नयाँदिल्ली– भारत भ्रमणमा नयाँदिल्ली आइपुगेका प्रधानमन्त्री केपी शर्मा ओली पहिलो कार्यक्रम अन्तर्गत भारतीय व्यवसायीसँगको छलफलमा सहभागी भएका छन्। भारतीय विदेश मन्त्रालय तथा भारतका विभिन्न व्यावसायिक संगठनहरुले आयोजना गरेको कार्यक्रममा उनले भारतीय व्यवसायीहरुलाई सम्बोधन गर्नेछन्।
कार्यक्रममा नेपालका मन्त्रीहरु तथा व्यवसायीहरुको टोली समेत रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। ताज होटलमा आयोजित सो कार्यक्रममा भारतका चर्चित व्यवसायीहरु छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।