• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
शनिबार, वैशाख २७, २०८२ Sat, May 10, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता
ओपनिङ ब्याट्सम्यान आकाशबाट झर्दैनन्, खेलाएरै बनाउनुपर्छ : बिनोद दास ‘क्रिकेटमा समस्याको पहिचान गरौँ’ 
सरोज तामाङ/ऋग्वेद शर्मा बुधबार, फागुन २१, २०७६  ११:३३
1140x725

काठमाडौं- अघिल्लो पुस्ताका क्रिकेटर बिनोद दास अहिलेसम्म क्रिकेटकै वरिपरि छन्। नेपाली क्रिकेटलाई नजिकबाट नियालिरहेका छन्। नेपालले खेल्ने हरेक खेलमा उनको विशेष ध्यान हुन्छ। त्यसैले उनले सफलताहरु पनि बुझेका छन् र कमजोरीहरु नियालेका छन्। 

सन् २००० मा यु १९ विश्वकपमा कप्तानी गरेर नेपाललाई प्लेट च्याम्पियन बनाएका दासले त्यही वर्ष एसिसी ट्रफीमा युएईविरुद्ध खेलेर नेपाली राष्ट्रिय टिममा डेब्यू गरेका थिए। झण्डै चार वर्ष नेपाली टिमको कप्तान रहेका दासले २०१४ मा क्रिकेटबाट सन्यास लिए। खेलबाट सन्यास लिए पनि उनले क्रिकेट छाडेका भने छैनन्। अझै केही गर्नुपर्छ भनेर लागिपरिरहेका छन्।

विभिन्न घरेलु प्रतियोगितामा फरक भूमिकामा देखिएका दासले नेपाली यु१९ टिम हुँदै राष्ट्रिय महिला टिममा प्रशिक्षकका रुपमा पनि काम गरिसकेका छन्। सन् २०१५ मा डिभिजन टू को समय उनी नेपाली राष्ट्रिय टिमको सहायक प्रशिक्षक पनि थिए। 

अहिले चैत १ गतेदेखि सुरु हुने एभरेस्ट प्रिमियर लिग (इपिएल) मा पनि उनी काठमाडौं किंग्स इलाभेन टिममा ‘डाइरेक्टर अफ क्रिकेट’ का रुपमा काम गरिरहेका छन्। दाससँग नेपाली क्रिकेटका समग्र विषयमा केन्द्रित रहेर नेपाल लाइभका ऋग्वेद शर्मा र सरोज तामाङले कुराकानी गरेका छन्। 

हिजोआज निकै ब्यस्त हुनुहुन्छ हो?
खासै त्यस्तो ब्यस्त त छैन। त्यहि एभरेष्ट प्रिमियर लिग (इपिएल) १०-१२ दिनपछि सुरु हुँदैछ। क्लबको प्रि टुर्नामेन्ट क्याम्पहरु त्यहि कुरामा अलिअलि ब्यस्त छु। अब अगाडि दिनको योजनामा पनि अलिअलि ब्यस्त नै छु।

इपिएलमा कुन भूमिकामा हुनुहुन्छ?
काठमाडौं किंग्स इलाभेन टिममा डाइरेक्टर अफ क्रिकेट भएर काम गरिरहेको छु। समग्रमा भन्नु पर्दा काठमाडौं किंग्सको फ्रेन्चाइज क्रिकेट सम्बन्धि जति पनि कुराहरु छ त्यसलाई हेर्दैछु। निर्णायक भूमिकामा रहेर नै काम गरिरहेको छु।

हाम्रो टिमको संरचना कस्तो हुन्छ? टिमले यो प्रतियोगितामा कस्तो प्रदर्शन गर्छ? समग्र पक्षलाई हेरिरहेको छु। खेलतर्फ भन्दा पनि यो पटक नेतृत्वदायी भूमिकामा रहेर काम गरिरहेको छु।

यसपटक इपिएलमा विदेशी खेलाडीसँग चाहिँ कसरी जोडि रहेका छौँ? पहिलेको भन्दा स्टार खेलाडीहरु अनुबन्धित भइरहेका छन्।
इपिएललाई अझ ठूलो बनाउने, अलिक बृहत बनाउने भन्ने आयोजकको योजना हो। यो कुरामा सबै टिम मालिकहरु सकारात्मक हुनुहुन्छ। हरेक वर्ष लिगले आकार लिनु पर्छ भन्ने नै टिम मालिकहरुको पनि कुरा थियो। त्यसलाई हेरेर चाहिँ यो पटक हामीले इपिएल खेल्न आउने खेलाडी राम्रा ल्याउँ भन्ने सोचेका हौँ। यो होइन कि पहिले आएका विदेशी खेलाडी राम्रा थिएनन्। उनीहरु पनि राम्रा थिए। तर नाम नचलेका खेलाडी आए भने लिगले त्यो स्तरको प्रचार प्रसार नपाउने अवस्था भएको हुँदा यो पटक हामीलाई आइकोनिक खेलाडी भन्ने अवधारणा आयो।

