काठमाडौं- इंग्लिस क्लब आर्सनलका प्रशिक्षक मिकेल अर्टेटामा कोरोना भाइरसको संक्रमण देखिएको छ। खेलाडी र प्रशिक्षकलगायत सबै कर्मचारी क्वारेन्टाइनमा बसेका छन्। त्यसैले शनिबार हुने आर्सनल र ब्राइटनसँगको खेल स्थगित भएको छ।
‘असाध्यै दुःखदायी अवस्था भयो। कमजोर महसुस भएपछि मैले स्वास्थ्य जाँच गर्न गएको थिएँ। अब जतिसक्दो छिटो काममा फर्कने गरी हेरचाह गर्नेछु’ उनले भने।
कोरोना संक्रमणका कारण विश्व खेलकुदका गतिविधिहरुमा निकै असर परिरहेको छ। मंगलबार राति हुने च्याम्पियन्स लिग अन्तर्गत रियल मड्रिड र म्यानचेस्टर सिटीको खेल पनि स्थगित भएको छ। यस्तै युभेन्टस र लायोनबीचको खेल पनि स्थगित भएको छ। दुवैका लागि नयाँ मिति तय हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।