नयाँ दिल्ली- नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय राष्ट्रिय कांग्रेसका अध्यक्ष राहुल गान्धी नेतृत्वको प्रतिनिधिमण्डलबीच आज अपराह्न शिष्टाचार भेट भएको छ।
सो अवसरमा नेपाल–भारत सम्बन्धका विविध पक्षका साथै पारस्परिक हित र चासोका विविध विषयमा छलफल भएको यहाँस्थित नेपाली राजदूतावासले जनाएको छ। भेटमा भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंह लगायत भारतीय राष्ट्रिय कांग्रेसका अन्य शीर्ष नेताको सहभागिता थियो।
सो अवसरमा प्रधानमन्त्री ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सचिव शंकरदास वैरागी लगायत सहभागी थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।