काठमाडौं- च्याम्पियन्स लिग र युरोपा लिगसहित युरोपियन फुटबलको सर्वोच्च निकाय युइएफएद्वारा सञ्चालन हुने सबै प्रतियोगिता स्थगित भएका छन्। कोरोना भाइरसको संक्रमण फैलँदै गएकाले यस्तो निर्णय आएको हो।
च्याम्पियन्स लिगमा आउँदो मंगबलार राति म्यानचेस्टर सिटी र रियल मड्रिड, युभेन्टस र लायोन साथै बुधबार राति बार्सिलोना र नापोली साथै बायर्न म्युनिख र चेल्सीबीच खेल हुने तय थियो। यी खेल कहिले हुने भन्ने अहिले यकिन छैन।
यस्तै गरी युरोपा लिगका खेलहरु पनि हालका लागि स्थगित गरिएको युइएफले जनाएको छ। साथै युइएफए युथ लिगका खेल पनि स्थगित भएका छन्।
स्थगित भएका खेलहरु कहिले गर्ने भन्ने निर्णय कोरोना भाइरसका कारण आउने अवस्थापछि निक्योल गरिने बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।