• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज २७, २०८२ Mon, Oct 13, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

डा बाबुरामको निर्णयले नेपाल ट्रष्टको १७० रोपनी जग्गा पाउने मोही को-को हुन्? [सूचीसहित]

64x64
उत्तम काप्री आइतबार, फागुन ४, २०७६  २१:१०
1140x725

काठमाडौं- डा बाबुराम भट्टराई नेतृत्वको सरकारले काठमाडौंको थानकोट र मातातीर्थमा रहेको करिब एक सय ७० रोपनी सरकारी जग्गा ७८ जनाका नाममा नामसारी गराएको खुलेको छ। नीतिगत निर्णय गर्न पाउने मन्त्रिपरिषद्को अधिकार दुरुपयोग गर्दै भट्टराई सरकारले नेपाल ट्रष्टका नाममा गइसकेको स्वर्गीय राजा वीरेन्द्र र राजपरिवारका सदस्यको नाममा रहेको सो जग्गा नामसारी गराएको पाइएको हो। भट्टराई नेतृत्वको मन्त्रिपरिषद् बैठकले २०६९ भदौमा यस्तो निर्णय गरेको थियो। 

नेपाल लाइभको खोजमा मन्त्रिपरिषद्को सो निर्णयलगत्तै सुरु भएको नेपाल ट्रष्टको जग्गाको नामसारी गर्ने प्रक्रिया २०७४ सालसम्म पनि नामसारी भइरहेको देखिएको छ। मालपोत कार्यालय कलंकीको विवरणअनुसार मातातीर्थमा रहेको ट्रष्टको जग्गा मोही भन्दै ३५ जनाका नाममा नामसारी भएको छ। यसैगरी, थानकोटमा रहेको ट्रष्टकै जग्गा ४३ जना मोही कायम गरेर नामसारी गरिएको पाइएको छ।

२०६९ भदौमा तत्कालीन प्रधानमन्त्री डा भट्टराईको नेतृत्वको सरकारले ट्रष्टको नाममा रहेको मातातीर्थ र थानकोटको १ सय ७० भन्दा बढी जग्गा व्यक्तिको नाममा सार्ने निर्णय गरेको थियो। यो विषयमा पहिलो पटक नेपाल लाइभले माघ २५ मा समाचार प्रकाशन गरेको थियो।

‘हाल नेपाल ट्रष्टको कार्यालयको नाममा दर्ता भएका तत्कालीन राजपरिवारका विभिन्न सदस्यहरूको नाममा दर्ता रहेका साविकका फर्मायसी बिर्ता जग्गाहरू सम्बन्धित जग्गा कमाउने जोताहा/मोहीका नामका दर्ता गर्ने विषय प्रस्ताव– मन्त्रिपरिषदको विधेयक समितिमा छलफल गरी समितिको निर्णय बमोजिम गर्ने,’ मन्त्रिपरिषद् बैठकको निर्णयमा उल्लेख गरिएको थियो।

यही निर्णयमा टेकेर मालपोत कार्यालय कलंकीले सरकारका नाममा आइसकेको जग्गा मोही भन्दै विभिन्न व्यक्तिका नाममा नामसारी गरिदिएको थियो। एकै व्यक्तिका नाममा ९ रोपनी जग्गासम्म नामसारी भएको देखिन्छ भने केही मोहीहरूको पूर्ण नाम समेत उल्लेख गरिएको छैन।

मन्त्रिपरिषद्ले ट्रष्टको जग्गा व्यक्तिलाई बाँढ्ने तयारी गरेको खुलेपछि त्यहीबेला विवाद भएको थियो। तर सरकारले सो विषयमा खासै चासो देखाएन। बरू उल्टै सरकारले व्यक्तिका नाममा जाने गरी निर्णय गरिदियो। 

