काठमाडौं- सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबलमा मंगलबार भएको खेलमा सातदोबाटो युथ क्लबले श्री कुमारी क्लबलाई हराएको छ। सातदोबाटोको जितमा खेलको १४औँ मिनेटमा दिनेश राईले गोल गरे।
पहिलो हाफमा नै सातदोबाटोले एक गोलको अग्रता बनाए पनि दोस्रो हाफमा कुनै गोल हुन सकेन। जसले खेल १–० ले सातदोबाटोले जित्यो। सातदोबाटोको जितमा गोल गरेका दिनेश राई खेलको म्यान अफ दि म्याच बने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।