Ncell 2
Ncell 2

जसमा टेस्ट राष्ट्रबाट एक जना आइकोनिक खेलाडी आउने भए। एउटा खेलाडी त्यो स्तरको आउने भएपछि हामीले किन अरु खेलाडी नल्याउने भनेर अघि बढ्यौं र सफल पनि भयौँ। अहिले हामीले जति पनि खेलाडी ल्याएका छौं त्यो टेष्ट राष्ट्रबाट छन् कि त एशोसिएट राष्ट्रका उत्कृष्ट खेलाडी छन्। यो पटक इपिएलको स्तर बढ्छ।

त्यो सँगसँगै विकेटमा पनि उहाँहरुले मेहेनत गरिरहुन भएको छ। हामीले देखिरहेका छौं कि हाम्रो कीर्तिपुरको विकेटमा स्पिनरलाई फाइदा पुग्ने छ। विकेटलाई स्तरीय बनाउन आयोजक लागिरहेको छ। हामी देख्छौँ नि आइपिएलमा १८०, २०० रन लक्ष्य भेटाइ रहेका हुन्छन्। हामीले आशा चाहिँ त्यहि गरिरहेका छौँ।

२०१० मा आइसिसी विश्व क्रिकेट लिग डिभिजन फोरमा इटालीविरुद्ध विकेट लिएपछि साथीहरुसँग सेलिब्रेसन गर्दै बिनोद दास।

देशमा इपिएल, डिपिएल, पिपिएल लगायतका टी २० क्रिकेट प्रतियोगिता भइरहेका छन्। तर नेपाली खेलाडीले लिगबाट फाइदा लिनुपर्ने जति लिन नसकेको हो?
प्रदर्शन भन्ने कुरा कस्तो हुन्छ भने यकिन नै हुँदैन। तर त्यसको दोष लिगहरुलाई लगाउन मिल्दैन। खेलाडीले फरक फरक तीन वटा स्थानमा डिपिएल, पिपिएल, इपिएल खेल्न पाइराख्नु नै हाम्रो तयारीको बाटो हो। तयारीका लागि अरु कुन प्रतियोगिता खेल्नु हुन्छ? छैन नि त। त्यो स्तर बनाउन सकेको छैन। पिपिएलमा विकेट अलिकति राम्रो हुन्छ। काठमाडौं बाहिर गएर डिपिएलमा फरक विकेटमा खेल्नु हुन्छ। इपिएलमा अन्तर्राष्ट्रिय राम्रा खेलाडीसँग खेल्नु हुन्छ। सबैको फरक फरक चुनौती छ।

तयारी भनेको नै त्यहि हो, फरक अवस्थामा फरक टिमसँग खेल्न योग्य बनाउनु। मलाई लाग्दैन कि त्यो तयारीमा केही समस्या हो। समस्या कस्तो हो भने हेर्नुहोस्, अरुअरु टिम पनि आफ्नो देशको क्रिकेट राम्रो गर्न लागि रहेका छन्। तपाईं मलेसिया या सिंगापुरको, अथवा हङकङकै उदाहरण लिनुहोस्। हङकङले एक वर्ष एकदमै नराम्रो गर्यो तर विस्तारै सुधार गर्दै गइरहेको छ।

shivam cement

shivam cement

उमेश पटवाल आउनु भएको करिब एक वर्षमा धेरै परिक्षण गर्नु भयो। परिक्षणको मतलब नै सफल हुनु र असफल हुनु दुबै हुने सम्भावना हुन्छ। त्यसैले त परिक्षण भनिन्छ। उहाँले गरेको केही परिक्षण सफल भयो होला। कति भएन होला। तर कस्तो भने त्यस परिक्षणलाई कति समयसम्म गर्नहुन्छ भनेर सोच्नुपर्छ।

अहिले एसिसी टी २० पूर्वी क्षेत्रीय छनोट प्रतियोगितामा भएको दुई हारले पनि नेपालले गर्नुपर्ने जस्तो नगरेको देखिन्छ कि, 
हार हो, क्रिकेटको नजरमा हेर्ने हो भने म एकदमै निराश चाहिँ छैन। हो नेपालले हारिरहेको छ। त्यसको दोष अहिले त खेलाडीलाई नै जान्छ। त्यसको सँगसँगै हामी जस्ता व्यक्तिहरु जो क्रिकेटको व्यवस्थापनमा रहेका छन् उनीहरुलाई जान्छ। जो कि हामीले खेलाडीलाई त्यो स्तरको तयारी गराउन सकेनौँ। यदि हामीलाई अभ्यास खेल चाहिएको थियो भने गर्नु पर्ने हो। अथवा हामी भन्दा राम्रो टिमसँग अभ्यास गराउनु थियो भने गर्नु पर्ने हो। किन नगरेको हो मलाई थाहा छैन।

यो बाट बाहिर निस्किने बाटो चाहिँ खोज्नु पर्छ। हामीसँग यो नै पहिलो पटक भएको होइन। यसअघि सिंगापुरको टुरमा पनि यस्तो भइसकेको छ। मलेसियाको घरेलु क्रिकेटमा हेर्नु भयो भने उनीहरु अन्य देशमा गएर खेल्ने योजना बनाइरहेको छ। अस्ति नेपालमा आएर एमएम कप खेलेर गयो। जबकी उनीहरु आफ्नो खर्चमा आएर खेलेर गए। उनीहरुलाई यहाँ आएर खेल्न आवश्यक नै थिएन। उनीहरुले म्याच एक्सपोजर मात्रै खोजिरहेका छन्।

