• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज २४, २०८३ Sat, Oct 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

बिहान र बेलुकी बढी प्रदूषण, उच्च जोखिममा काठमाडौंवासी

64x64
नेपाल लाइभ शुक्रबार, चैत २३, २०७४  १२:५०
1140x725

भीष्मराज ओझा/रासस 
काठमाडौँ-
बढ्दो सवारी साधन, इँटाभट्टा, उद्योग र फोहर बाल्दा निस्कने धुवाँले उपत्यकाको वायु प्रदूषित बन्दै गएको छ। यसका कारण काठमाडौँ उपत्यकाका बासिन्दाको स्वास्थ्यमा गम्भीर असर परिरहेको भए पनि सम्बन्धित पक्षबाट प्रभावकारी कदम चालेको देखिँदैन। 

सडक विस्तार र मेलम्ची खानेपानी आयोजनाको नयाँ पाइप बिछ्याउने कार्यबाट उत्पन्न धुलो र सवारी साधनबाट निस्कने धुवाँले यहाँको वायु निकै प्रदूषित बन्दै गएको छ। 

प्रधानमन्त्री डा बाबुराम भट्टराई सरकारका पालामा सुरु भएको बाटो विस्तार कार्य अझै पूरा भएको छैन। मेलम्ची खानेपानीअन्तर्गत उपत्यकाका सबै सडकमा नयाँ पाइप बिछ्याउने कार्य जारी छ। 

उपत्यकामा करीब ५० लाख मानिसको बसोबास रहेको अनुमान छ। 

प्रदूषणले मानिसको स्वास्थ्यमा अल्पकालीन र दीर्घकालीन असर परिरहेको वीर अस्पतालका निर्देशक डा भूपेन्द्र बस्नेत बताउँछन्। 'धुलो र धुवाँले रुघाखोकी, फेक्सोको निमोनिया, श्वासप्रश्वासको समस्या हुन्छ भने दीर्घकालीन रुपमा दम, फोक्सोको क्यान्सर, मुटुलगायतका रोग देखा पर्छ,' उनले भने।

वायु प्रदूषणले अबको १० वर्षपछि दम र मुटु रोगीको संख्या निकै बढ्ने उनको अनुमान छ। 

सवारी साधन, धुलो र इँटाभट्टा मुख्य कारण 
काठमाडौँको हानिकारक प्रदूषणको (पिएम) स्रोतमा योगदानको आधारमा सवारी साधन ३८, धुलो २५, कृषि कार्य १८ र इँटाभट्टा ११ प्रतिशत रहेको वातावरण विभागका महानिर्देशक दुर्गाप्रसाद दवाडी बताउँछन्।

वायु प्रदूषणको तात्कालिक समस्या धुलो नै हो। दीर्घकालीन र व्यवस्थापन गर्न कठिन भनेको सवारी साधनबाट निस्कने धुवाँ हो। 'उद्योग कलकारखाना, इँटाभट्टाबाट निस्कने धुवाँ र फोहरको नियमित अनुगमन एवं नियमनबाट व्यवस्थापन गर्न सकिन्छ,' उनले भने।

Ncell 2
Ncell 2
nimb
nimb

उपत्यकाका विभिन्न अस्पतालबाट बिना प्रशोधन निस्कने पानी र फोहर स्वास्थ्यका लागि खतरा रहेको उनको भनाइ छ। महानिर्देशक दवाडी वातावरण संरक्षण गर्न विभिन्न मन्त्रालयअन्तर्गतका कार्यलाई आपसी संयोजन गर्न र विद्यमान कानूनी जटिलतालाई हटाउन प्रधानमन्त्री कार्यालयअन्तर्गत संयन्त्र बनाई काम गर्दा प्रभावकारी हुने धारणा राख्छन्।

उपत्यकामा हाल ११२ इँटाभट्टा छन्। त्यसमध्ये ११० चिम्नीमा आधारित रहेको नेपाल इँटा उद्योग महासंघका अध्यक्ष महेन्द्रबहादुर चित्रकारले जानकारी दिए।

बिहान र बेलुकी बढी प्रदूषण 
वातावरण विभागले देशको समग्र वायु प्रदूषणको स्थिति जाँच र अनुगमन गरी कार्ययोजना तय गर्न देशभर वायु गुणस्तर मापन केन्द्र स्थापना गरेको छ। 

हालसम्म पुल्चोक, रत्नपार्क, कीर्तिपुर, धुलिखेल, शंखपार्क, भैँसेपाटी, भक्तपुर, सौराहा, लुम्बिनी र पोखरामा तीन गरी १२ स्टेशनको स्थापना गरिसकेको विभागका सहायक प्रवक्ता मोहनदेव जोशीले बताए।

