• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज २५, २०८३ Sun, Oct 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता - विचार

उद्योगदेखि विकास निर्माणसम्म संकट देखिएको छ

गम्भीर संकट पर्यटनमा
पशुपति मुरारका आइतबार, चैत २, २०७६  १०:१०
1140x725

काठमाडौं- नेपालमा अहिलेसम्म कोरोना भाइरसका कारण मानवीय क्षति नभए पनि प्रभाव भने देखिएको छ। कतिपय क्षेत्रमा प्रत्यक्ष प्रभाव परेको छ भने कतिपय क्षेत्रमा परेका प्रभाव अहिले देखिएका छैनन्। कोरोनाका कारण नेपालको पर्यटन उद्योग सबैभन्दा धेरै प्रभावित बनेको छ।

होटल, रेस्टुरेन्टको व्यापार ठप्प भएको छ। गतिविधि शून्य हुने अवस्थामा पुगेको यो क्षेत्र सबैभन्दा पहिलो हो। अहिले अन्तर्राष्ट्रिय बजार अस्थिर हुँदा हाम्रो मुद्राको अवमूल्यन बढेको छ। अमेरिकी डलरसँग नेपाली रुपैयाँको विनिमय दरमा तीव्र उतारचढाव देखिएको छ। यो पनि प्रत्यक्ष देखिएको क्षेत्र हो। 
यसका अलावा धेरै क्षेत्र प्रभावित भइसकेका छन्। अहिलेकै अवस्था केही लम्बियो भने मानिसहरुको आम्दानी घट्दै जान्छ जसको कारण उनीहरु पैसा खर्च गर्न छोड्नेछन्। नेपालबाट विदेश जानेको संख्या अहिल्यै घटिरहेको छ भने यो अझै घट्नेछ। विदेश जानेको संख्या घट्दै जाने र विदेशमा भएका नेपालीले रोजगारी गुमाउने अवस्था आउने भयो भने रेमिट्यान्स घट्छ। 

अर्थतन्त्रको चक्रमा असर
नेपालको कूल गार्हस्थ उत्पादनको एक तिहाइ बराबरको रकम रेमिट्यान्सका रुपमा आइरहेको छ। रेमिट्यान्स नआउनु भनेको यहाँको उपभोग प्रभावित हुनु हो। हाम्रो अर्थतन्त्रको एउटा प्रमुख चरित्र नै रेमिट्यान्समा आधारित उपभोग र उपभोगमा आधारित आयात तथा आयातमा आधारित राजस्व प्रणाली हो। रेमिट्यान्स बन्द हुँदा अर्थतन्त्रको यो चक्र नै बन्द हुन पुग्छ। 

उपभोग न्यून हुनु भनेको औद्योगिक उत्पादनको मागमा पनि गिरावट आउनु हो। बजारबाट माग नहुँदा उद्योगहरु क्षमतामा चल्न सक्दैनन्। उद्योगको उत्पादन क्षमतामा नै त्यसले ह्रास ल्याउँछ। 

एउटा समान्य उदाहरण हेरौँ, कति मान्छेले विदेशबाट आफ्ना नातेदारले पठाएको पैसा सदुपयोग गरेर घर बनाइरहेका छन्। रेमिट्यान्स आएन भने यहाँ घर बन्दैनन् र त्यसको परिणामस्वरुप सिमेन्ट तथा डण्डी उद्योगसम्ममा प्रभाव देखिन्छ। रियल इस्टेट व्यवसाय पनि यसकै कारण प्रभावित हुन्छन्। यसको अर्को असर भनेको बैंक तथा वित्तीय संस्थामा निक्षेप घट्न थाल्दछ। निक्षेप घट्दै जानु भनेको बैंकसँग ऋण लगानीका लागि दिने रकम संकुचित हुँदै जानु हो। 