सिंगापुरको क्रिकेटलाई नै हेर्नु हुन्छ भने पनि टिम डेभिडलाई ल्याएर खेलाउनु सजिलो थिएन। तर उनीहरुले वातावरण बनाएको छ। हङकङको पनि युवा खेलाडीलाई भारतमा पठाएर राम्रा खेलाडी बनाइरहेका छन्। यो उनीहरुको एकदमैै राम्रो पक्ष हो। तर हामीले त्यो गर्न सकेनौँ।

नेपाल क्रिकेट संघ (क्यान) भर्खरै आएको छ। अब त्यो योजना र उद्देश्यहरु लागु गर्न क्यानलाई केही समय हामीले दिनु पर्छ। यो समस्या अहिले आएको होइन। वितेका ३-४ वर्ष हामीले जुन संघर्ष गर्यौँ नि त्यसले गर्दा चाहिँ हामीले सोचेअनुसारको तयारी हुन नसकेको हो।

तपाईं नेपाली क्रिकेट टिमको कप्तानको रुपमा पनि लामो समय रहनु भयो। त्यसको अनुभवका आधारमा भन्नुपर्दा प्रतियोगितामा जानुअघि खेलाडीको दिमागमा के चलिरहेको हुन्छ? कमजोर टिम हो भनेर...
हेर्नुहोस् क्रिकेट भनेको तपाईं स्कूलको बच्चाहरुसँग नै खेल्नुहोस्, त्यहाँ यतिधेरै फरकपन हुन्छ नि। 

क्रिकेटमा विकेट फरक हुन्छ। त्यसले नै पनि फरक पार्छ। कुनै बेला चिसो, कुनै बेला गर्मी मौसम अनुसार नै फरक हुन्छ। यहाँबाट तपाई १० किलोमिटर पर जानु भयो भने वातारवरण नै फरक हुन्छ। क्रिकेट यतिसम्म वैज्ञानिक हुन्छ कि यहाँ १० वटा घर छ भने बल कति घुम्छ  र घरै छैन भने कति घुम्छ भन्ने कुरामा समेत फरक हुन्छ।

यस्तो बेलामा तयारी एकदमै राम्रो हुनुपर्छ। कोहिसँग पनि खेल्नुहोस्। आफूलाई ए यो त सजिलो टिम हो हराइहालिन्छ नि भनेर जानु भयो भने त्यो क्रिकेटमा राम्रो होइन।

तपाईंलाई जस्प्रित बुमराहले नै बल फ्याल्नु पर्दैन आउट हुनलाई। जुनसुकै टिमको जुनसुकै बलरले तपाईंलाई आउट पार्न सक्छ। बलिङ गर्दा पनि तपाईंलाई क्रिस गेल, स्टिभ स्मिथ, डेभिड वार्नरले नै आएर रन हान्छ भन्ने छैन। जोसुकै खेलाडीले राम्रो अभ्यास गरेको छ भने विकेटको हिसाबले तयारी गरेको छ भने राम्रो ब्याटिङ गर्न सक्छ।

यो कारणले गर्दा हामी हारिरहेका छौँ भनेर भन्ने स्थितिमा म पनि छैन। तर हामीले आफूलाई सुधार गरिरहेको अवस्था चाहिँ देखिरहेको छैन। अब यो सबैको निकास चाहिँ सबै जना एक ठाउँमा बसेर समस्याको पहिचान गरेर अघि बढ्नु पर्छ।

नेपाल कमजोर टिमसँग हार्नुको एउटा कारण प्रशिक्षक परिवर्तन हुनु पनि हो?
उमेश पटवाल आउनु भएको करिब एक वर्षमा धेरै परिक्षण गर्नु भयो। परिक्षणको मतलब नै सफल हुनु र असफल हुनु दुबै हुने सम्भावना हुन्छ। त्यसैले त परिक्षण भनिन्छ।

उहाँले गरेको केही परिक्षण सफल भयो होला। कति भएन होला। तर कस्तो भने त्यस परिक्षणलाई कति समयसम्म गर्नहुन्छ भनेर सोच्नुपर्छ। मैले त उहाँसँग त्यति काम गर्न पाइनँ। उहाँसँग काम गर्नु भएकाले केही विचार लिएर आउनु भएको होला।

हामी ब्याटिङकै कुरा गर्दा ओपनिङमा फलानो.... फलानो... फलानो... लाई यति समय दिने भन्ने हुन्छ। मैले बुझेको कोचिङको हिसाबले। म कुनै टिममा एक वर्ष हेर्दै छु भने म एक वर्षका लागि ३-४ जना ओपनर हेर्छु। ६-८ जना मिडिल अर्डरसम्मको ब्याट्सम्यान हेर्छु। ६ जना फाष्ट बलरको समूह हुन्छ। ४-६ जना स्पिनरको समूह हुन्छ। तीमध्ये चाहिँ म पहिचान गर्छु कि यो.. यो... मेरो नम्बर टु, थ्री, फोर स्पिनर हुन्। यदि मलाई लाग्यो कि यो टिमविरुद्ध नम्बर थ्री स्पिनरले पनि राम्रो गर्न सक्छ भने म मौका दिन सक्छु।

अहिले आएर हेर्दा चाहिँ ओपनिङकै समस्यामा पनि अहिलेसम्म स्थायित्व नआउनु कि त हामीले सोचेको कुरा सहि तरिकाले अगाडि नबढेको हो। कि त हामीले जो खेलाडीलाई ओपनिङमा पठायौं त्यो खेलाडी खेल्न सकेनन्। कि त हामीले ओपनिङमा पठाएका खेलाडी केही समयका लागि मात्रै भए।

हाम्रोमा प्रतिभाको कमि छैन। खेलाडी संख्यामा पनि समस्या छैन। उनीहरुलाई हामीले बाटो चाहिँ देखाइ दिनु पर्छ। क्लब स्तरमा क्रिकेट खेलिरहेका खेलाडीले राष्ट्रिय टिमको ढोका कसरी ढकढक्याउन सक्छ? एकेडेमीबाट कहाँ जाने?

