काठमाडौं- स्पेनिस ला लिगाका खेल कोरोना भाइरसको संक्रमणबाट सुरक्षा अपनाउन स्थगित गरिएको छ। कति खेल स्थगित हुने र बाँकी खेल कहिले हुने भन्ने यकिन नभए पनि कम्तिमा दुई हप्ताका खेलहरु स्थगित गरिएको बताइएको छ।
यस्तै रियल मड्रिडको बास्केटबल टिमका खेलाडीमा कोरोना भाइरसको संक्रमण भेटिएपछि फुटबल टिमका पनि सबै खेलाडीलाई क्वारेन्टाइनमा राखिएको छ। बास्केटल र फुटबलका खेलाडीहरुको कतिपय अभ्यासका गतिविधि एकै ठाउँमा भएकाले सबैलाई क्वारेन्टाइनमा राखिएको बताइएको छ।
आउँदो मंगलबार राति रियल मड्रिडको म्यानचेस्टर सिटीसँग च्याम्पियन्स लिग खेल हुने तालिका रहेको छ।
विश्व खेलकुदमा कोरोनाको असर बढ्दै गएको छ। बन्द रंगशालामा खेल गर्नेदेखि खेलहरु स्थगित गर्ने निर्णयहरु भइरहेका छन्। कतिपय खेलाडीमा नै पनि कोरोना संक्रमण देखिएको छ। बुधबार मात्रै युभेन्टसका डिफेन्डर डेनियल रुगानीमा कोरोना संक्रमण देखिएको थियो। युभेन्टसका खेलाडीहरु पनि ‘सेल्फ क्वारेन्टाइन’मा बसिरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।