काठमाडौं- सहिद स्मारक बी डिभिजन लिग फुटबलमा कोरोनाको कारण खेलाडीले हात नमिलाइ नमस्ते गरेका छन्।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मध्यपुर युथ एशोसिएसन र ब्वाइज युनियनका खेलाडीले हात नमिलाई नमस्ते गरेका छन्। विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसबाट बच्नका लागि खेलाडीले हात नमिलाई नमस्ते गरेका हुन्।
फुटबल खेल सुरु हुनुअघि दुई टिमका खेलाडी तथा रेफ्रिबीच हात मिलाउने परम्परा छ। तर कोरोनाबाट बच्न गरिएको नमस्ते फुटबलका लागि नौलो भएको छ।
खेल गोलरहित बराबरीमा सकिएपछि मध्यपुर र ब्वाइज युनियनले समान १–१ अंक बाँडेका छन्।
चीनबाट सुरु भएको कोरोना भाइरस ९० भन्दा बढी देशमा फैलिएको छ। नेपाल सरकारले पनि कोरोनाबाट बच्न हात नमिलाई नमस्ते गर्नदेखि सभा, ठूलो कार्यक्रम, तथा खेलकुद गतिविधि नगर्न आग्रह गरेको थियो। अखिल नेपाल फुटबल संघ (एन्फा) ले पनि सञ्चालनमा आउन लागेका धैरै प्रतियोगिता रोक्न निर्देशन दिएको छ। तर सञ्चालनमा आएका प्रतियोगितालाई भने निरन्तरता दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।