काठमाडौं- सहिद स्मारक बि डिभिजन लिग फुटबलमा बाँसबारी क्लबले मध्यपुर युथ एसोसिएसनलाई फराकिलो गोलअन्तरले पराजित गरेको छ।
आइतबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा बाँसबारीले मध्यपुरलाई ५–२ गोलअन्तरले पराजित गरेको हो। मध्यपुरलाई जित दिलाउन सुलेमान थापा मगर र सजिन थापा मगरले समान २–२ गोल गर्दा सुरेश कुमालले एक गोल थपे। यता, यता मध्यपुरका लागि भने धिरज श्रेष्ठ र सन्नी लामाले गोल फर्काए।
खेलको पहिलो मिनेटमा नै सुलेमानले गोल गर्दै बाँसबारीलाई अग्रता दिलाए। छैटौं मिनेटमा सजिन र ११औं मिनेटमा सुलेमानले नै गोल गरेपछि बाँसबारीले ३–० गोलको अग्रता लिएको थियो। खेलको १९औं मिनेटमा धिरजले गोल गर्दै मध्यपुरलाई २–१ गोलको स्थितिमा ल्याए। तर पहिलो हाफको अन्तिम समयमा सजिनले गोल गर्दै पहिलो हाफसम्म बाँसबारीलाई ४–१ गोलको अग्रता दिलाएका थिए।
खेलको ७०औं मिनेटमा सुरेशले गोल गर्दै बाँसबारीलाई ५–१ गोलको अग्रता दिलाएका थिए। ८५औं मिनेटमा सनीले गोल गर्दै मध्यपुरलाई ५–२ गोलको स्थितिमा ल्याए। तर बाँसबारीसँग मध्यपुरले हार टार्न सकेन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।