तपाईंले भन्न खोज्नु भएको ओपनिङमा भइरहेकाले राम्रा गर्न सकेनन्, उसको स्थानमा ल्याइएकाले कम मौका पाए भन्ने हो?
मैले क्रिकेट खेलेको छु, प्रशिक्षण गरेको छु। तर अहिलेको राष्ट्रिय टिमको संरचनाको बारेमा तपाईं जतिकै मात्र जानकार छु म पनि। म यु-१९ क्रिकेट टिम हेरिरहेको छु। मलाई चाहिँ के आश्चर्य लाग्छ भने जसले यु-१९ टिममा राम्रो गरिरहेका थिए। चाहे रोहित, सन्दीप जोरा, भिम, पवन, कुशल होस्। उनीहरु त्यहि राम्रो प्रदर्शन गरेर राष्ट्रिय टिममा गएका हुन् नि त। राम्रा देशविरुद्ध राम्रो खेल्दै राष्ट्रिय टिममा पुगेका हुन्।

दुई वर्ष अघि त्यहि पवन सर्राफ इपिएलको सर्वाधिक विकेट लिने खेलाडी हुन्। अहिले म हेर्छु खेलमा एक ओभर दुई ओभर भन्दा बढी बल फ्याल्दैनन्। एक एक ओभर, दुई ओभरमा १५-१६ रन खाइरहेका छन्। यहाँ हामी केही न केही कुरामा चुकिरहेका छौं। मैले यो भन्न खोजेको हो।

अब खेलाडीको क्षमताको कुरा गर्ने हो भने कुनै एक ठाउँमा राम्रो गर्ने अर्को ठाउँमा गर्दै नगर्ने भन्ने कुरा त्यति नहोला। अब सबै जना एक ठाउँमा बसेर हामीले समस्या पहिचान गर्नु पर्छ।

अस्तिसम्म कुशल मध्यक्रममा यस्तो राम्रो खेलिरहेको थियो। दुई वटा खेलमा दुबै राम्रो खेलेको थियो। उनलाई एक्कासी ओनिङमा लगियो। मैले पनि हेर्दा खेरि किन ओपनिङमा ल्यायो होला जस्तो हुन्छ। तर टिमको पहिलेदेखि नै छलफल भइरहेको थियो होला।

कुशल मैले यु-१६ बाट ल्याएको खेलाडी हो। उसले यु-१६ मा ओपनिङ गथ्र्यो पनि। उसलाई हामीले यु-१९ मा छनोट गर्दा मिडिल अर्डर ब्याट्सम्यानको रुपमा लिएका थियौं। उसले उठाएर खेल्न सक्छ। स्पिनरलाई दबाबमा राखेर खेल्न सक्छ। अहिले ओपनिङमा पठाउँदा पनि तयारी गरेर पठाइएको होला, सोचिएको होला जस्तो लाग्छ।  

ब्याटिङ अर्डर नै मिलेन जसले गर्दा खेलाडीले आफ्नो क्षमता अनुसार खेल्न सकेनन्। यहि भन्न खोज्नु भएको हो?
होइन, मैले मिलेन भन्ने खोजेको होइन। मैले पनि बुझेको छैन। बुझ्नु पर्नेछ। जरुरी थियो र कुशललाई ओपनिङ गराउन? थियो भने त्यहि हिसाबले तयारी गराइयो कि गराइएन? त्यो सबै कुराहरु चाहिँ हामी सबै बसेर एउटा निचोडमा पुग्नु पर्छ।

के हामीसँग कोहि ओपनर थिएनन् र? पहिले ओपनिङ गरेका होस्। यो भन्दा पहिले विश्वकप लिग-टु मा पनि कोही ओपनर देखिनँ। ज्ञानु पनि ओपनर होइन्। पछिल्लो दुई वर्षदेखि उनलाई ओपनिङमा ल्याइरहेका छौँ। ल ठिक छ एक जना ओपनर ज्ञानु त मानौँ तर अर्को?

