काठमाडौँ- प्रधानमन्त्री केपी ओली तीनदिने भारत भ्रमणका लागि गएकाले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी रक्षामन्त्री ईश्वर पोखरेललाई दिइएको छ।
प्रधानमन्त्री ओलीको अनुपस्थितिमा कावा प्रधानमन्त्री पद सम्हाल्ने गरी पोखरेललाई राष्ट्रपति विद्यादेवी भण्डारीले जिम्मेवारी तोकेकी हुन्। नेपालको संविधानबमोजिम प्रधानमन्त्रीको सिफारिसमा रक्षामन्त्री पोखरेललाई उक्त जिम्मेवारी तोकिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ।
प्रधानमन्त्री ओली आइतबार स्वदेश फर्कनेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।