• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज २४, २०८३ Sat, Oct 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

धरहरा छेउको जग्गामा आर्थिक चलखेल ! गुठीकै मिलेमतो

64x64
नेपाल लाइभ बिहीबार, चैत २२, २०७४  २२:५८
1140x725

काठमाडौं– भूकम्पले ढलेको धरहरा बनाउन सरकारले वरिपरिको थप जग्गा खोजिरहेका बेला गुठी संस्थानले सुन्धारस्थित धरहराछेउको जग्गा सस्तो मूल्यमा भाडामा दिएको छ। भवन समेत बनाउनेगरी ५ वर्षका लागि जग्गा लिजमा दिएपछि स्थानीय र संरक्षणकर्मीहरु आन्दोलनमा उत्रेका छन्। धरहरासँगै जोडिएको दक्षिणतर्फको ९ आना जग्गा गुठीले व्यापारिक प्रयोजनका लागि अमात्य सप्लायर्स नामक कम्पनीलाई पाँच वर्षका लागि लिजमा दिएको हो। 

कम्पनीले लिजमा लिएको जग्गामा भवन बनाउन थालेपछि स्थानीय तथा संरक्षणकर्मीहरु विरोधमा उत्रेका छन्। चलखेलका आधारमा गुठी संस्थानले जग्गा भाडामा दिएको आरोप स्थानीयहरुले लगाइरहँदा काठमाडौं महानगरपालिकाले त्यसमा छानबिन सुरु गरेको छ। उजुरीका आधारमा महानगरपालिकाले छानबिन थालेको हो। भवन निर्माणबाट नजिकैका घरहरु छेकिनुका साथै धरहरा क्षेत्रलाई समेत असर पार्ने भन्दै स्थानीय र संरक्षणकर्मीले विरोध गरेका छन्। भवन निर्माण रोक्न उनीहरुले उच्च अदालत पाटनलाई समेत गुहारेका थिए। तर, उच्च अदालतले उक्त जग्गा गुठी संस्थानको नाममा रहेकाले निवेदकको सरोकार नदेखिएको भन्दै मुद्दा खारेज गर्‍यो। 

मुद्दा खारेज भएसँगै अमात्य सप्लायर्सले भवन निर्माणका लागि महानगरपालिकाबाट नक्सा पास गराएर भवन निर्माणका लागि जग खन्ने काम गरिरहेको छ। गुठी संस्थानसँग जग्गा लिँदा उक्त क्षेत्रमा कंक्रिटको पर्खाल बनाउन नपाइने सम्झौता भए अनुसार कम्पनीले फलामको सहारामा दुईतले भवन बनाउने नक्सा महानगरपालिका पास गराएको थियो। केही दिनअघि भवन निर्माणका लागि मध्यरातमा स्काभेटरले खन्न थालेपछि त्यस विरुद्ध स्थानीयले प्रहरी कार्यालयमा निवेदन दिए। प्रहरीले उक्त क्षेत्रमा विवाद समाधान गरेर मात्र भवन बनाउन सबै पक्षलाई आग्रह गरेको छ।  

Ncell 2
Ncell 2
nimb
nimb

महानगरीय प्रहरी वृत्त जनसेवाका डिएसपी टेकुनन्द लिम्बूले आफूहरुले शान्ति–सुरक्षाको पाटो मात्र हेरेको र थप छानबिन महानगरपालिकाबाट भइरहेको बताए। नौ आना एक पैसा जग्गा रहेको उक्त जग्गा भीम भक्तेश्वर गुठीको नाममा छ। सो जग्गा गुठी संस्थान अन्तर्गत रहेको गुठी तैनाथ (मोही नलाग्ने) हो। उक्त जग्गामा दुई तलामा गरी करिब नौ/नौ कोठाको पसल निर्माण गरेर भाडामा लगाउने सप्लायर्सको तयारी छ।  तत्कालै धरहरा पुनर्निर्माण सुरु हुने नदखिएकाले खाली राख्नुभन्दा भाडामा दिने निर्णय गरेको गुठी संस्थानका प्रमुख बैकुण्ठ रेग्मी बताउँछन्। 

