samsung samsung
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, चैत ६, २०८२ Fri, Mar 20, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फुटबल

च्याम्पियन्स लिगमा केही तथ्य केही सम्भावना : को पुग्लान् क्वाटरफाइनलमा? 

64x64
नेपाल लाइभ बुधबार, फागुन २८, २०७६  १७:३२
1140x725

काठमाडौं- च्याम्पियन्स लिग अन्तिम १६ को दोस्रो लेग अन्तर्गत बुधबार राति पौने २ बजे इंग्लिस क्लब लिभरपुल र एथ्लेटिको मड्रिड साथै फ्रेन्च क्लब पिएसजी र जर्मन क्लब बोरुसिया डर्टमुन्टबीच खेल हुँदैछ। 

कोरोना भाइरस संक्रमणको डर बढ्दै गएकाले पिएसजी र बोरुसिया डर्टमुन्डबीचको खेल हुने ४८ हजार दर्शक क्षमताको पिएसजीको घरेलु मैदान बुधबार राति खाली हुनेछ। लिभरपुल र एथ्लेटिको मड्रिडबीच खेल हुने लिभरपुलको मैदानमा भने दर्शकसहित खेल हुनेछ। 

मंगलबार राति इंग्लिस क्लब टोटनह्यामलाई पराजित गर्दै जर्मन क्लब लिपजिग र स्पेनिस क्बल भ्यालेन्सियालाई पराजित गर्दै इटालियन क्लब एटलान्टा क्वाटरफाइनलमा पुगिसकेका छन्। 

अन्तिम १६ को दोस्रो लेग अन्तर्गत अर्को हप्ता चार खेल हुनेछन्। जसमा इंग्लिस क्लब म्यानचेस्टर सिटी र स्पेनिस क्लब रियल मड्रिड (पहिलो लेग २-१), इटालियन क्लब युभेन्टस र फ्रेन्च क्लब लायोन (पहिलो लेग ०-१), स्पेनिस क्लब बार्सिलोना र इटालियन क्लब नापोली (पहिलो लेग १-१) साथै जर्मन क्लब बायर्न म्युनिख र इंग्लिस क्लब चेल्सी (पहिलो लेग ३-०) खेल्नेछन्। 

लिभरपुल भर्सेस एथ्लेटिको मड्रिड (पहिलो लेग ०-१)
लिभरपुलले घरेलु मैदान एनफिल्डमा यसअघि युरोपियन प्रतिस्पर्धाको दुई खेलमा एथ्लेटिको मड्रिडसँग हारेको छैन। जसमा २००८-०९ को च्याम्पियन्स लिग समूह चरणको खेलमा १-१ को बराबरी गरेको थियो भने २००९-१० को युरोपा लिग सेमिफाइनलमा २-१ ले दोस्रो लेग जितेको थियो। 

एथ्लेटिको मड्रिड भने युरोपियन प्रतिस्पर्धामा इंग्लिस क्लबसँग २००९-१० को युरोपा लिग सेमिफाइनलमा लिभरपुलसँग हारेपछि नै अपराजित छ। एथ्लेटिको मड्रिडले इंग्लिस क्लबविरुद्ध इंग्ल्याण्डमा खेलेका पछिल्लो १३ खेलमा दुई जित, सात बराबरी र चार खेल हारेको छ। 

लिभरपुलका कप्तान जोर्डन हेन्डर्सन एथ्लेटिको मड्रिडविरुद्धको खेलका लागि ‘फिट’ देखिएका छन्। पहिलो लेगमा लिभरपुल एथ्लेटिको मड्रिडसँग १-० ले हार्दा हेन्डर्सन घाइते भएकाले मैदानबाहिर थिए। तर घाइते रहेका गोलकिपर एलिसन भने एथ्लेटिको मड्रिडविरुद्धको खेलमा हुने छैनन्। 

लिभरपुल प्रशिक्षक योर्गेन क्लोपले च्याम्पियन्स लिगमा घरेलु मैदानको खेल अहिलेसम्म हारेका छैनन्। 

Ncell 2
Ncell 2

के भन्छन् प्रशिक्षक?
योर्गेन क्लोप (लिभरपुल) - अहिलेको अवस्था मध्यान्तरको हो। हामी अरु खेलमा मध्यान्तरलाई निकै राम्रोसँग उपयोग गर्छौं। हामीले पहिलो लेगबाट निकै कुराहरु सिकेका छौँ, केही अवसरहरु देखेका छौँ र अब हामीले अझ सुधार गर्ने नै छौँ। धेरै कुराहरु पहिलेभन्दा अहिले निकै स्पष्ट भएका छन्। हामी अगाडि बढ्न चाहन्छौँ र सक्छौँ भन्ने देखाउनु छ। तर एथ्लेटिको मड्रिविरुद्ध सजिलो भने छैन। 

