काठमाडौं– मौसम परिवर्तनसँगै नेपालमा डेंगु रोगका बिरामी पनि देखापर्न थालेका छन्। इयर्ली वार्निङ एण्ड रिपोर्टिङ सिस्टम (इवार्स) सेन्टिनल साइट कायम भएका अस्पतालले ३६ जना डेंगुका बिरामी देखिएको प्रतिवेदन सार्वजनिक गरेकाे छ।
उक्त प्रणाली लागू भएका प्रदेशका विभिन्न अस्पतालहरुबाट सन् २०२० (जनवरीदेखि मार्च १३ सम्म)मा ३६ वटा डेंगुका बिरामी देखिएको प्रतिवेदनमा उल्लेख छ। प्रतिवेदनअनुसार प्रदेश दुई र कर्णाली प्रदेशमा डेंगुको लक्षण भएका बिरामी देखिएका छैनन्।
सबैभन्दा बढी डेंगुका बिरामी प्रदेश ५ मा देखिएका छन्। १४ डेंगुका बिरामी देखिएको प्रदेश ५ को रुपन्देही जिल्लामा मात्रै ११ बिरामी देखिएका छन्।
जिल्लाअनुसार बिरामीकाे संख्या
प्रदेश नं. १ मा ६ जना
झापा १, मोरङ ३ र सुनसरीमा २ जना
बागमती प्रदेशमा ९ जना
नुवाकोट, रामेछाप र मकवानपुरमा १/१ जना, काठमाडाैं र ललितपुरमा ३/३ जना
गण्डकी प्रदेशमा ५ जना
गोरखा, नवलपरासी सुस्ता पूर्व, म्याग्दी १/१, र कास्कीमा २ जना
प्रदेश नं. ५ मा १४ जना
नवलपरासी सुस्ता पश्चिम, कपिलवस्तु र बाँकेमा १/१ जना, रुपन्देहीमा ११ जना
सुदुरपश्चिम प्रदेशमा २ जना
डडेल्धुरा र कैलाली १/१ जना
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।