• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, मंसिर २५, २०८२ Thu, Dec 11, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

घुस बार्गेनिङ गर्ने सञ्चारमन्त्रीमाथि ३ अभियोगमा हुन सक्छ छानबिन

64x64
दुर्गा दुलाल शुक्रबार, फागुन ९, २०७६  ०७:३०
1140x725

काठमाडौ- सूचना तथा सञ्चार प्रविधिमन्त्री रहेका गोकुल बाँस्कोटाले पुस २४ गते मन्त्रीपरिषद्को निर्णय सार्वजनिक गर्दै सेक्युरिटी प्रिन्टिङ प्रेसका विषयमा सोधिएको प्रश्नमा आफ्नो खेत किन्न पैसा नमाग्ने भएकाले पारदर्शी हुने दाबी गरेका थिए।

उक्त भनाइ राखेको दुई महिना नपुग्दै ७० करोड घुसकाण्डमा बाँस्कोटाको अडियो नै सार्वजनिक भएको छ। उक्त अडियोअनुसार उनले स्वीस एजेन्टसँग कमिसन रकमका बारेमा कुराकानी गरेका छन्।

अडियो सार्वजनिक भएलगत्तै चौतर्फी रुपमा आलोचना भएकाले उनले सञ्चारमन्त्रीबाट राजिनामा समेत दिए।

नेपालमा स्थापना हुन लागेको सेक्युरिटी प्रेसका लागि विदेशी कम्पनीको सामान खरिद गर्दा मन्त्रीको रुपमा यति ठूलो घुसको डिल भएको पहिलोपटक भएको हो।

यसअघि मन्त्रीपरिषदको नीतिगत निर्णयका सहारामा भ्रष्टाचार हुने गरेको भएपनि  मन्त्रीले नै माग्ने गरेको कुरा सार्वजनिक भएको थिएन।

यती होल्डिङ्सलाई सरकारी जग्गादेखि बालुवाटार र शिविरका लडाकुहरुको भ्रष्टाचारजस्ता प्रकरणहरुमा मन्त्रीपरिषद्मार्फत नीतिगत निर्णय गर्दै भ्रष्टाचार भएको भन्दै आलोचना हुने गरेको थियो। 

तर‚ नेपालको राजनीतिक इतिहासमा पहिलो पटक कुनै विभागीय मन्त्रीले घुसको रकम बार्गेनिङ गरेकाले उनीमाथि विद्यमान तीन कानुनअनुसार कारबाहीका लागि आकर्षित हुने देखिन्छ।

भ्रष्टाचार निवारण ऐन, सम्पत्ति शुद्धीकरण र अनुचित कार्यमा बाँस्कोटामामाथि छानबिन हुन सक्ने देखिन्छ।

Ncell 2
Ncell 2

मन्त्रीका रूपमा विदेशी कम्पनीको एजेन्टसँग रकमको बार्गेनिङ गरेकाले उनले अनुचित कार्य गरेकाले राष्ट्रिय सतर्कता केन्द्रले बयान लिन सक्छ।

मन्त्रीको रुपमा अनुचित कार्य गरेको भन्दै सतर्कता केन्द्रले उनीमाथि भ्रष्टाचार मुद्दा दायर गर्न अख्तियारलाई लेखी पठाउन सक्नेछ।  

भ्रष्टाचार निवारण र सम्पत्ति शुद्धीकरण 
सम्पत्ति शुद्धीकरण निवारण ऐनविरुद्धको कार्यमा पनि सम्पत्ति शुद्धीकरण विभागले उनीमाथि अनुसन्धान गर्न सक्ने  नेपाल बार एसोसियसनका पूर्व महासचिव एवं अधिवक्ता सुनिलकुमार पोखरेलले बताए।

मन्त्रीले कुनै विदेशी कम्पनीसँग गैरकानुनी रुपमा रकमको डिल गरेर लिएको हुनसक्ने र सम्पत्ति शुद्धीकरण गरे/नगरेको बारेमा विभागले अध्ययन अनुसन्धान गर्न सक्ने अधिवक्ता पोखरेलको भनाइ छ।

बाँस्कोटामाथि भ्रष्टाचार निवारण ऐनअनुसार पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गर्न सक्नेछ।

भ्रष्टाचार निवारण ऐनको दफा ३ अनुसार उनीमाथि अख्तियारले अनुसन्धान गर्न सक्ने देखिन्छ।

भ्रष्टाचार निवारण ऐनको दफा ३ मा र उपदफा १ बाँस्कोटाको हकमा आकर्षित हुने देखिन्छ।

राष्ट्रसेवक वा अन्यले घुस लिन मञ्जुर भएमा रिसवत लिने र दिनेमा सजाय गर्ने व्यवस्था गरेको छ।

मन्त्री बाँस्कोटाले अडियोमा स्वीस एजेन्ट विजय मिश्रसँग ७० करोड लिन स्वीकार गरेका छन्। उनले कतै पनि उक्त रकम आफूले नलिने भनेका छैनन्।

उक्त दफाअनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गर्न सक्ने देखिन्छ।

अख्तियारले अधिकतम तीन महिना कैद र २५ हजार जरिवाना माग गर्दै मुद्दा दायर गर्न सक्नेछ।