डिएगो सिमोन (एथ्लेटिको मड्रिड) - तपाईंहरुले पछिल्लो आठ वर्षमा हामीले के गर्न सक्छौँ भन्ने देख्नुभएको छ। लिभरपुलविरुद्ध कुनै अवस्थामा हामीलाई अप्ठ्यारो पर्ला तर हामीले आफूले पाएको अवसरहरुमा पनि राम्रो गर्नैपर्छ। योर्गेन क्लोप आएदेखि लिभरपुलको क्षमता बढेको सबैले देखेका छौँ। म प्रशिक्षकका रुपमा र खेलाडीका रुपमा पनि अहिलेसम्म एनफिल्ड पुगेको छैन, त्यहाँ नयाँ इतिहास बन्ने आश छ। 

सम्भावित सुरुवाती ११
लिभरपुल - एड्रियन, एलेक्जेण्डर आर्नोल्ड, गोमेज, भ्यान डाइक, रोबर्टसन, हेन्डरसन, फाबिन्हो, विजनाल्डम, सलाह, फर्मिनो र माने। 

एथ्लेटिको मड्रिड - ओब्लाक, ट्रिपियर, सेभिच, फिलिपे, रेनान लोडी, साउल निग्वेज, पार्टे, कोके, भिटोलो, योआओ फेलिक्स र कोरेरा। 

पिएसजी भर्सेस बोरुसिया डर्टमुन्ट (पहिलो लेग १-२)
पिएसजीमा रहेको ४८ हजार दर्शक क्षमताको मैदान बुधबार रातिको खेलमा खाली हुनेछ। कोरोना भाइरस संक्रमणको डर बढ्दै जाँदा दर्शकबिनाको खेल गर्न लागिएको हो। खाली रंगशालामा दर्शकबिना खेल्नुपर्दा अनौठो अवस्था सिर्जना हुने पिएसजीका प्रशिक्षक थोमस टचेलले बताएका छन्। 

पिएसजीले युरोपियन प्रतिस्पर्धामा बोरुसिया डर्टमुन्डलाई अहिलेसम्म हराएको छैन। दुई खेल बराबरी खेलेको छ भने एक खेल हारेको छ। यसअघि २०१० को युरोपा लिगमा पिएसजीको मैदानमा भेट हुँदा गोलरहित बराबरीमा खेल सकिएको थियो। 

फ्रेन्च क्लबसँग च्याम्पियन्स लिगमा यसअघिका ६ अवे खेलमा बोरुसिया डर्टमुन्डले तीन खेल जितेको छ भने तीन खेल हारेको छ। 

यस्तै च्याम्पियन्स लिग नकआउट चरणमा पहिलो लेग हारेपछि पिएसजी अहिलेसम्म अगाडि बढ्न सकेको छैन। तर बोरुसिया डर्टमुन्ड भने च्याम्पियन्स लिग नकआउट चरणमा पहिलो लेग जितेपछि हरेक पटक अर्को चरणमा पुगेको छ। 

के भन्छन् प्रशिक्षक? 
थोमस टचेल (पिएसजी) - हामीले १-० ले खेल जिते पनि पर्याप्त हुनेछ। तर हामी १-० ले जितेर अघि बढ्ने जस्तो टिम होइनौँ भन्ने मलाई लाग्छ। हामीहरु पोस्टमा आक्रमणमा बढेर नै खेल्नेछौँ र सक्दो गोल गर्नेछौँ। अन्तिमसम्म खेल हुँदा हामीले १-० ले जित्न सक्यौँ भने पनि म खुसी नै हुनेछु। तर हामी त्योभन्दा राम्रो गर्ने प्रयासमा हुनेछौँ। पहिलो लेगमा भन्दा अहिले हाम्रो अवस्था अलि राम्रो पनि छ। 

लुसियन फाभ्रे (बोरुसिया डर्टमुन्ड) - हाम्रा लागि हरेक कुराको सम्भावना उत्तिकै छ, र मलाई लाग्छ हामी पेरिसमा पनि जित निकाल्न सक्नेछौँ। हामीले पहिलो लेग अझ ठूलो अन्तरमा जित्न सक्थ्यौँ जस्तो लाग्छ। अब पनि हाम्रो ‘टेक्निकल’ शैली र खेलमा जितको चाहना भएका खेलाडीका कारण राम्रो गर्नेछौँ। हामीले पछिल्लो खेलहरुमा निकै राम्रो गरिरहेका छौँ। बलमा नियन्त्रण बनाएर विपक्षीको पोस्टमा बढ्न सक्ने हाम्रो शैली राम्रो छ। 