शरद घाइते भए। सुवासलाई ल्याएर ओपनिङमा राखियो। यदि ओपनिङ ब्याट्सम्यान चाहिन्छ भन्ने थाहा थियो भने एक जना ब्याकअप त राख्नु पर्छ टिममा। हामीलाई अचानक आकाशबाट त ओपनर झर्दैन। खेलाएरै तयार पार्ने हो।

अरु टिमले त्यत्तिकै खेल्न आउँदैन। सबै खेलाडीको बारेमा अध्ययन गरेरै आउँछन्। पाँच नम्बरमा आएको ब्याट्सम्यानले रन बनाइरहेको छ भनेर ए यसले रन बनाउँछ ओपनिङमा पठाइदिउँ भन्ने सोचेर त हुँदैन।  

क्रिकेट खेलिरहेका युवाहरुलाई पनि तपाईंले नियालिरहनु भएको छ। उनीहरुमा चाहिँ क्रिकेटको बुझाइ र खेल्ने शैली कस्तो पाउनु हुन्छ?
हाम्रोमा प्रतिभाको कमि छैन। खेलाडी संख्यामा पनि समस्या छैन। उनीहरुलाई हामीले बाटो चाहिँ देखाइ दिनु पर्छ। क्लब स्तरमा क्रिकेट खेलिरहेका खेलाडीले राष्ट्रिय टिमको ढोका कसरी ढकढक्याउन सक्छ? एकेडेमीबाट कहाँ जाने?

जिल्लाको क्रिकेटमा उसलाई कसरी ल्याउन सक्छौँ? अहिले हामीले देखेको बाटो त्यहि हो। तर त्यो संचरना नै छैन। एकेडेमीमा खेल्छ। त्यहाँबाट हामी सिधैं ल्याउँछौं। यो गलत हो। तर यसको विकल्प पनि थिएन।

अब हामीले बाटो बनाउनु पर्छ। एकेडेमीबाट जिल्ला, प्रदेश हुँदै माथि आओस्। यस्तो हुँदा परिपक्वता पनि बढ्छ। एकैचोटी ल्याउँदा यस्तो खाले समस्या चाहिँ हुन्छ।

तपाईं खेल्दा र अहिलेको नेपाली क्रिकेटमा परिवर्तन पाउनु भएको छ? एकदिवसीय मान्यता पायो भन्ने बाहेक, खेलमा नै? 
क्रिकेटको संस्कृति धेरै परिवर्तन भइसक्यो। पहिले प्यासन हुन्थ्यो खेलाडीमा। अहिले पनि प्यासन त छँदै छ, करियरको कुरा पनि आउँछ। अहिले एक्सपोजर पनि छ। मैले २०१४ मा सन्यास लिँदा क्रिकेट विस्तारै विकास हुँदै थियो।

अहिले यस्तो अवस्थामा छ कि राष्ट्रिय टिमको लागि खेल्दै हुनुहुन्छ भने तपाई स्टार हो। जसरी एउटा सेलिब्रिटीलाई हेरिन्छ एउटा क्रिकेटरलाई पनि त्यसरी नै हेरिन्छ। जस्तो तपाईं पारसको कुरा गर्नुहोस्, या सन्दीपको। तपाईं यदि राष्ट्रका लागि खेलिरहनु भएको छ भने स्टार भइहाल्नु हुन्छ। 

यो कुराले दबाब पनि सिर्जना गर्छ कि अझ राम्रो गरिरहुँ। यो सँगसँगै क्रिकेटमा पैसा पनि आएको छ। धेरै कुरा परिवर्तन भएको छ।

तपाईं आफूले खेल्दा यो गर्न मन थियो तर गर्न पाइनँ भन्ने केही अधुरो रह्यो?
त्यस्तो रहेन। किनभने क्रिकेट खेलिञ्जेल चाहिँ जे जे मेरो अगाडि आयो सबै गरेँ। जे गरेँ मन लगाएर गरेँ। मनमा त्यस्तो यो गरिनँ भन्ने चाहिँ छैन। खेलेँ पनि, कप्तानी पनि गरेँ। त्यसपछि जब खेल्न सकिनँ प्रशिक्षकमा प्रयास गरेँ। त्यसमा पनि राम्रै गरेँ। जति आफूले सक्थे राम्रै गरेँ।

जिन्दगीमा मेरो पढाइ अधुरो नै थियो। त्यसलाई पनि सकाएँ। मैले जति क्रिकेटमा आफ्नो जिन्दगी बिताएँ अझै पनि क्रिकेटमा काम लाग्न सक्छु भने काम लागौँ भन्ने नै छ। जसले क्यान चलाइ रहनु भएको छ उहाँहरुले मलाई कत्तिको लायक सम्झिनु हुन्छ, तर मैले आफूलाई चुनौतीको सामना गर्न सक्ने बनाएको छु।

कहिले काहिँ सोच्दा आफू पछिल्लो पुस्तामा भएको भए भन्ने त लाग्दैन?
लाग्दैन। सायद म पछिल्लो पुस्तामा भएको भए यतिधेरै क्रिकेट खेल्न पाउने थिइनँ कि। जुन हिसाबको सबैबाट आदर पाएँ त्यो पाउने थिइनँ कि। मलाई पश्चताप छैन। जुन समयमा म जन्मिएँ ठीक समयमा जन्मिएँ। जे काम गरे राम्रो पनि गरेँ। होला, अझ राम्रो गर्न सकिन्थ्यो कि। तर अहिले गर्छु भनेर काम पनि छैन। अब अगाडिको दिनमा चाहिँ जे काम गर्छु अझ राम्रो गर्छु। 

अबको तपाईंको योजना के छ? राष्ट्रिय टिम सम्हाल्ने अथवा अन्य?
त्यो भूमिकाको लागि आफूले तयार गर्ने हो। राम्रो भन्दा राम्रो प्रशिक्षक बन्नलाई जति पनि गर्नु पर्ने थियो त्यो गरेको छु। पढ्नु पर्ने थियो पढेँ। खेल्नु पर्ने थियो खेलेँ।

