काठमाडौं- त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले विमानस्थल परिसरमा जाने सबैलाई अनिवार्य रुपमा मास्क लागाउन अनुरोध गरेको छ। कोरोना भाइरसको जोखिम बढेको भन्दै विमानस्थल कार्यालयले विमानस्थल क्षेत्रमा मास्क अनिवार्य गरेको हो। कार्यालयले सोमबार एक सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो। यसका साथै कार्यालयले अत्यावश्यक काम नपरी विमानस्थल क्षेत्रमा प्रवेश नगर्न समेत आग्रह गरेको छ। यसका साथै हाल प्रदान गरिँदै आएको भिजिटर पास समेत तत्कालका लागि स्थगित गरिएको सूचनामा उल्लेख छ।
विश्व स्वास्थ्य संगठनले नेपाल कोरोना भाइरसको संक्रमणको उच्च जोखिममा रहेको भन्दै सतर्क रहन सचेत गराएसँगै सरकारले जोखिम न्यूनीकरणका लागि विभिन्न कार्यक्रम तय गरेको छ।
सरकारले भ्रमण वर्ष २०२० स्थगित गर्नुका साथै पहिलो पटक हुन लागेको अन्तर्राष्ट्रिय बहसको कार्यक्रम सगरमाथा संवाद समेत तत्कालका लागि स्थगित गरेको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।