• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज २४, २०८३ Sat, Oct 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

कसरी तोडियो सिन्डिकेट ? कारण यस्तो छ

64x64
नेपाल लाइभ बिहीबार, चैत २२, २०७४  २३:१८
1140x725

काठमाडौं– १० वर्षअघि यातायात व्यवसायीहरुले विभिन्न माग राख्दै आन्दोलन गरेका थिए।  उनीहरुको प्रमुख माग यातायात समितिहरुको सिफारिसमा मात्र रुट परमिट दिनुपर्ने भन्ने थियो। यातायात व्यवस्था विभागका महानिर्देशक रहेका योगेन्द्रमणि पोखरेलले व्यवसायीको माग पूरा गर्न नसकिने बताए। व्यवसायीले आन्दोलन चर्काउँदै लगे। माग पूरा गराउन उनीहरुले देशभर यातायात ठप्प पारे। 

संक्रमणकालीन सरकार रहेको त्यो समयमा यातायात व्यवसायीहरु मन्त्रीहरुलाई प्रभावमा पार्न सक्ने हैसियतमा थिए। फलस्वरुप देशव्यापी यातायात हड्ताल गरेको पहिलो दिनमै सरकारले उनीहरुको माग पूरा गरिदियो। गृह मन्त्रालयमा रातिसम्म भएको छलफलपछि तत्कालीन गृहमन्त्री कृष्णप्रसाद सिटौलाले व्यवसायीको माग पूरा गर्ने वचन दिए। त्यसयता विभागको महानिर्देशक भएका शरदचन्द्र पौडेलले पनि सिन्डिकेट तोड्न निकै प्रयास गरे। तर, राजनीतिक नेतृत्व अन्तिममा व्यवसायीको पक्षमा उभिँदा उनको पनि केही लागेन। 

पुराना यातायात व्यवसायीसँग समन्वय नै नगरी गत महिना यातायात व्यवस्था विभागले नयाँ कम्पनी मयुर यातायातलाई काठमाडौंबाट बनेपासम्मको रुट इजाजत दियो। त्यसको विरोध हुने आकलन विभागका अधिकारीहरुलाई पहिल्यै थियो। त्यस विषयमा विभागका महानिर्देशक रुपनारायण भट्टराईले मन्त्रालय, प्रधानमन्त्री कार्यालय तथा गृह मन्त्रालयका अधिकारीहरुसँग छलफल गरे। महानिर्देशक भट्टराईको भनाइ थियो, ‘दबावमा पछाडि हट्ने हो भने अगाडि नै नबढौं।’ सबैले उनको प्रस्तावमा साथ दिएपछि यातायातसँग सम्बन्धित यातायात व्यवस्थापन कार्यविधि निर्देशिका संशोधन भयो र नयाँ कार्यविधिहरु समेत मन्त्रिपरिषद्बाट गत साता पारित भए। जसलाई भट्टराईले आइतबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेका थिए। 

Ncell 2
Ncell 2
nimb
nimb

कोटेश्वर पूर्वका १३ वटा यातायात समितिले मयुर यातायात विरुद्ध संयुक्त रुपमा आन्दोलन सुरु गरेकै दिनमा उनले नयाँ निर्देशिका सार्वजनिक गरी नीतिगत रुपमै देशभर सिन्डिकेट अन्त्य गर्ने अभियान सुरु गरिएको घोषणा गरे। उता व्यवसायीहरुले आन्दोलन चर्काउँदै लगे। २१ गते कोटेश्वर पूर्वका अरनिको लगायत १३ वटा समितिले सेवा नदिएपछि यात्रु समस्यामा परे। यसको विकल्पबारे अघिल्लो दिन नै विभागका अधिकारीले गृहमन्त्री रामबहादुर थापासँग छलफल गरेका थिए। सोही अनुसार भोलिपल्ट मयुर तथा साझा यातायात लगायतलाई प्रहरी सुरक्षा दिएर चलाइयो। अन्य ६ वटा यातायात कम्पनीका बसहरु धुलिखेलसम्म पुगे। 

यही विकल्पपछि सिन्डिकेट पक्षधर यातायात व्यवसायी घुँडा टेक्दै रक्षात्मक बन्न बाध्य भए। सरकारले काउन्टर दिने क्रममा धुलिखेलसम्मको अस्थायी रुट इजाजत पाएका आठ यातायात कम्पनीले स्थायी अनुमति नै पाउने भएका छन्। यो घटनाबाट उत्साहित भएका विभागका अधिकारीहरु भन्छन्– ‘अब देशभर सिन्डिकेट यसैगरी तोडिनेछ।’ देशभरि नयाँ बस सेवा सञ्चालनमा व्यवसायीहरुले पहल सुरु गरिसकेका छन्। सरकारले जनताको लागि बनाइदिएको सडक कब्जा गरी सिन्डिकेट पक्षधर व्यवसायीहरुले सिंगो राज्य संयन्त्रलाई नै आफ्नो हात लिएर सार्वजनिक यातायातमा ‘लुट’ मच्चाउँदै आएका थिए। यस पटक उनीहरु कसरी पछि हटे त? 