मन्त्री पदमा कायम रहँदा गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरेको अभियोगमा अख्तियारले अकुत सम्पत्ति छानबिन गर्न भने जुनसुकै समयमा बाटो खुल्ला रहेको छ। 

राष्ट्रिय सतर्कता केन्द्र र सम्पत्ति शुद्धीकरण विभागले अवैध तरिकाले सम्पत्ति जोडेको हुनसक्ने आशंकामा छानबिन उक्त अडियोमाथि छानबिन गर्न सक्छ।

प्रकाशित मिति: शुक्रबार, फागुन ९, २०७६  ०७:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दुर्गा दुलाल
नेपाल लाइभका चिफ रिपोर्टर दुलाल कानुन तथा सुशासन बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सुन तस्करी प्रकरण : उच्च तहका राजनीतिक व्यक्तिहरु तस्करसँग पटक–पटक सम्पर्कदेखि केहीलाई पुन: अभियोगपत्र दर्ता गर्नसम्म सिफारिस 
अब्बल न्यायाधीशको बहिर्गमन : सबै फाँटमा खरो उत्रेका न्यायाधीश खतिवडाको अवकाश
गिरिबन्धु टि-स्टेटको जग्गा विवाद : केपी ओलीको समयमा भएकाे  ‘नीतिगत भ्रष्टाचार’ मा न्यायाधीश खतिवडाको अन्तिम फैसला
सम्बन्धित सामग्री
बहुविवाहको आरोपमा डिएसपी नेपाल पक्राउ ‘बहुविवाहको केस परेपछि उहाँ आफैँ हिजो साँझ आउनुभएको थियो, उहाँलाई पक्राउ गरेर म्याद थप गरिएको छ,’ एसपी क्षेत्रीले भने। बुधबार, मंसिर २४, २०८२
इजरायली नागरिकमाथि आक्रमणमा संलग्न दुई जना पक्राउ पक्राउ पर्नेमा काभ्रपलान्चोकको तेमाल गाउँपालिका–६ घर भइ हाल काठमाडौंको स्वयम्भूमा बस्दै आएका २६ वर्षीय पेम्बा तामाङ, र नुवाकोटको ताँ... सोमबार, मंसिर २२, २०८२
‘टुनामुना’ लगाएको आरोपमा सिटी-सफारी चालकको हत्या, ७ जना पक्राउ । पक्राउ परेका मुख्य योजनाकारहरू रामधुनी–१ झुम्काका दाजुभाइ राजकिशोर साह (राजेश) र नन्दकिशोर साह हुन् ।चौधरीको हत्या गर्न राजेशले ६... सोमबार, मंसिर २२, २०८२
ताजा समाचारसबै
सरकार जेनजी सम्झौता : सुदनलाई मेरो जेठो छोरो भन्दै प्रधानमन्त्रीले दिइन् धन्यवाद बुधबार, मंसिर २४, २०८२
सरकार र जेनजीबिच भएको सहमतिका यी हुन् दश बुँदा :  ‘नो भोट’ देखि सम्पत्ति छानबिनसम्म (पूर्णपाठ) बुधबार, मंसिर २४, २०८२
जेनजी आन्दोलनलाई सरकारले दियो जनआन्दोलनको मान्यता बुधबार, मंसिर २४, २०८२
काठमान्डु गोर्खाजलाई हराउँदै लुम्बिनी लायन्स दोस्रो क्वालिफायर बुधबार, मंसिर २४, २०८२
संविधान असफल भएका वेलाको चुनावले देशलाई संकटमा धकेल्छ : राजेन्द्र लिङ्देन बुधबार, मंसिर २४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरु मंगलबार, मंसिर २३, २०८२
कुलमानद्वारा सर्वोच्चको आदेश लक्षित प्रतिक्रिया– मैले सकिनँ भनेपछि सरुवा गरेको हो, प्रतिशोध साँधेर होइन मंगलबार, मंसिर २३, २०८२
प्रभु बैंकका रेमिट्यान्स विभाग प्रमुख शाक्य पक्राउ, १ अर्ब रुपैयाँ नोक्सानीको आरोप बुधबार, मंसिर २४, २०८२
एनपीएल: सुदूरपश्चिम फाइनलमा, विराटनगरलाई अर्को मौकाको पर्खाइ मंगलबार, मंसिर २३, २०८२
बहुविवाहको आरोपमा डिएसपी नेपाल पक्राउ बुधबार, मंसिर २४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरु मंगलबार, मंसिर २३, २०८२
अंशु गौतमको हत्या अनुसन्धानका लागि छिमेकी पक्राउ आइतबार, मंसिर २१, २०८२
अख्तियारले अनुसन्धान थालेपछि आक्रोशित बने हर्क साम्पाङ बिहीबार, मंसिर १८, २०८२
कुलमानप्रति पोखरेलको टिप्पणी- ‘लोडसेडिङ हटाउने योजना एउटाको, जस पायो अर्कोले, पार्टी खोल्यो तेस्रोले’ बिहीबार, मंसिर १८, २०८२
मलाई जसरी पनि पक्राउ गर्नपर्‍यो भनेर प्रधानमन्त्री लाग्नुभएको छ : ओली शनिबार, मंसिर २०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्