Xtrem

Xtrem

त्यसको २४ घन्टे तथ्याँक केलाउँदा दिउँसोको समय (११ देखि ४) कम तथा बिहान र बेलुकीको समय बढी प्रदूषण देखिएको छ। वार्षिक तथ्यांक अनुसार कात्तिकदेखि माघसम्म अत्यधिक प्रदूषण हुने गरेको पाइएको छ। 

उपत्यकाको कचौरा आकारको भौगोलिक अवस्थाले बिहान, बेलुका तातो र चिसो हावा तलमाथि पर्ने समय हुने हुँदा प्रदूषण बढ्ने गरेको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का अनुसन्धान शाखा प्रमुख डा मेघनाथ धिमालले बताए।

जाडो याममा सबै इँटाभट्टा बढी चल्ने र पानी कम पर्ने भएकाले वायु प्रदूषण दोब्बर हुन्छ। अनुसन्धान प्रमुख डा धिमाल भन्छन्, 'परिषद्को अध्ययनमा उपत्यकाको वायु सरकारले तोकेको मापदण्डभन्दा तेब्बर र विश्व स्वास्थ्य संगठनले तोकेको भन्दा ८ गुणा बढी प्रदूषित पाइयो।' 

कपडाको सामान्य मास्कले धुलो धुवाँका साना कण रोक्न नसक्ने भएकाले प्रदूषणबाट बच्न गुणस्तरीय मेडिकल मास्क लगाउनुपर्ने विज्ञको सुझाव छ। 

धुलोभन्दा धुवाँ घातक 
वातावरणविद् भूषण तुलाधर स्वास्थ्यका लागि धुलोभन्दा धुवाँ बढी घातक भएको तर्क गर्छन्। दृढ इच्छा शक्ति भए धुलोको समस्या तत्काल समाधान गर्न सकिन्छ तर धुवाँको समस्या घट्ने देखिँदैन। 'धुलो क्षणिक समस्या हो र धुलोको कण धुवाँको तुलनामा ठूला हुन्छन्। तर धुवाँमा बढी हानिकारक र साना रासायनिक कण हुन्छन्,' उनले भने। 

धुवाँको प्रदूषणले क्यान्सरलगायत गर्भवती महिला र गर्भको शिशुको वृद्धिमा समेत नकारात्मक असर पार्ने वातारवणविद् तुलाधर बताउँछन्।

छोटो दूरीमा हिँड्ने, साइकल लेन बनाएर साइकल चलाउने र सुरक्षित वातावरणमैत्री सार्वजनिक यातायातको व्यवस्था गर्न सके प्रदूषणलाई धेरै नै कम गर्न सकिने उनको तर्क छ। 

महिला वातावरण संरक्षण समितिका अध्यक्ष विष्णु थकाली विद्युतीय प्रदूषण वायु प्रदूषणभन्दा बढी खतरनाक मान्छिन्। 'प्रयोगविहीन मोबाइल, कम्प्यूटर, टिभी, ब्याट्री, फ्रिजजस्ता विद्युतीय सामग्रीको व्यवस्थापन बढी चुनौतीपूर्ण देखिएको छ, विद्युतीय प्रदूषण बाल्दा निस्कने धुवाँ र रसायनले स्वास्थ्यमा दीर्घकालीन र गम्भीर असर पार्छ', अध्यक्ष थकालीले भनिन्।

धुलोको समस्या कम हुँदै जाने 
मेलम्ची आयोजना कार्यान्वयन एकाइले सन् २०१२ देखि उपत्यकामा खानेपानी वितरणका लागि नयाँ पाइप बिछ्याउन सुरु गरेको थियो। करीब ८०० किलोमिटर पाइपमध्ये अब ६७ किलोमिटरमात्रै बिछ्याउन बाँकी रहेको एकाइका प्रमुख तिरेसप्रसाद खत्रीले जानकारी दिए।

आगामी जेठसम्म बाँकी काम सम्पन्न गरिसक्ने जनाइएको छ। आयोजना प्रमुख खत्री भन्छन्, 'थप २०० किलोमिटर पाइप बिछ्याउने कार्य आगामी एक वर्षमा सम्पन्न हुन्छ, तर यो योजना भित्री गल्लीमा हुने हुँदा धेरै धुलो उड्दैन र आवागमनमा खासै अवरोध हुँदैन।' 

२०६८ मंसिरदेखि उपत्यकामा शुरु भएको सडक विस्तार कार्यबाट उत्पन्न धुलोले पनि वायु प्रदूषण बढेको हो। काठमाडौँ उपत्यका विकास प्राधिकरणका विकास आयुक्त भाइकाजी तिवारीले हालसम्म झन्डै ४३० किलोमिटर सडक विस्तार भइसकेको जानकारी दिए। 