Xtrem
Xtrem

‘राजनीतिक नेतृत्वकै अडान नलिएको भए हामी सफल हुने थिएनौं, सरकारको तर्फबाट पूर्ण रुपमा सहयोग पायौं’, विभागका महानिर्देशक भट्टराई भन्छन्, ‘गृहदेखि प्रधानमन्त्री कार्यालयबाट पूर्णरुपमा सहयोग छ। विगतमा व्यवसायीहरुको लबिङपछि सरकार पछाडि हट्ने अवस्था हुन्थ्यो, यस पटक त्यस्तो भएन।’ प्रधानमन्त्री कार्यालयले चैत ८ गते नै यातायात व्यवस्था विभागलाई पत्राचार गरी सिन्डिकेट पक्षधर व्यवसायी विरुद्ध कारबाही गर्न निर्देशन दिएको थियो। विभागका एक कर्मचारी भन्छन्, ‘देशमा स्थिर सरकार कति बलियो हुँदो रहेछ भन्ने महसुस गरेका छौं। सायद सरकार बलियो नभएको भए यो प्रकरणमा अडान लिन सक्ने थिएन।’ 

२०४९ सालमा बनेको यातायात व्यवस्था ऐनमा यातायात समितिहरुको कुनै अधिकार छैन। तर, उनीहरुले दबाव दिएकै भरमा यातायात व्यवस्थापन कार्यविधिमा समितिको सिफारिसमा मात्र रुट परमिट दिने प्रावधान राखेका थिए। जसलाई हटाएर हालै सरकारले कम्पनी रजिष्टारमा दर्ता भएर विभागमा पञ्जीकरण हुने कुनै पनि कम्पनीले जुनसुकै सडकमा गाडी चलाउन प्रावधान लागू गर्‍यो। यसको प्रभाव देशभरि देखिएको र नयाँ कम्पनीहरु गाडी चलाउन यातायात कार्यालय पुगेको विभागका महानिर्देशक भट्टराईले भने। एक वर्षभित्रै देशभरका सडकमा सिन्डिकेट अन्त्य हुने विभागका अधिकारीहरु बताउँछन्।

यातायात क्षेत्रलाई थप सुधार गर्न विभागले इजाजत नवीकरण गर्दा पनि कम्पनी दर्ता अनिवार्य चाहिने प्रावधान लागू गर्न लागेको छ। अब यातायात व्यवसायीहरु कम्पनीमा दर्ता हुन अनिवार्य भएको छ। चालक र सहचालकलाई पनि उनीहरुले अनिवार्य रुपमा नियुक्तिपत्र दिनुपर्नेछ। सिन्डिकेटको यो घटनालाई धेरैले केपी ओली नेतृत्वको सरकारको ‘पहिलो परीक्षा’ ठानेका थिए। ओली सरकार पहिलो परीक्षामा सफल भएको छ। सरकारको यो सफलतामा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले पनि स्वागत गरेको छ। आशा गरौं, देशको पहिलो स्थिर सरकारले प्रतिपक्षीबाट समेत स्वागत हुने यस्ता निर्णयलाई निरन्तरता दिएर जनताको भरोसाको केन्द्र बन्नेछ।

प्रकाशित मिति: बिहीबार, चैत २२, २०७४  २३:१८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
‘निजामती प्रशासनलाई कठपुतली बनाउन खोजियो, कर्मचारी त्रासमा छन्’: महासचिव पोखरेल
दिल्लीमा प्रदर्शन गर्न पुगेका केजरीवाल र ममता बनर्जीसहित एक हजारभन्दा बढी पक्राउ
राजनीतिमा आफ्नो विचार, नीति र विश्वासप्रति स्पष्ट र अडिग हुनुपर्छ : शशांक कोइराला
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
‘निजामती प्रशासनलाई कठपुतली बनाउन खोजियो, कर्मचारी त्रासमा छन्’: महासचिव पोखरेल शनिबार, असोज २४, २०८३
दिल्लीमा प्रदर्शन गर्न पुगेका केजरीवाल र ममता बनर्जीसहित एक हजारभन्दा बढी पक्राउ शनिबार, असोज २४, २०८३
राजनीतिमा आफ्नो विचार, नीति र विश्वासप्रति स्पष्ट र अडिग हुनुपर्छ : शशांक कोइराला शनिबार, असोज २४, २०८३
घरायसी काममा सुरक्षाकर्मी खटाएको देखे उजुरी गर्न गृह मन्त्रालयको आग्रह शनिबार, असोज २४, २०८३
घटस्थापनाको पूर्वसन्ध्यामा सिमरियाघाटमा गङ्गास्नान गर्ने भक्तजनको घुइँचो शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्