तर प्रशिक्षक बन्ने कुरा मेरो हातमा छैन। क्रिकेट मेरो प्यासन हो। म क्रिकेटबाट टाढा नजानुको कारण के भने क्रिकेटमा जिन्दगी बनाउन सकिन्छ। अहिले पनि म काठमाडौं टिमको डाइरेक्टर छु। त्यो भूमिका प्रशिक्षकको भन्दा फरक छ। तर जसले मलाई नियुक्त गर्नु भएको थियो उहाँहरु खुसी हुनुहुन्छ। त्यहि भएर दोस्रो वर्ष पनि निरन्तरता दिनु भयो। क्यान भर्खर फर्किएको छ। धेरै गर्न सकिन्छ। नेपाल क्रिकेटको क्रेज छ। यसलाई बचाइ राख्न धेरै गर्नु पर्छ।

तपाईंलाई आफ्नो समयको कोहि खेलाडीको याद आउँछ, जो चाहिँ अहिले क्रिकेटमा छैनन्?
त्यस्ता धेरै छन्, जो क्रिकेटबाट निराश भएर बाहिरिए। क्रिकेट सँगै खेले तर अहिले देखिँदैनन्। परेश, सञ्जम जस्ता खेलाडी अहिले क्रिकेटमा देखिँदैनन्। उनीहरु क्रिकेटको प्रशासकीय पक्षमा पुग्न सक्थे। राम्रो गर्न सक्थे भन्ने लाग्छ। दिपेन्द्र, राजु दाइहरु अहिले कोचिङमा हुनुहुन्छ। तर अरु धेरै खेलाडी छैनन्।

यहाँ बसेर नतिजा मात्रै न हेर्ने हो। टिम भित्रको कुरा गर्न त त्यो वातावरणमा हुनुपर्छ। यहाँबाट कुरा गर्दा सायद त्यसले त्यति सार्थकता नराख्ला। मेरो विचारमा अब आफ्नो हातमा भएको काम गर्नु पर्छ।

पहिलेको जस्तो अहिले खेलाडीलाई संघर्ष त छैन?
पहिले हाम्रो खर्च एक रुपैयाँ थियो भने अहिले १० रुपैयाँ छ। पहिले एक रुपैयाँ कमाउन पर्छ भने अहिले १० रुपैयाँ कमाउन त परिहाल्छ। तर पहिलेको भन्दा राम्रो चाहिँ भएको छ खेलाडीका लागि। तर धेरै राम्रो चाहिँ अहिले पनि भएको भन्न मिल्दैन।

तर यहाँ सबैभन्दा सकारात्मक कुरा भनेको नेपाली क्रिकेटको समर्थक निकै राम्रा छन्। कुनै पनि खेलकुद पछाडि यति धेरै माया गर्ने समर्थक छन् भने त्यसमा सरकारको चासो हुनु स्वभाविक हो। तर अब हामीले क्रिकेटलाई संस्थागत विकास गर्नु पर्छ। यो अबको आवश्यकता हो। भोलि गएर तपाईंले राम्रो प्रोजेक्ट ल्याउनु भयो भने पैसा खोज्न गाह्रो छैन। एउटा निजी संस्थाले गरिरहेको छ भने सम्बन्धित निकायले गर्न नसक्ने भन्ने हुँदैन। 

हामीसँग रंगशालाको अभाव छ। विशेष त स्टेडियमकै कुरा ज्यादा उठ्छन्, अहिले हामीलाई अत्याधुनिक ठूलो रंगशाला चाहिएको हो कि र विकेट र आउट फिल्ड राम्रो भएको धेरै मैदान चाहिएको हो? नेपालको परिवेशमा कुन उपयुक्त होला त?
सबैभन्दा प्राथमिक कुरा भनेको विकेट हो। फिल्ड अलिक नराम्रो भए पनि महत्वपूर्ण कुरा भनेको ब्याटिङ कस्तो ठाउँमा गर्ने भन्ने हो। पिच राम्रो भएन भने ब्याटिङ गर्न गाह्रो हुन्छ नै। ब्याटिङमैत्री मैदानहरु नेपालमा अत्यन्त कम छ। जबसमम्म हामी ब्याटिङमैत्री विकेटमा अभ्यास गर्दैनौँ हामीसँग आत्मविश्वास पनि आउँदैन।

सिंगापुरले मलेसियालाई २३९ रन हान्यो कसरी हान्यो भने उनीहरु पहिल्यैदेखि फ्लाट विकेटमा अभ्यास गरिरहेका छन्। उनीहरुलाई आत्मविश्वास छ, हान्छन्। हामीले कहिल्यै पनि फ्लाट विकेटमा अभ्यास गरेका छैनौँ। त्यसैले ब्याटिङमा हान्न सक्छौँ भन्ने विश्वास छैन।

अहिले नेपाललाई कस्तो रंगशालाको खाँचो हो कि होइन भन्ने विषय बहस गर्नुपर्ने विषय हो। तर नेपालमा रहेका क्रिकेट समर्थकलाई हेरेर एक-दुई वटा भए पनि स्टेडियम भइहालोस् भन्ने पनि राम्रो हो। एउटा खेल खेल्न हेर्न १५ हजार २० हजार दर्शक पुगिरहेका हुन्छन्, अहिलेको क्रिकेट भनेकै दर्शकको लागि बनाइएको त हो।

