काठमाडौं– विश्वको विभिन्न देशबाट नेपालमा उडान गर्दै आएका एयरलाइन्स कम्पनीहरुले पार्किङ, ग्राउन्ड ह्यान्डलिङलगायतमा तिर्दै आएको रकम छुट गर्न माग गरेका छन्। एयरलाइन्स कम्पनीका कन्ट्री म्यानेजरहरूले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईलाई भेटर विमानस्थलले लिँदै आएको सेवा शूल्कमा छुट तथा केही कम गर्नु पर्ने माग राखेका हुन्। एयरलान्स कम्पनीका कन्ट्री म्यानेजरले बुधबार मन्त्री भट्टराईलाई भटेका थिए।
कोरोना भाइरसको संक्रमणको जोखिम बढ्दै गएकाले यात्रुको संख्या घटेको भन्दै उनीहरुले छुट मागेका हुन्। उनीहरुले छुट तथा रकममा कम नै भएको अवस्थामा उडान समेत गर्न नसक्ने र एयरलाइन्स नै बन्द हुने अवस्था आउने बताएका थिए।
उनीहरुलाई केही दिनै यस विषयमा अध्ययन गरेर नेपालले गर्ने सक्ने सहयोगबारे निर्णय गर्ने प्रतिबद्धता गरेको छलफलमा सहभागी मन्त्रालयका एक सहसचिवले जानकारी दिए।
अहिले नेपालमा २९ वटा एयरलाइन्स कम्पनीले उडान भरिरहेको अवस्थामा ६ कम्पनीले उडान बन्द गरिसकेका छन्।
यसबाहेक पनि हिमालयले चीन र कतारको उडान बन्द गरिसकेको छ भने नेपाल एयरलाइन्सले पनि कतार उडान बन्द गरिसकेको छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।