काठमाडौं- कोरोना भाइरसको रोकथाम तथा निराकरण गर्न रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा एक समिति गठन गरिएको छ।
शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस नियन्त्रणका लागि भएका कामबारे जानकारी लिँदै समिति गठन गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
समितिमा विभिन्न मन्त्रीहरु सदस्य छन्। कोरोनाको निरन्तर अनुगमन र निगरानी गर्नका लागि गठन भएको समितिमा गृहमन्त्री, परराष्ट्रमन्त्री, शिक्षामन्त्री, कृषिमन्त्री, स्वास्थ्य मन्त्री र अर्थ र सञ्चारमन्त्री सदस्य छन्।
बैठकले जनस्वास्थ्य र अर्थतन्त्रमा पर्न सक्ने असर बारे विस्तृत अध्ययन गरी विश्लेषण गर्ने, जनचेतना अभिवृद्धि गर्नेलगायतका निर्णयसमेत गरेको छ।
कोरोना भाइरसका कारण विश्व अर्थतन्त्रमा नै ठूलो असर पर्ने विश्लेषण यसअघि नै सार्वजनिक भईसकेको छ। विश्वभर कोरोनाको जोखिम बढेको भन्दै सरकारले सबै देशमा पर्यटन वर्ष २०२० लक्षित सबै खाले कार्यक्रम तत्कालका लागि स्थगित गरिसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।