एजेन्सी- कालो हरिण मुद्दामा जोधपुर अदालतले बलिउड सुपरस्टार सलमान खानलाई अन्तत: ५ वर्षको सजाय सुनाएको छ। कम्तीमा २ वर्षको जेल सजाय माग गरेका सलमानको निवेदनलाई अस्वीकार गर्दै अदालतले ५ वर्षको जेल सजाय सुनाएको हो । सलमानलाई जेल सजायसँगै १० हजार भारतीय रुपैयाँ जरिवाना तोकिएको छ। फैसलापछि सलमानलाई जोधपुरको केन्द्रीय जेल चलान गरिएको छ ।
दुई दशक पुरानो मुद्दामा अदालतले सलमानलाई सो सजाय सुनाएको हो। सो मुद्दामा अभियोग खेप्दै आएका सैफ अलि खान, यानी तब्बु, नीलम र सोनालीलाई भने सफाइ दिइएको छ। हिजो मात्र सलमान आफ्ना परिवारसहित जोधपुर पुगेका थिए । सन् १९९८ मा जोधपुरमा आफ्नो फिल्म ‘हम साथ–साथ है’को सुटिङको क्रममा सलमानले कालो हरिण सिकार गरेको आरोप लागेको थियो ।
सलमानका वकिलले उनलार्इ बढीमा २ वर्षको सजाय माग गरेका थिए। २ वर्षको सजाय भएको भए सलमान जमानतमा रिहा हुने थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।