• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असार २४, २०८२ Tue, Jul 8, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ
कुमार पौडेल हत्याका आरोपी प्रहरीलाई हेडक्वार्टर तानेर सोधपुछ
64x64
नेपाल लाइभ मंगलबार, फागुन १३, २०७६  १८:५९
1140x725

काठमाडौं- नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेकपाका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेलमाथि फेक इन्काउन्टर गरी हत्या गरेको आरोप लागेका तीन प्रहरी अधिकारीलाई प्रहरी प्रधान कार्यालय (हेडर्क्वाटर) तानेर सोधपुछ गरिएको छ।

पौडेल हत्यामा संलग्न भएको आरोप लागेका प्रहरी निरीक्षक कृष्णदेव (केडी) साह र हवल्दारद्वय सत्यनारायण मिश्र र विनोद साहलाई हेडक्वाटर तानेर सोधपुछ गरिएको स्रोतले जानकारी दिएको छ।

यसबारे प्रहरी प्रवक्ता डिआइजी शैलेश थापा क्षत्रीले भने अनविज्ञता प्रकट गरेका छन्। ‘खै मलाई त थाहा भएन। मैले पनि बुझ्नै पर्छ,’ डिआइजी क्षत्रीले नेपाल लाइभसँग भने।

तत्कालीन प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको कार्यकाल सकिए लगत्तै उनीहरू तीनै जनालाई हेडक्वार्टर तानिएको थियो। खनालले उनीहरूलाई प्रदेश २ मा घुमुवा प्रहरीका रूपमा खटाएका थिए। 

हत्या आरोप लागेका र कारबाहीको समेत साफारिसमा परेका व्यक्तिलाई 'फिल्ड'मा खटाउँदा थप विवाद हुने भन्दै उनीहरूलाई हेडक्वार्टर तानिएको बताइएको छ। उनीहरूसँग भएको हतियारसमेत संघीय प्रहरी कार्यालय, धनुषामा बुझाउन निर्देशन दिइएको थियो। 

हेडक्वार्टरमा तानिएका तीनै जना प्रहरीमाथि पौडेल हत्याबारेमा सोधपुछ गरिएको स्रोतले जानकारी दिएको छ। 

विशेष ब्युरोमा दरबन्दी रहेका उनीहरू तत्कालीन आइजी खनालकै निर्देशनमा सर्लाहीमा खटिएका थिए। पछि उनीहरूकै टोलीले गत असार ५ गते पौडेलको हत्या गरेको आरोप लागेको छ। 

पौडेल दोहोरो मुठभेडमा मारिएको भनिए पनि राष्ट्रिय मानव अधिकार आयोगको टोलीले 'समातेर हत्या गरिएको' भन्दै गत मंसिर ३ गते प्रतिवेदन सार्वजनिक गरेको थियो। उनीहरू तीनै जनालाई कर्तव्य ज्यान मुद्दामा कारबाही गर्न भन्दै प्रतिवेदनमा उल्लेख भए पनि कुनै कारबाही भएको थिएन। कारबाही नै नभएपछि गत माघ १७ गते आयोगले गृह मन्त्रालयलाई लिखित निर्देशन दिँदै पौडेल हत्यामा संलग्न प्रहरीलाई कारबाही गर्नु भनेको थियो। आयोगको उक्त पत्र गृह मन्त्रालयबाट हेडक्वार्टर, प्रदेश २ प्रहरी कार्यालय हुँदै जिल्ला प्रहरी कार्यालय सर्लाही पुगेको थियो।

उक्त पत्र सर्लाही पुगेँसँगै उनीहरूलाई हेडक्वाटर झिकाएर सोधपुछ गरिएको स्रोतले जानकारी दिएको छ।

यता 'कारबाही गर्नू' भनेर निर्देशन दिएको आयोगलाई भने उनीहरूमाथि कारबाही भयो भएन भन्ने जानकारी अहिलेसम्म आएको छैन। यसबारे आयोगका प्रवक्ता वेद भट्टराईले भने, ‘गृहले कारबाहीका लागि हेडक्वार्टरलाई पत्र पठाएको भन्ने जानकारी आएको छ। त्योभन्दा बढी कारबाही भयो/भएन भन्ने जानकारी अहिलेसम्म आएको छैन।' 

प्रहरी प्रधान कार्यालयमा रहेको विशेष ब्युरोको टोलीले पौडेललाई ९ राउन्ड गोली हानेर हत्या गरेको आयोगको निष्कर्ष छ। 

पोस्टमार्टममै शंका
गत असार ५ गते सर्लाहीको लालबन्दी नगरपालिका–१ लखनदेवीस्थित जंगलमा विप्लव नेतृत्वको पार्टीका सर्लाही इन्चार्ज पौडेल मारिएका थिए।

‘अन टेस्ट’ मोटरसाइकलसहित २ वटा मोटरसाइकलमा आएका कुमार पौडेलसहित ४ जना व्यक्तिको समूहले प्रहरीमाथि आक्रमण गरेपछि जवाफी कारबाही गर्दा पौडेलेको ज्यान गएको प्रहरीको दाबी थियो। 

तर घटनास्थलको प्रकृति, उपस्थित मानिस, पौडेलको शरीरमा गोली लागेका ठाउँको विवरण, पोस्टमार्टम रिर्पोटलगायतका आधारमा आयोगले गरेको छानबिनमा पौडेलको मृत्यु आकस्मिक मुठभेडका कारण नभई प्रहरीको योजनाअनुसारै भएको पुष्टि भएको थियो।

