काठमाडौं- सहिद स्मारक बि डिभिजन लिग फुटबलमा टुसाल युथ क्लबले झम्सिखेल युथ क्लबलाई फराकिलो गोलअन्तरले पराजित गरेको छ।
बिहीबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा टुसालले झम्सिखेललाई ५–० गोलअन्तरले पराजित गरेको हो। टुसालको जितमा मोहित गुरुङ र एलोन राईले समान २–२ गोल गाेल गर्दा एक गोल भने भुपेन्द्र शाही थपे।
पहिलो हाफसम्म गोलरहित बराबरी खेलेको सम्सिखेलले दोस्रो हाफमा खराब प्रदर्शन गर्दा पाँच गोल खान पुग्यो। खेलको ४७औं मिनेटमा मोहितले गोल गर्दै टुसाललाई अग्रता दिलाएका थिए। खेलको ७५औं मिनेटमा भुपेन्द्र र ७९औं मिनेटमा एलोनले गोल गर्दै टुसाललाई ३–० गोलको अग्रता दिलाए।
खेलको ८५औं मिनेटमा मोहितले व्यक्तिगत दोस्रो गोल गर्दा टुसाल ४–० गोलअन्तरले अघि रह्यो। अन्तिम समयमा एलोनले व्यक्तिगत दोस्रो गोल गर्दै टुसालाई ५–० गोलको फराकिलो जित दिलाए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।