सो जग्गा काठमाडौं महानगरपालिको वडा नम्बर ११ मा पर्छ। ११ नम्बर वडाका वडा अध्यक्ष हिरालाल मर्हजनले यसअघि विभिन्न समयमा जनताको आग्रह अनुसार आफूले भवन निर्माण रोकेको बताए। महानगरबाट भवन निर्माणका लागि नक्सा समेत पास भइसकेकाले अब रोक्ने निर्णय पनि महानगरपालिकाले गर्नुपर्ने उनी बताउँछन्। ‘महानगरपालिकाबाट नक्सा पास भइसकेको अवस्थामा भवन निर्माण कार्य वडाले रोक्दा हामीमाथि अवहेलना मुद्दा लाग्छ’, उनले भने।

Xtrem
Xtrem

जग्गामा भवन निर्माण गर्दा धरहरा पुनर्निर्माण कार्यमा समेत असर पर्ने स्थानीयको दाबी छ। उनीहरुले खारेजी हुने क्रममा रहेको गुठी संस्थानले आर्थिक चलखेलका आधारमा टेन्डरमा दिने सूचना निकालेको आरोप पनि लगाएका छन्। स्थानीय तह मातहत गएपछि संस्थान खारेज हुनेछ। असन, न्युरोड र सुन्धारा जस्ता घनाबस्ती भएको क्षेत्रमा रहेको खाली जग्गामा भवन निर्माण गर्न नहुने स्थानीयको तर्क छ। गुठी संस्थान आर्थिक अवस्था कमजोर भएको संस्था नभएकाले यसलाई मिलेमतोमा भएको कार्यको रुपमा आफूहरुले विरोध गरेको उनीहरुले बताएका छन्। मासिक प्रतिपसल करिब एक लाख रुपैयाँ भाडा लाग्ने ठाउँको जग्गा सस्तोमा दिइएको समेत उनीहरुको आरोप छ। नौ आना एक पैसा जग्गा गुठी संस्थानले मासिक २ लाख ७७ हजार रुपैयाँ भाडा लिनेगरी कम्पनीलाई भाडामा दिएको हो। 

गुठी संस्थाका प्रमुख रेग्मीले भने स्थानीयले लगाएको आरोप गलत भएको बताए। सार्वजनिक सञ्चार माध्यममा सूचना प्रकाशन गर्दै उक्त जग्गा लिजमा उनले दिएको बताए। ‘हामीले पारदर्शी रुपमा टेन्डर गरेर जग्गा भाडामा दिएका छौं’, उनले भने, ‘वर्षौंदेखि गुठीको जग्गा मिचेका व्यक्तिको अगुवाइमा यो विरोध भएको हो।’ जग्गासँगै जोडिएका पसल र घरहरुले गुठीको जग्गा प्रयोग गरिरहेका र उक्त जग्गा फिर्ता गर्नुपर्ने दबावका कारण समेत यसको विरोध भएको उनको तर्क छ। जग्गा भाडामा दिइएको विवादबारे छानबिन गर्न उपमेयरको नेतृत्वमा महानगरले १५ सदस्य समिति गठन गरेको छ। वडा नम्बर २२ र ११ का प्रतिनिधि र स्थानीयलाई समेट्दै महानगरले कमिटी गठन गरेको हो।

प्रकाशित मिति: बिहीबार, चैत २२, २०७४  २२:५८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
‘निजामती प्रशासनलाई कठपुतली बनाउन खोजियो, कर्मचारी त्रासमा छन्’: महासचिव पोखरेल
दिल्लीमा प्रदर्शन गर्न पुगेका केजरीवाल र ममता बनर्जीसहित एक हजारभन्दा बढी पक्राउ
राजनीतिमा आफ्नो विचार, नीति र विश्वासप्रति स्पष्ट र अडिग हुनुपर्छ : शशांक कोइराला
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
‘निजामती प्रशासनलाई कठपुतली बनाउन खोजियो, कर्मचारी त्रासमा छन्’: महासचिव पोखरेल शनिबार, असोज २४, २०८३
दिल्लीमा प्रदर्शन गर्न पुगेका केजरीवाल र ममता बनर्जीसहित एक हजारभन्दा बढी पक्राउ शनिबार, असोज २४, २०८३
राजनीतिमा आफ्नो विचार, नीति र विश्वासप्रति स्पष्ट र अडिग हुनुपर्छ : शशांक कोइराला शनिबार, असोज २४, २०८३
घरायसी काममा सुरक्षाकर्मी खटाएको देखे उजुरी गर्न गृह मन्त्रालयको आग्रह शनिबार, असोज २४, २०८३
घटस्थापनाको पूर्वसन्ध्यामा सिमरियाघाटमा गङ्गास्नान गर्ने भक्तजनको घुइँचो शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्