फेरि खेलाडीकै कुरा गरौँ, उमेर समूहमा राम्रो गर्ने तर सिनियर टिममा पुग्दा उसको प्रदर्शन खस्किने भइरहेको देखिन थालेको छ। वास्तविक कारण के होला जस्तो लाग्छ?
आज भन्दा ६-७ वर्षअघि टिममा रहेका खेलाडीमा उमेरको फरक यतिधेरै थिएन। अब कुशल मल्ल १६ वर्षका छन्। पारस ३२ वर्षका। ठ्याक्कै डबल। यो फरकले गर्दा कतिपय अवस्थामा समस्या पनि आउँछ। त्यसैले नयाँ खेलाडीहरुलाई अप्ठ्यारो महशुस हुन नदिनु चाहिँ सोच्नै पर्छ। सिनियर टिममा के छ त्यो मलाई थाहा भएन तर यु-१९ समूहमा भने निर्णय आफैले लिनु पर्छ भन्ने संस्कार बसाएका थियौँ। ब्याटिङ गर्न जाँदा यस्तो खेल भनेर मैले भन्नु पर्दैन थियो। ब्याट्सम्यानलाई आफ्नै सोचले निर्धक्क खेल्न दिने हो।

प्रतियोगितामा अनुभवि खेलाडी नेपालकै देखिन्छन् तर किन खेलाडीमा आत्मविश्वास नै नभएको जस्तो देखिन्छ?
क्रिकेट भन्ने कुरा नै आत्मविश्वासको खेल हो। अब मानसिक रुपमा कुन खेलाडी कत्तिको तयार छ भन्ने कुरा मैले यहाँबाट भन्नै सक्दिनँ। टी २० क्रिकेट भनेकै बलरलाई दबाबमा राख्नु पर्छ। मेरो बुझाइ अलिक फरक छ।

आलोचनात्मक स्वर भन्लान् तर मैले भनेँ नि ५० ओभरमा पारस र ज्ञानुलाई ओपनिङमा पठाइरहेका छौँ। नेपालको बेष्ट ब्याट्सम्यान भनेको यी दुबै हुन्। जब की यी दुबै ब्याट्सम्यान पूरै ओपनर होइनन्।

सचिन तेन्दुलकर ५० ओभरको खेलमा ओपनिङमा आउँथे तर टेष्ट क्रिकेटमा उनी चौथो नम्बरमा आउँथे। विराट कोहली टी २० फ्रेन्चाइजमा ओपनिङमा आउँछन्। केएल राहुल ओपनिङ गर्छन्। तर एकदिवसीय र टेष्टमा तल तल झरेर ब्याटिङ गर्छन्।

टी २० मा डर बलरको मनमा हुन्छ। ब्याट्सम्यानले हान्छ नै भन्ने डर रहन्छ। हामीले त्यसै अनुसारको तयारी गर्नुपर्छ।

पारस अलिकति टी २० फ्रेन्चाइजमा ओपनिङमा आएको सेन्स हुन्छ मेरो लागि। तर यो होइन कि उनी टी २० अन्तर्राष्ट्रियमा पनि ओपनिङ नै आओस्। स्थानीय खेलमा उनले प्रयास गरोस्। त्यसपछि सक्छ भने ओपनिङमा आओस्। 

एसिसी टि-२० पूर्वी क्षेत्रीय छनोट प्रतियोागितामा नेपाल निकै कठिन अवस्थामा पुगेको छ? तपाईको विश्लेषण के छ, अब के होला?
यहाँ बसेर नतिजा मात्रै न हेर्ने हो। टिम भित्रको कुरा गर्न त त्यो वातावरणमा हुनुपर्छ। यहाँबाट कुरा गर्दा सायद त्यसले त्यति सार्थकता नराख्ला। मेरो विचारमा अब आफ्नो हातमा भएको काम गर्नु पर्छ। सकेसम्म अबको खेलमा ठूलो अन्तरले पराजित गर्नु पर्छ। हुन त हाम्रा कप्तानले पनि भनेका छन् कि अरुको नतिजा कुर्नु पर्छ भनेर। 

खेलाडीहरु कुनै खेलका लागि क्याम्पमा हुनु अथवा खेल्नुभन्दा बाहिर उनीहरुको क्रिकेटको जीवन चाहिँ कस्तो हुन्छ?
त्यो कुरा व्यक्तिगत खेलाडीमा नै भर पर्छ। उनीहरु कसरी समय बिताउँछन् र क्रिकेटलाई कति सोच्छन् भन्ने फरक फरक हुन्छ। कतिपय खेलाडी परिवारसँग समय बिताउन चाहन्छन्। कतिपय साथीभाइसँग, कतिपय चाहिँ घुम्ने रमाइलो गर्ने नै हुन्छन्।

तपाईंको चाहिँ कस्तो थियो? 
मेरो काठमाडौं बसाइ करिब २० वर्ष भयो। स्नातक तहदेखि स्नातोकोत्तर पनि काठमाडौंबाटै पढेँ। त्यो सँगसँगै क्रिकेट खेलेँ। म बिहान पढ्न जान्थेँ। त्यसपछि क्याम्प जान्थेँ। फर्केर आएपछि कहिले ट्युसन पढ्थेँ। कहिले पढाउथेँ पनि। मेरो काममै जीवन बित्यो भनौं न। क्रिकेट र पढाइलाई सँगसँगै लान्छु भनेर संकल्प गरेको थिएँ। सकेँ पनि। 

