काठमाडौं- यस साता नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बढे पनि कारोबार रकममा गिरावट आएको छ।
साताभरि नेप्से परिसूचकमा ५४ दशमलब १५ अंकको वृद्धि भई १ हजार २ सय ५० दशमलब ३९ अंकमा आइपुगेको छ। यता, अघिल्लो साताको तुलनामा यो साता कारोबार रकममा १० दशलमब १७ प्रतिशतको गिरावट आएको छ। यो साता नेप्सेमा १ सय ८१ कम्पनीको कारोबार भएको छ। जसअनुसार २७ हजार ६ सय ३३ कारोबारबाट १ अर्ब ६९ करोड ७७ लाख ९२ हजार रुपैयाँ बराबरको ५४ लाख ५० हजार २ सय ६० कित्ता सेयर खरिद बिक्री भएका छन्।
गत साता १ सय ८० कम्पनीको कारोबार भएको थियो। जस अनुसार २७ हजार ५ सय २२ कारोबारबाट १ अर्ब ८८ करोड ९९ लाख ७९ हजार रुपैयाँ बराबरका ५८ लाख ९५ हजार ३० कित्ता सेयर खरिद बिक्री भएका थिए।
यता, ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा ११ दशमलब २ अंकले बढेर २ सय ६६ दशमलब ८९ अंकमा आइपुगेको छ।
यो साता कारोबार रकमको आधारमा नबिल बैंक अग्र स्थानमा छ। बैंकको ७ करोड ६७ लाख ३० हजार रुपैयाँको सेयर कारोबार भएको छ। त्यसैगरी, कारोबार भएको सेयर संख्याका आधारमा जनता बैंक नेपाल अग्रस्थानमा छ। बैंकको १ लाख ५० हजार कित्ता सेयर कारोबार भएको छ।
यस साता निम्न कम्पनीको शेयर सूचीकृत भएको छः

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।