विराटनगर– बिहे गर्ने आश्वासनमा एक महिलालाई यौन शोषण गरी गर्भवती भएपछि हत्या गर्न खोज्ने युवक पक्राउ परेका छन्।
सुनसरीको बराह नगरपालिका ७ का २३ वर्षीय अजय झालाई प्रहरीले पक्राउ गरेको हो।
उनले एक ३० वर्षीया महिलालाई फागुन २६ गते भाउन्नेको जंगलमा लगेर हत्या प्रयास गरेको प्रहरीले जनाएको छ। महिला ७ महिने गर्भवती भएपछि उनले जंगलमा लगेर घाँटी थिची हत्या प्रयास गरेका हुन्। हत्या प्रयासको क्रममा अन्य व्यक्तिहरु देखेपछि उनी भागेका थिए।
घटनापछि भागेका उनलाई विराटनगर १३ कोशी प्रजेक्टको एरियामा लुकिछिपी बसेको अवस्थामा उनलाई पक्राउ गरेर ज्यान मार्ने उद्योग, जबरजस्ती करणी र गर्भपतन मुद्धा चलाउन शुक्रबार नै म्याद थप गरेर अनुसन्धान अघि बढाइएको मोरङ प्रहरी प्रमुख एसपी अरुणकुमार बिसीले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।