सम्भावित सुरुवाती ११
पिएसजी - नाभास, केहर, थियागो सिल्भा, किमपेम्बे, डि मारिया, माक्र्विनस, गुवे, नेमार, काभानी र एम्बाप्पे। 

बोरुसिया डर्टमुन्ड - ब्रुकी, जागाडु, हमेल्स, पिस्चेक, हाकिमी, कान, विस्सेल, ग्युरेरियो, सान्चो, हल्यान्ड र ब्रान्ड्ट। 

प्रकाशित मिति: बुधबार, फागुन २८, २०७६  १७:३२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
शनिवार सरकारले दियो ईदको सार्वजनिक बिदा
गगनको राजीनामा अस्वीकृत गर्ने प्रस्ताव पेश
कांग्रेसको निष्कर्ष :  विपक्षीको ‘भावनात्मक नारा’ चिर्न नसक्नु हारको कारण
सम्बन्धित सामग्री
नेपालले हङकङसँग मैत्रीपूर्ण खेल खेल्ने नेपालले पछिल्लो पटक सन् २०२५ मा हंङकङसँग मैत्रीपूर्ण खेल खेलेको थियो । त्यसअघि नेपाल र हङकङ ३७ वर्ष अगाडि एएफसी एसिया कप छनोटमा भिडे... बुधबार, फागुन १३, २०८२
साफ यु-१९ च्याम्पियनसिपमा नेपालले भुटानलाई हरायो पोखरा रंगशालामा आज भएको दोस्रो खेलमा नेपालले भुटानलाई २-१ गोलले हराएको हो । सोमबार, माघ १९, २०८२
साफ महिला च्याम्पियनसिप : आज नेपालले भुटानसँग भिड्दै पहिलो खेल बंगलादेश र भारतकाबीच मध्यान्ह १२ बजे सञ्चालन हुनेछ । सोमबार, माघ १९, २०८२
ताजा समाचारसबै
शनिवार सरकारले दियो ईदको सार्वजनिक बिदा शुक्रबार, चैत ६, २०८२
गगनको राजीनामा अस्वीकृत गर्ने प्रस्ताव पेश शुक्रबार, चैत ६, २०८२
कांग्रेसको निष्कर्ष :  विपक्षीको ‘भावनात्मक नारा’ चिर्न नसक्नु हारको कारण शुक्रबार, चैत ६, २०८२
कानून पेशा अहिले ठगीको पेशा भइसक्यो : वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी शुक्रबार, चैत ६, २०८२
स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ शुक्रबार, चैत ६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
शुक्रबार भारी वर्षा र हावाहुरीको सम्भावना, सचेत रहन मौसम विभागको आग्रह बिहीबार, चैत ५, २०८२
बालेनले प्रधानमन्त्रीको शपथ १३ गते लिने बिहीबार, चैत ५, २०८२
सुनको मूल्य ७ हजार ८ सयले घट्यो शुक्रबार, चैत ६, २०८२
कांग्रेस सभापति गगन थापाले दिए राजीनामा बिहीबार, चैत ५, २०८२
अर्थमन्त्री खनाल मन्त्रालयका काममा सहभागी नहुने शुक्रबार, चैत ६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
रवि लामिछानेको अभिव्यक्तिप्रति बाबुराम भट्टराईको टिप्पणी- फलेको हाँगो निहुरिन्छ भन्ने झल्कियो बुधबार, चैत ४, २०८२
सर्वोच्च अदालतका न्यायाधीश पोखरेलविरुद्ध न्याय परिषदमा उजुरी सोमबार, चैत २, २०८२
यी हुन् एमालेले टुंग्याएका १६ जना समानुपातिक सांसद (सूचीसहित) शनिबार, फागुन ३०, २०८२
रवि लामिछानेको अभियोग पत्र संशोधन सम्बन्धी मुद्दामा बहस सकियो, न्यायाधीशहरू आदेश तयार पार्न छलफलमा मंगलबार, चैत ३, २०८२
धनुषा–१ का रास्वपा उम्मेदवार किशोरी साहको रिटमा सुनुवाइ सकियो शुक्रबार, फागुन २९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्