काठमाडौं– नेपालमा राजनीतिक ऐतिहासिक राजनीतिक परिवर्तनपछि बलियो सरकार बनेको र निर्धक्क भएर लगानी गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय व्यवसायीलाई आग्रह गरेका छन्। भारत भ्रमणको पहिलो दिन ताज होटलमा आयोजित व्यवसायीसँगको अन्र्तक्रिया कार्यक्रममा बोल्दै ओलीले सरकारले देशमा कानुनी शासन बलियो भएको र बिदेशी लगानीलाई प्रोत्साहन गर्ने नीति भएको भन्दै लगानीको लागि आग्रह गरेका हुन्।
‘हामीलाई हरेक क्षेत्रमा ठुलो लगानी चाहिएको छ,’ उनले भने,‘लागनीका लागि नेपाल भर्जिन ल्याण्ड मानिन्छ। हरेक क्षेत्रको लगानी उच्च मुनाफायुक्त छ। लगानीमा कुनै प्रतिस्पर्धा छैन।’
व्यापारका लागि विश्वभरी पुगेका भारतीय व्यवसायीहरु अब छिमेकी मुलुक नेपालमा आउने बेला भएको उनले बताए। निकटता, सांस्कृतिक समानताका कारण पनि नेपालमा भारतीय व्यवसायीहरुलाई हसज हुने उनको भनाई थियो।
कार्यक्रममा लगानी बोर्डका सिईओ महाप्रसाद अधिकारीले नेपालको व्यापारीक अवस्थाबारे प्रस्तुती दिएका थिए। त्यसमा भारतीय व्यापारीहरुले विभिन्न जिज्ञासा राखेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।