काठमाडौं– गायक राजेश पायल राई चढेको गाडि दुर्घटनामा परेको छ। बुटवलबाट गुल्मी जाँदै गरेको गाडि गुल्मीको दुवीचौरमा दुर्घटनामा परेको छ। दुर्घटनामा परेका गायक राईको अवस्था सामान्य रहेको गुल्मीका एसपी अनुराग द्विवेदीले बताए।
उनका अनुसार गायक राई सवार बा १२ च ४४४२ नम्बरको कार र लु २ प ३१३३ नम्बरको ट्याक्सी ठोक्किएको थियो। दुर्घटनामा सात जना घाइते भएका छन्। ट्याक्सीमा सवार एक जना गम्भीर घाइते रहेको प्रहरीले जनाएको छ।
गायक राई चढेको कारको अगाडिको भागमा मात्र क्षती पुगेको छ। सो कारमा सवार व्यक्तिहरु सामान्य मात्र घाइते भएका थिए। ट्याक्सीमा सवारहरुलाई चोट लागेको छ। गायक राईका चालकलाई प्रहरीले पक्राउ गरेको हो।
गुल्मी महोत्सवमा भाग लिन राई त्यता गएका थिए। घाइतेहरुको जिल्ला अस्पतालमा उपचार भइरहेको एसपी द्विवेदीले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।