काठमाडौं- अखिल नेपाल फुटबल संघ (एन्फा) ले दुई विदेशी खेलाडीलाई जरिवना गरेको छ।
एन्फाको रजिष्ट्रेसन नियमावली र मोफसल प्रतियोगिता नियमावली विपरित कार्य गरेको भन्दै एन्फाले सरस्वती युथ क्लबका कजिम बुसारी र ब्रिगेड ब्वाइज क्लब (बिबिसी) का ताजुदिन बुसारीलाई जरिवना गरेको हो। एन्फाले दुबै खेलाडीलाई समान २५ हजार रुपैयाँ जरिवना गरेको छ। एक साताभित्र खेलाडी आफै आएर जरिवना तिर्न पनि एन्फाले निर्देेशन दिएको छ।
एन्फाले दुबै खेलाडीले मोसफलका दुई प्रतियोगिता दुई क्लबबाट खेलेको भन्दै कारबाही गरेको हो। मोफसल प्रतियोगिता नियमावली अनुसार ए डिभिजन लिग खेलेका विदेशी खेलाडीले लोनमा गएर एउटा मात्रै क्लबबाट खेल्न पाउने छन्। तर यी दुबै खेलाडीले च्यासल युथ क्लबबाट राइनो गोल्डकप खेलका थिए भने सताक्षप् थान स्पोर्ट्सबाट सताक्षी गोल्डकप खेलेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।