काठमाडौं- सहिद स्मारक बि डिभिजन लिग फुटबलमा श्री भगवती र सातदोबाटो युथ क्लबले जित हात पारेका छन्।
बिहीबार भएको खेलमा श्री भवगती क्लबले मध्यपुर युथ एसोसिएसनलाई र सातदोबाटोले टुसाल युथ क्लबलाई पराजित गरेका हुन्।
श्री भगवतीको जितमा प्रज्वल थापा मगर र युवराज ढकालले गोल गरे। खेलको ४४औं मिनेटमा प्रज्वलले गोल गर्दै श्री भगवतीलाई पहिलो हाफसम्म १–० गोलको अग्रता दिलाएका थिए। खेलको ७२औं मिनेटमा युवराजले गोल गर्दै श्री भगवतीलाई २–० गोलको अग्रता दिलाए। बाँकी समयमा मध्यपुरले गोल गर्न नसक्दा हार ब्यहोरेको हो।
त्यस्तै, बिहीबार नै भएको अर्को खेलमा सातदोबाटोले टुसाललाई १–० गोलअन्तरले स्तब्ध बनाएको हो। सातदोबाटोको जितमा रमेश कुमार राजवंशीले गोल गरे। उनले खेलको ३८औं मिनेटमा गोल गर्दै सातदोबाटोलाई १–० गोलको जित दिलाए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।