काठमाडौं– प्रमुख विद्यार्थी संगठनले शिक्षा ऐन, २०२८ (नवौं संशोधन) ले अस्थायी शिक्षकलाई स्वतः स्थायी गराई शिक्षण अनुमतिपत्र लिएका नयाँ जनशक्तिलाई उपेक्षा गरेको जनाएका छन्।
संयुक्त विद्यार्थी संगठनले शुत्रबार काठमाडौंमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा लाखौँ विद्यार्थीले शिक्षण अनुमति पत्र लिए पनि सरकारले तिनीहरुलाई सम्बोधन नगरी पुराना अर्धदक्ष शिक्षकलाई स्वतः स्थायी गराउन थालेकामा विरोध गरेका हुन्।
अनेरास्ववियुकी अध्यक्ष नविना लामाले मुलुकमा लोकतन्त्र आएपनि विद्यार्थीको समस्या सम्बोधन हुन नसकेको बताउँदै अझै पनि विद्यार्थी आफ्ना अधिकार प्राप्त गर्न हिंसात्मक आन्दोलन गर्न बाध्य हुनुपरेको उल्लेख गरिन्।
नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महरले सरकारले विद्यार्थीका माग सम्बोधन नगर्ने भएकोले वाध्य भएर आन्दोलन गर्ने चेतावनी दिए।
अनेरास्ववियु (क्रान्तिकारी)का अध्यक्ष रञ्जित तामाङले सरकारले ऐनमा दशौं संशोधन गरी पढेलेखेका विद्यार्थीलाई शिक्षकका लागि प्रतिस्पर्धी बनाउने वातावरण सिर्जना गर्नुपर्ने तर्क गरे। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।