चार कित्ता जग्गासम्म विभिन्न मितिमा एकै व्यक्तिका नाममा नामसारी भएको नेपाल लाइभले प्राप्त गरेको मालपोतको विवरणले देखाउँछ। मालपोतले निर्णय गर्दा ‘नेपाल ट्रष्ट र मोहीको नाममा दोहोरो श्रेस्ता देखिएको’ भन्दै ट्रष्टको नाम हटाएर मोहीको नाममा जग्गदर्ता गरेको देखिन्छ। मोहीयानी हकका रुपमा व्याक्तिका नाममा पुगेको जग्गा कित्ताकाट भएर अहिले विभिन्न व्यक्तिको नाममा नामसारी भइसकेको खुलेको हो।

Ncell 2
Ncell 2

यसरी सारियो जग्गा
गणतन्त्रको घोषणासँगै दरबार हत्याकाण्डमा मारिएका राजा वीरेन्द्र शाह र राजपरिवारका नाममा रहेको जग्गा र सम्पत्ति व्यवस्थापनका लागि सरकारले नेपाल ट्र‍ष्ट स्थापना गरी ट्रष्टका नाममा ल्याएको थियो।

सोही निर्णयअनुसार सरकारले नेपाल ट्रष्ट ऐन २०६४ जारी गरेर जग्गा खोजी सुरु गरेको थियो। सम्पत्ति खोजीका क्रममा ट्रष्टको कार्यालयले काठमाडौंको मातातीर्थ र थानकोटमा रहेको ७७ कित्ताको १ सय ७० रोपनीभन्दा बढी जग्गा राजपरिवारका नाममा रहेको फेला पारेपछि ट्रष्टको नाममा ल्याएको थियो। अहिले ट्रष्टले सार्वजनिक गरेको २०७४/०७५ को सम्पत्ति विवरण हेर्ने हो भने ती जग्गा ट्रष्टकै सम्पत्तिका रूपमा राखिएको देखिन्छ। 

तर, २०६९ साल भदौ ११ मा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले मातातीर्थ र थानकोटको जग्गा सम्बन्धित जग्गा कमाउने जोताहा/मोहीका नामका दर्ता गर्ने विषय प्रस्ताव मन्त्रिपरिषदको पेस गर्ने गरी प्रस्ताव तयार पारेको थियो।

मन्त्रिपरिषद्ले ट्रष्टको जग्गा व्यक्तिलाई बाँढ्ने तयारी गरेको खुलेपछि त्यहीबेला विवाद भएको थियो। तर सरकारले सो विषयमा खासै चासो देखाएन। बरू उल्टै सरकारले व्यक्तिका नाममा जाने गरी निर्णय गरिदियो। 

‘हाल नेपाल ट्रष्टको कार्यालको नाममा दर्ता भएका तत्कालीन राजपरिवारका सदस्यका नाममा दर्ता रहेका साविकका फर्मायसी बिर्ता जग्गा सम्बन्धित जग्गा कमाउने जोताहा/मोहीका नामका दर्ता गर्ने प्रस्ताव– मन्त्रिपरिषदको विधेयक समितिमा छलफल गरी समितिको निर्णयबमोजिम गर्ने’ भन्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ट्रष्टको जग्गा व्यक्तिका नाममा नामसारी गराउने कानुनी बाटो खोलिदिएको थियो। 

प्रस्ताव पेस भएपछि २०६९ भदौ २५ मा तत्कालीन प्रधानमन्त्री भट्टराईको नेतृत्वमा बसेको मन्त्रिपरिषद्को बैठकले ‘उक्त प्रस्तावअनुसार नै निर्णय गर्ने’ भन्दै ट्रष्टको जग्गा मोहीका नाममा लैजाने बाटो बनाइदियो। सोही निर्णयका अनुसार मालपोत कार्यालयल कंलकी २०६९ पुसदेखि ट्रष्टको जग्गा व्यक्तिको नाममा नामसारी गरेको हो। 

मातातीर्थ र थानकोटको जग्गाबारे प्रसंग निस्कँदा पनि डा भट्टराई भने खण्डन गर्दै आएका छन्।