'सरकारले आवश्यक बजेट, स्रोत र साधन उपलब्ध गराए आगामी दुई वर्षमा सम्पूर्ण सडक विस्तारको काम सक्छौँ,' उनी भन्छन्। विकास आयुक्तले यसो भने पनि सडकसँग सम्बन्धित सरकारी निकायबीच आपसी समन्वय नहुनु, सडक सीमाभित्रका घरटहरा समयमै नहट्नु, सडक विस्तारबाट पीडितहरु आन्दोलित हुनु, सर्वोच्च अदालतबाट जारी भएका अन्तरिम आदेशलगायतका कारण तोकिएकै मितिमा सडक विस्तार हुनेमा आशंका छ। 

धुवाँ घट्ने छाँट छैन 
हानिकारक प्रदूषणको प्रमुख स्रोतका रुपमा रहेका सवारी साधनको संख्या काठमाडौँमा तीव्र रुपमा बढिरहेको छ। सवारी प्रदूषण नियन्त्रण नापजाँचमा सफल हरियो स्टिकरका सवारी साधनमध्ये करीब ४७ प्रतिशत साधन प्रदूषण उत्सर्जनमा असफल भएको पाइएको छ। 

मुलुकभर कूल २८ लाख सवारी साधन रहेकामा काठमाडौँ उपत्यकामा मात्रै करीब ११ लाख सवारी साधन रहेको बताइन्छ। 

यातायात व्यवस्था विभागका महानिर्देशक रुपनारायण भट्टराईले सवारी साधनको प्रदूषण जाँच्न नयाँ प्रविधि ल्याउन लागेको बताए। 'यसले सवारी साधनको प्रदूषणको मात्रा जाँच्न सहज र छिटो हुनेछ,' उनी भन्छन्। 

यसबाहेक २० वर्ष पुराना सवारी साधनले निकाल्ने धुवाँले वायु प्रदूषणमा ठूलो हिस्सा ओगटेको छ। त्यसैले यही चैत १ गतेदेखि २० वर्ष पुराना सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। तर यसमा प्रभावकारी अनुगमन हुन नसक्दा धुवाँको मुस्लो फाल्ने सवारी साधन सडकमा खुलेआम चलिरहेका छन्। 

विश्वका ठूला शहरमा वायु प्रदूषण कम गर्न हरियाली बनाउने प्रचलन दिनानुदिन बढ्दो छ। काठमाडौँमा भने भएका रुख बिरुवा काटिएका छन्। सडकमा नयाँ वृक्षरोपण गर्ने कार्यले प्राथमिकता पाउने गरेको छैन। 

ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले भने हरियाली सडक बनाउने योजना अघि सारेको बताए। महानगरले पहिलो चरणमा आगामी वर्षायाममा सडकका दायाँबायाँ करीब १४ किलोमिटरसम्म हुर्किसकेका ठूलो बिरुवा रोप्ने योजना बनाएको छ। 

ललितपुर महानगरले अनुमानित रु ८० लाखको लागतमा ज्याकरान्डा, कपुर लगायतका बिरुवा रोप्ने तयारीका साथसाथै सडक सफा गर्ने अत्याधुनिक मेसिन र गाडी ल्याउने प्रक्रिया अघि बढाइसकेको छ।

प्रकाशित मिति: शुक्रबार, चैत २३, २०७४  १२:५०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
राजनीतिमा आफ्नो विचार, नीति र विश्वासप्रति स्पष्ट र अडिग हुनुपर्छ : शशांक कोइराला
घरायसी काममा सुरक्षाकर्मी खटाएको देखे उजुरी गर्न गृह मन्त्रालयको आग्रह
घटस्थापनाको पूर्वसन्ध्यामा सिमरियाघाटमा गङ्गास्नान गर्ने भक्तजनको घुइँचो
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
राजनीतिमा आफ्नो विचार, नीति र विश्वासप्रति स्पष्ट र अडिग हुनुपर्छ : शशांक कोइराला शनिबार, असोज २४, २०८३
घरायसी काममा सुरक्षाकर्मी खटाएको देखे उजुरी गर्न गृह मन्त्रालयको आग्रह शनिबार, असोज २४, २०८३
घटस्थापनाको पूर्वसन्ध्यामा सिमरियाघाटमा गङ्गास्नान गर्ने भक्तजनको घुइँचो शनिबार, असोज २४, २०८३
परराष्ट्रमन्त्री खनालको फिजी, टुभालु र अस्ट्रेलिया भ्रमणको उपलब्धी के ? शनिबार, असोज २४, २०८३
बाढी प्रभावित क्षेत्रमा मानसिक स्वास्थ्य संकट चुलिँदो, तत्काल मनोसामाजिक सहयोग पुर्याउन सरोकारवालाको जोड शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्