बाह्य व्यापार बन्द
कोरोनाकै कारण द्विपक्षीय व्यापार बन्द हुने अवस्थामा पुगेको छ। एकातिर अमेरिकी डलरको मूल्य बढ्ने र अर्कोतिर द्विपक्षीय व्यापार बन्द हुने अवस्था आउनु भनेको उद्योगका लागि कच्चा पदार्थको मूल्य बढ्नु तथा अभाव हुनु हो। व्यवसायीले व्यापार विस्तारका रणनीति बनाएर काम गर्न सक्दैन। आयात/निर्यात बन्द हुँदा मुलुकलाई नै असर गर्छ।

विश्व अर्थतन्त्रमा नेपालको उपस्थिति ठूलो नहुँदा र विश्व बजारमा उल्लेखनीय उपस्थिति नहुँदा सोझो प्रभाव कम पर्न सक्छ। उदाहरणका लागि डाउ जोन्स घट्यो भने बिएससी पनि घट्छ भन्नेजस्तो अवस्थामा नेपाल छैन। नेपालबाट जम्मा १ खर्ब रुपैयाँको निकासी हुन्छ। सानै आकारमा भए पनि निर्यात व्यापार प्रभावित भयो। उपभोगका लागि आयात हुन्छ। तर व्यापार प्रणाली अवरुद्ध हुँदा उपभोगका लागि आवश्यक‚ अत्यावश्यक आयात पनि बन्द हुन सक्छ। 

उद्योगका लागि कच्चा पदार्थदेखि इन्धनसमेत आयात गर्नुपर्छ। कोइला आयात भएन भनेमात्रै पनि धेरै उद्योग संकटमा पर्छन्। सामान आयात गर्नका लागि कन्टेनर छैन। समयमा सामान आउन सकेको छैन। आधा कन्टेनर चीनमा अड्किएको अवस्था छ। समग्र औद्योगिक र व्यापारिक क्षेत्रमा प्रभाव पर्छ। 

Ncell 2
Ncell 2
nimb
nimb

कोरोनाकै कारण अर्थतन्त्रमा यति रकम बराबरको क्षति भयो भन्न सकिँदैन। तर यसको असर समग्र बजारमा पर्छ। बजारमा पैसा सुक्दै जाने अवस्था आउने र रेमिट्यान्स कमजोर हुँदै जाने हो भने अवस्था भयावह हुन्छ। उद्योगको कच्चा पदार्थदेखि उपभोगसम्म प्रभाव देखिनु भनेको अर्थतन्त्रको चक्रमा नै समस्या आउनु हो। उपभोग घट्नु राम्रो त निश्चय नै होइन। 

संसारका कतिपय देशमा उपभोग्य वस्तुको अभाव भइसकेको छ। उद्योगहरुले उत्पादन गर्न पाएका छैनन्। औद्योगिक व्यवसाय ठप्प हुँदा उद्योगीहरु 'बैंकरप्ट' हुने अवस्था आइसकेको छ। नेपालमा त्यस्तो अवस्था त नआउला तर तत्कालका लागि लगानी प्रभावित हुन्छ। नयाँ लगानीका लागि स्रोत अभाव हुन पुग्दछ।

पूर्वाधार निर्माणमा समस्या
उद्योगमात्रै होइन पूर्वाधार विकास पनि प्रभावित भइरहेको छ। विकास आयोजनामा काम गर्ने श्रमिक पनि विदेशमै अड्किएका छन्। जसका कारण आयोजनाको काममा ढिलाइ भएको छ। यस्तो अवस्थामा उद्योगबाट निर्माण सामग्री त्यसतर्फ जान सक्दैनन्।

विकास आयोजनाका काम प्रभावित हुँदा सरकारी बजेट खर्च हुन सक्दैन। अर्कोतर्फ अवस्था जटिल भयो भने सरकारले पूर्वाधारमा लगाउने पैसा स्वास्थ्य क्षेत्रमा खर्च गर्नुपर्ने हुन्छ। सरकारले पूर्वाधार विकासको सट्टा स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिनुपर्ने हुन्छ। यसमा ठूलो खर्च हुन्छ।