बिनोद दासको विचार भिडियोमा, 

प्रकाशित मिति: बुधबार, फागुन २१, २०७६  ११:३३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
रंगशालामा ओली ‘स्टन्ट’
गोलमा कमजोर खेलाडी, जवाफमा आक्रामक प्रशिक्षक
सहरमा मान्छे हिँड्छन् पनि!
सम्बन्धित सामग्री
म फुटबलमा ‘डिक्टेटर’ बन्न आएको होइन : कर्मा छिरिङ शेर्पा [अन्तर्वार्ता] हाम्रो जुन ‘चेन्ज एन्फा’को नारा छ, त्यो निरन्तर चलिरहेकै छ। अब जसलाई ‘चेन्ज कर्मा’को नारा लगाउनु छ, त्यो उहाँहरूको विवेकमा म छोड्छु।... बिहीबार, असार २, २०७९
राखेप सदस्यसचिवको अन्तर्वार्ता: अब नवौं राष्ट्रिय खेलकुदका लागि होमिउँ अब सिंगो खेलकुदका संघ, प्रशिक्षक, खेलाडी र पदाधिकारीलाई नवौं राष्ट्रिय खेलकुद सफल बनाउने गरी होमिन आग्रह गर्न चाहन्छु। शुक्रबार, वैशाख २, २०७९
‘व्यापारीक घरानालाई आकर्षण गर्ने कोसिस गरेका हौं, एनएसएललाई ‘ए’ डिभिजनको विकल्प बनाउन खोजेका होइनौं’ नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करण चैत अन्तिम साताबाट काठमाडौं र पोखरामा आयोजना हुँदैछ। विगतको संस्करणमा सात टिमले सहभागिता ज... बिहीबार, चैत ३, २०७८
ताजा समाचारसबै
विश्वकप छनोट अन्तर्गत नेपालले बहराइनलाई ९ विकेटले हरायो शनिबार, वैशाख २७, २०८२
समाजवादी महिला सङ्घको राष्ट्रिय महाधिवेशन आज शनिबार, वैशाख २७, २०८२
जी ७ राष्ट्रहरुद्वारा भारत र पाकिस्तानलाई शान्ति कायम राख्न आग्रह शनिबार, वैशाख २७, २०८२
चलचित्र ‘राजकुमारी’को निर्माण घोषणा शनिबार, वैशाख २७, २०८२
पाकिस्तानमा एमबीबीएस र अन्य विषय अध्ययनरत नेपालीले भने, ‘नेपाल सुरक्षित फर्कन चाहन्छौं’ शनिबार, वैशाख २७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण]
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण] बुधबार, कात्तिक ७, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे] बुधबार, भदौ १९, २०८१
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण]
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण]
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे] बुधबार, जेठ ३०, २०८१
सबै हेर्नुहोस
ट्रेण्डिङ
पाकिस्तानले ३-४ सय ड्रोनमार्फत सैन्य पूर्वाधारलाई निशाना बनाएको भारतको दाबी शुक्रबार, वैशाख २६, २०८२
पाकिस्तानले घोषणा गर्यो भारतविरुद्ध अपरेशन ‘बुन्यान उल मर्सूस’ शनिबार, वैशाख २७, २०८२
अमेरिकी राजदूतलाई पाकिस्तानले भन्यो : भारतले सबै अन्तर्राष्ट्रिय कानुन उल्लंघन गर्‍यो शुक्रबार, वैशाख २६, २०८२
नेपाली सीमा क्षेत्रबाट भारतीय भूमिमा प्रवेश नगर्न चिनियाँ नागरिकलाई दूतावासको निर्देशन शुक्रबार, वैशाख २६, २०८२
भारत-पाकिस्तान तनाव बढ्दै जाँदा बीसीसीआईले रोक्यो आईपीएल शुक्रबार, वैशाख २६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
दास मानसिकता बोकेको विचारबाट परिवर्तन सम्भव छैन : पूर्वन्यायाधीश खतिवडा नेपाल लाइभ
नौ महिना अन्तरिक्षमा बिताउँदाको स्वास्थ्य प्रभाव: पृथ्वीमा फर्किएपछि शरीरमा हुने परिवर्तन   नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
वामपन्थी नेता प्रदीप नेपालको निधन मंगलबार, वैशाख २३, २०८२
भारतीय आक्रमणमा जैस-ए-मोहम्मदका कमाण्डरको परिवारका १० जना मारिए बुधबार, वैशाख २४, २०८२
भारत–पाकिस्तान ड्रोन र मिसाइल हानाहान पछि भारतले बन्द गर्‍यो दुई दर्जन बढि विमानस्थल शुक्रबार, वैशाख २६, २०८२
राष्ट्रिय टोलीको बन्द प्रशिक्षणबाट बाहिरिए कुशल, को–को परे २५ भित्र? शनिबार, वैशाख २०, २०८२
पाकिस्तानले ३-४ सय ड्रोनमार्फत सैन्य पूर्वाधारलाई निशाना बनाएको भारतको दाबी शुक्रबार, वैशाख २६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्