मालपोत कार्यालयका सूचना अधिकारी नीलकण्ठ काफ्लेले नेपाल सरकारको निर्णयअनुसार ट्रष्टका नाममा रहेका जग्गा सम्बन्धित मोहीका नामका सारिएको बताउँछन्। 

उक्त निर्णयपछि कार्यालयले सार्वजनिक सूचना प्रकाशन गर्दै ट्रष्टको जग्गा व्यक्तिको नाममा सारिएको उनले जानकारी दिए। 

‘माततीर्थ र थानकोटमा रहेको तत्कालीन राजपरिवारको सदस्यको नाममा रहेको जग्गा २०६४ सालमा ट्रष्टको नाममा गएका कतिपय जग्गामा दोहोरो श्रेस्ता कायम भएको देखिन्छ,’ काफ्लेले भने, ‘यसरी दोहोरो श्रेस्ता कायम भएको र मोहीले कमाइरहेको छ भने  उनीहरुकै नाममा जग्गा दर्ता गर्ने निर्णय पछि प्रक्रिया बमोजिम मोहीका नाममा दर्ता गरिएको छ।’

बाबुरामको निर्णय कति वैध?
ललिता निवासको १ सय १४ रोपनी जग्गा व्यक्तिका नाममा पुगेको विषयमा समेत अनुसन्धानमा तानिएका थिए पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई। सो प्रकरणमा पर्दा उनले आफूले बदमासी नगरेको दाबी गर्दै आएका छन्। मातातीर्थ र थानकोटको जग्गाबारे प्रसंग निस्कँदा पनि उनले खण्डन गर्दै आएका छन्।

त्यसो भए के उनको सो निर्णयको धरातल स्वच्छ छ त? यो बुझ्न प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको २ वर्षको कामबारे संसद्‍मा दिएको जानकारीमा उल्लेख गरिएका विवरण नै काफी छन्।

फागुन ३ गते संसदमा २ वर्षमा सरकारले गरेको कामको फेहरिस्त सुनाउँदै प्रधानमन्त्री ओलीले मातातीर्थ र थानकोटको जग्गाको प्रसंग निकाल्दै छानबिन हुने बताएका छन्। 'यो विषयमा पनि ललिता निवासको जग्गाको छानबिनझैं सरकारले छानबिन गर्ने छ। मातातीर्थस्थित नेपाल ट्रष्टको स्वामित्वमा रहेको करिब १७४ रोपनी जग्गा कानुनविपरीत मोहीका नाममा पुगेको तथ्य पनि सार्वजनिक भइसकेको छ,’ उनले भने, ‘ललिता निवास जग्गा प्रकरणजस्तै गरी यस काण्डको छानबिन हुन्छ।’

सम्बोधनका क्रममा उनले कुन प्रक्रियाबाट सो जग्गा नामसारी गरिएको हो भन्ने समेत खुलाएका छन् उनले। केही व्यक्तिलाई लाभ पुर्‍याउने नियतका साथ ‘नीतिगत निर्णय लिनुपर्ने अवस्था भयो’ भन्दै यस्तो निर्णय गरिएको देखिएको’ प्रधानमन्त्री ओलीले बताएका।

नेपाल ट्रष्ट ऐन २०६४ को दफा (४) को उपदफा (२) र (३) विपरीत निर्णय गरी सरकारी जग्गा व्यक्तिका नाममा पुर्‍याइएको ओलीको भनााइ थियो। 'नेपाल ट्रष्टको सम्पत्तिको संरक्षण गरी त्यसलाई मुलुकको हित हुने गरी उपयोग र प्रवर्द्धन गर्ने काम सरकारले कानुन बमोजिम गर्छ,’ ओलीले संसद्‍मा भने।

आफ्नो नाममा आएको जग्गा व्यक्तिको नाममा नामसारी भएको जानकारी पाएपछि ट्रष्टले समेत सो जग्गा फिर्ता ल्याउने प्रक्रिया अगाडि बढाएको छ।

मालपोत कार्यालय कलंकीका सूचना अधिकृत काफ्लेले यो विषयमा मालपोतले अध्ययन गरिरहेको जानकारी दिए।

