४, २०८३
शव व्यवस्थापनबारे कानुनमन्त्री : ठूलो संख्याका शव चिस्यानमा राख्न सम्भव भएन आइतबार, भदौ १४, २०८३
भोटेकोशी बाढीले बगाएको ७८८ जनाको शव भेटियो आइतबार, भदौ १४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
यती एअरलाइन्सको चार्टर उडानमार्फत सद्गुरु नेपाल आइपुगे शनिबार, भदौ १३, २०८३
जय नेपाल पार्टीको केन्द्रीय कार्यसमिति घोषणा  (सूचीसहित) आइतबार, भदौ १४, २०८३
कञ्चनपुर पुगेका दुई भारतीय प्रहरी नियन्त्रणमा शनिबार, भदौ १३, २०८३
तीन दिनपछि सुरुङको ‘क्राउन हेड’ भेटियो, उद्धार टोलीले बोलाउँदा आएन जवाफ आइतबार, भदौ १४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
नेपालीजी अर्थात् मधेश–मिथिला ‘इन्साक्लोपिडिया’ धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्