आयोगले पटकपटक ताकेता गर्दा पनि जिल्ला अस्पताल सर्लाहीले पौडेलेको पोस्टमार्टम रिपोर्ट पठाएको थिएन। रिपोर्ट नपठाएपछि आयोगले अस्पतालका डाक्टर वीरेन्द्रकुमार मण्डलसँग पनि बयान लिने तयारी गरेपछि मात्र रिपोर्ट आयोगले पाएको थियो। पोस्टमार्टम रिपोर्टमा पनि शंका गर्ने ठाउँ प्रशस्त देखिएको आयोगले बताएको थियो।

नयाँ नजिर बन्ने संकेत
पौडेल इन्काउन्टरमा संलग्न प्रहरी अधिकारी कारबाहीमा परे इन्काउन्टरमा नयाँ नजिर बन्न सक्ने देखिएको छ। यसअघि विभिन्न आवरणमा प्रहरीको गोली लागेर आपराधिक पृष्ठभूमिका गुन्डा नाइके दिनेश अधिकारी (चरी), कुमार घैंटे, मनोज पुन, केदार सहनीदेखि लिएर शंकाकै आधारमा भक्तपुर इन्काउन्टरमा अजित तामाङ र गोपाल तामाङ, लागुऔषध दुर्व्यसनी प्रवीण खत्री मारिएका थिए।

यी इन्टकाउन्टर विवादित बनेपनि विस्तृत छानबिन सकिएको छैन। यी सबै इन्टकाउन्टरबारे आयोगले छानबिन गरिरहेको छ। तर प्रतिवेदन सार्वजनिक गरेको छैन। पौडेल मृत्यु प्रकरणपछि अन्य इन्काउन्टरका घटना पनि आकस्मिक भन्दा नियोजित भएको शंका बढेको छ। (कभर तस्बिर : सञ्चार केन्द्र)

थप समाचार
कुमार पौडेलकाे हत्यामा संलग्नलाई कारबाहीकाे माग गर्दै हुलाकमार्फत् किटानी जाहेरी

कुमार पौडेल इन्काउन्टर : प्रहरीलाई कारबाही गर्ने पत्र सर्लाही पुग्यो

९ राउन्ड गोली हानी कुमार पौडेलको हत्या नै भएको निष्कर्ष, गोली हान्ने प्रहरीलाई कारबाही गर्न निर्देशन

कुमार पौडेल हत्या प्रकरण : बयान दिन आएनन् लेखनदास, पोस्टमार्टममै आयोगलाई शंका

कुमार पौडेलको हत्या पञ्चायती बर्बरता जस्तो : जनार्दन शर्मा

प्रकाशित मिति: मंगलबार, फागुन १३, २०७६  १८:५९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
रसुवा बाढी अपडेट: ५० जनाको उद्धार
रास्वपाले बहिस्कार गर्‍यो प्रतिनिधिसभा बैठक
रसुवा बाढीका कारण चार हाइड्रोपावरमा क्षति, २५० मेगावाट उत्पादन प्रभावित
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
रास्वपाले बहिस्कार गर्‍यो प्रतिनिधिसभा बैठक मंगलबार, असार २४, २०८२
रसुवा बाढीका कारण चार हाइड्रोपावरमा क्षति, २५० मेगावाट उत्पादन प्रभावित मंगलबार, असार २४, २०८२
प्रधानन्यायाधीशद्वारा तीन न्यायाधीशलाई शपथ मंगलबार, असार २४, २०८२
कुलिङ पिरियडमा गडबडी : छानबिन समितिको बैठक जारी मंगलबार, असार २४, २०८२
रेमिट्यान्स आप्रवाहमा अर्को रेकर्ड, भित्रियो १५ खर्ब ३२ अर्ब मंगलबार, असार २४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाल लाइभ समाचार, असार 23 #live
नेपाल लाइभ समाचार, असार 23 #live सोमबार, असार २३, २०८२
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो)
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो) सोमबार, असार २३, २०८२
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो)
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो) सोमबार, असार २३, २०८२
नेपालको सक्रिय उपस्थीतिले अन्तराष्ट्रिय मञ्चमा नेपालको छवि उच्च भएको छ : प्रधानमन्त्री ओली (भिडियो)
नेपालको सक्रिय उपस्थीतिले अन्तराष्ट्रिय मञ्चमा नेपालको छवि उच्च भएको छ : प्रधानमन्त्री ओली (भिडियो) सोमबार, असार २३, २०८२
देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प(भिडियो)
देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प(भिडियो) सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
जसपाका फरार नेता भन्छन्– मधेश एक दिन नेपालबाट अलग हुनेछ सोमबार, असार २३, २०८२
यी हुन् ‘कुलिङ पिरियड’ बबण्डरको छानबिन गर्ने समितिका सदस्यहरू सोमबार, असार २३, २०८२
१५ लाख धेरौटी तिर्न नसकेपछि युनुस अन्सारी कारागार चलान सोमबार, असार २३, २०८२
रसुवामा बाढी‍ : १८ जना सम्पर्कविहीन, ९ जनाको उद्धार मंगलबार, असार २४, २०८२
हिमताल फुटेर रसुवामा बाढी आएको आशंका मंगलबार, असार २४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
उडानमै यात्रीको आइफोन चोरी भएपछि 'फ्लाइट क्रु'का सबै जना निलम्बित मंगलबार, असार १७, २०८२
समिति सभापति र सचिवले राजीनामा नगरेसम्म समिति बैठक चल्दैन : सापकोटा मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्