उनका अनुसार अहिले कार्यालयले ती जग्गा को-कसका नाममा कसरी गयो भन्ने विषयमा अध्ययन गरेर विवरण निकाल्न सुरु गरेको छ। सो अनुसार मालपोतले यस्तो विवरण तयार पारेको छ।

माथि उल्लेखितमध्ये माततीर्थका दुई कित्ता जग्गा नेपाल ट्रष्टकै नाममा रहेका छन् भने थानकोटका केही जग्गा व्यक्तिका नाममा गइसकेको छैन।

यो पनि
नेपाल ट्रष्टको जग्गा मोहीलाई दिने बाबुरामको निर्णयबारे छानबिन हुने
नेपाल ट्रष्टको मातातीर्थ र थानकोटको १७० रोपनी जग्गा पनि व्यक्तिका नाममा [सूचीसहित]

प्रकाशित मिति: आइतबार, फागुन ४, २०७६  २१:१०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
उत्तम काप्री
नेपाल लाइभका वरिष्ठ संवाददाता काप्री पर्यटन तथा उड्डयन, सुशासन, सूचना प्रविधि लगायतका अर्थसँग सम्बन्धित बीटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
गैरकानुनी रूपमा कब्जा गरिएको सम्पत्ति खोज्न थालेपछि नेपाल ट्रष्टका सहसचिव भुसालको साढे ४ महिनामै सरूवा
१२ जिल्लामा नेपाल ट्रष्टको साढे २१ हजार रोपनी जग्गा, कुन जग्गामा कसको रजाइँ?
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल : सञ्‍चालनमा ३ अवरोध, परीक्षण उडानमा हतार
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
रोहितको अर्धशतकमा कतारलाई मध्यम लक्ष्य सोमबार, असोज २७, २०८२
विपिन जोशीको मृत्यु भइसकेको हमासले गर्‍यो पुष्टि, शव आजै इजरायल पठाउने घोषणा सोमबार, असोज २७, २०८२
मधेश सरकारबाट लोसपाले पनि लियो समर्थन फिर्ता सोमबार, असोज २७, २०८२
मधेश प्रदेशकी शिक्षामन्त्री शर्माले दिइन् राजीनामा सोमबार, असोज २७, २०८२
नेप्सेमा ४४.२५ अंकको वृद्धि, ४ अर्ब ९७ करोडको कारोबार सोमबार, असोज २७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
विश्वकप छनोट : रोमाञ्चक खेलमा यूएईविरुद्ध नेपाल एक रनले विजयी आइतबार, असोज २६, २०८२
यी हुन् हमासद्वारा रिहा गरिएका सात जीवित बन्धकहरू सोमबार, असोज २७, २०८२
हमासले सार्वजनिक गर्‍यो २० बन्धकको नाम, विपीनको नाम छैन सोमबार, असोज २७, २०८२
सुन तस्करी प्रकरण : पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ आइतबार, असोज २६, २०८२
बन्धक रिहाइको प्रक्रिया सुरु भयो सोमबार, असोज २७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
विश्वकप छनोट : रोमाञ्चक खेलमा यूएईविरुद्ध नेपाल एक रनले विजयी आइतबार, असोज २६, २०८२
यी हुन् हमासद्वारा रिहा गरिएका सात जीवित बन्धकहरू सोमबार, असोज २७, २०८२
पूर्वपदाधिकारीलाई मापदण्डभन्दा बढी खटाइएका कर्मचारी फिर्ता बोलाउने राष्ट्रिय सुरक्षा समितिको निर्णय बिहीबार, असोज २३, २०८२
टी–२० विश्वकप छनोट : जापानलाई हराउँदै नेपाल सुपर सिक्समा, २ अंक बटुल्यो शुक्रबार, असोज २४, २०८२
हमासले सार्वजनिक गर्‍यो २० बन्धकको नाम, विपीनको नाम छैन सोमबार, असोज २७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्