Xtrem

Xtrem

आर्थिक क्रियाकलाप घट्दै जाने तर सरकारको स्वास्थ्य क्षेत्रमा दायित्व बढ्दै जाँदा राज्यसँग स्रोत अभाव हुन्छ। राजस्व संकलन कम हुँदै जान्छ जसका कारण सरकार पनि कमजोर अवस्थामा पुग्छ। 

सोच बदलौँ
उद्यमी व्यवसायी नाफा कमाउनमात्रै बसेका हुँदैनन्, सरकारले सबैभन्दा पहिले यो सोच्नुपर्छ। यो समस्या कहिलेसम्म रहन्छ त कसैले भन्न सक्दैन, तर अन्य क्षेत्रजस्तै उद्योग व्यवसाय धरासायी भएका छन्। यो विपत्तीमा राज्य र निजी क्षेत्र मिलेर सँगसँगै अघि बढ्नुपर्छ। 

सुन्दा अप्रिय लागे पनि यथार्थ के हो भने कोरोनाबाट जतिको मृत्यु हुन्छ त्यो भन्दा धेरै 'बैंकरप्ट' हुन्छन्। त्यस्तो अवस्था आउन दिने कि नदिने राज्यले सोच्नुपर्छ। 

सरकार आफैँ पनि यतिबेला दबाबमा हुन्छ। उद्योग बन्द हुँदा रोजगारी सिर्जनामा असर पर्छ र गरिबी बढ्न सक्छ। यस्तो अवस्थामा केही राहतका कार्यक्रम ल्याएर औद्योगिक क्रियाकलाप विस्तारका लागि काम गर्न सक्छ। 

(मुरारका नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष हुन्।)

प्रकाशित मिति: आइतबार, चैत २, २०७६  १०:१०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
इतिहासको ब्याज खाएर बस्दैनौँ, आजैबाट कांग्रेस बदल्छौँ : गगन थापा
केपीएल : देविदत्त बटालियन र नेपाल पुलिस क्लब फाइनलमा
ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु
सम्बन्धित सामग्री
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ अहिले नेपालको क्यासिनो व्यवसाय उतारचढावको अवस्थामा छ। यसलाई केही हदसम्म स्थिर बनाउन राज्यले भूमिका खेल्नुपर्छ। त्यसका लागि क्यासिनो... शुक्रबार, असोज २, २०८३
खानी र पानी एकैठाउँमा चल्दैन : गोकुल बाँस्कोटा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता एवं प्रतिनिधिसभा सदस्य गोकुलप्रसाद बाँस्कोटाले पछिल्लो विपद्बाट क्षतिग्रस्त संरचनाको पुनःनिर्... सोमबार, असोज २८, २०८१
मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षाः मुख्य बुँदा र प्रभाव लघुवित्तका ॠणीहरुहरुले तत्कालको भुक्तान बोझलाई केही पर सार्न सक्नेछन् र लघुवित्तको खराब कर्जा व्यवस्थापनमा केही सहजता हुनेछ। यसले लघ... शनिबार, वैशाख ३०, २०८०
ताजा समाचारसबै
इतिहासको ब्याज खाएर बस्दैनौँ, आजैबाट कांग्रेस बदल्छौँ : गगन थापा शनिबार, असोज २४, २०८३
केपीएल : देविदत्त बटालियन र नेपाल पुलिस क्लब फाइनलमा शनिबार, असोज २४, २०८३
ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु शनिबार, असोज २४, २०८३
काेशी प्रदेश सभाकाे चालु अधिवेशन अन्त्य शनिबार, असोज २४, २०८३
सरकारी सञ्चारमाध्यमबाट हटाइएका पत्रकारलाई पुनर्बहाली गर्न महासंघको माग शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्