काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली आजदेखि भारत भ्रमणमा जाँदैछन्।
नेपाल एयरलाइन्सको विमानबाट तीन दिने राजकीय भ्रमणमा भारत जान लागेका प्रधानमन्त्री ओली २५ गते नेपाल फर्कने कार्यक्रम छ।
प्रधानमन्त्री आज दिल्लीस्थित इन्दिरा गान्धी विमानस्थलमा ओर्लिएर सीधै भारतीय राष्ट्रपति निवास पुग्ने कार्यक्रम छ। उनले आजै भारतीय व्यवसायीसँग छलफल गर्ने कार्यक्रम छ। भारतका समकक्षी नरेन्द्र मोदीसँग शनिबार औपचारिक भेटघाट हुने कार्यक्रम छ।
प्रधानमन्त्रीले भारतसँग नयाँ सम्झौता भन्दा पनि पुरा सम्झौताको प्रगति विवरणलाई चासो दिएको सार्वजनिक रुपमा बताइसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।