• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, भदौ ५, २०८३ Fri, Aug 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

डा बाबुरामको निर्णयले नेपाल ट्रष्टको १७० रोपनी जग्गा पाउने मोही को-को हुन्? [सूचीसहित]

64x64
उत्तम काप्री आइतबार, फागुन ४, २०७६  २१:१०
1140x725

काठमाडौं- डा बाबुराम भट्टराई नेतृत्वको सरकारले काठमाडौंको थानकोट र मातातीर्थमा रहेको करिब एक सय ७० रोपनी सरकारी जग्गा ७८ जनाका नाममा नामसारी गराएको खुलेको छ। नीतिगत निर्णय गर्न पाउने मन्त्रिपरिषद्को अधिकार दुरुपयोग गर्दै भट्टराई सरकारले नेपाल ट्रष्टका नाममा गइसकेको स्वर्गीय राजा वीरेन्द्र र राजपरिवारका सदस्यको नाममा रहेको सो जग्गा नामसारी गराएको पाइएको हो। भट्टराई नेतृत्वको मन्त्रिपरिषद् बैठकले २०६९ भदौमा यस्तो निर्णय गरेको थियो। 

नेपाल लाइभको खोजमा मन्त्रिपरिषद्को सो निर्णयलगत्तै सुरु भएको नेपाल ट्रष्टको जग्गाको नामसारी गर्ने प्रक्रिया २०७४ सालसम्म पनि नामसारी भइरहेको देखिएको छ। मालपोत कार्यालय कलंकीको विवरणअनुसार मातातीर्थमा रहेको ट्रष्टको जग्गा मोही भन्दै ३५ जनाका नाममा नामसारी भएको छ। यसैगरी, थानकोटमा रहेको ट्रष्टकै जग्गा ४३ जना मोही कायम गरेर नामसारी गरिएको पाइएको छ।

२०६९ भदौमा तत्कालीन प्रधानमन्त्री डा भट्टराईको नेतृत्वको सरकारले ट्रष्टको नाममा रहेको मातातीर्थ र थानकोटको १ सय ७० भन्दा बढी जग्गा व्यक्तिको नाममा सार्ने निर्णय गरेको थियो। यो विषयमा पहिलो पटक नेपाल लाइभले माघ २५ मा समाचार प्रकाशन गरेको थियो।

‘हाल नेपाल ट्रष्टको कार्यालयको नाममा दर्ता भएका तत्कालीन राजपरिवारका विभिन्न सदस्यहरूको नाममा दर्ता रहेका साविकका फर्मायसी बिर्ता जग्गाहरू सम्बन्धित जग्गा कमाउने जोताहा/मोहीका नामका दर्ता गर्ने विषय प्रस्ताव– मन्त्रिपरिषदको विधेयक समितिमा छलफल गरी समितिको निर्णय बमोजिम गर्ने,’ मन्त्रिपरिषद् बैठकको निर्णयमा उल्लेख गरिएको थियो।

यही निर्णयमा टेकेर मालपोत कार्यालय कलंकीले सरकारका नाममा आइसकेको जग्गा मोही भन्दै विभिन्न व्यक्तिका नाममा नामसारी गरिदिएको थियो। एकै व्यक्तिका नाममा ९ रोपनी जग्गासम्म नामसारी भएको देखिन्छ भने केही मोहीहरूको पूर्ण नाम समेत उल्लेख गरिएको छैन।

मन्त्रिपरिषद्ले ट्रष्टको जग्गा व्यक्तिलाई बाँढ्ने तयारी गरेको खुलेपछि त्यहीबेला विवाद भएको थियो। तर सरकारले सो विषयमा खासै चासो देखाएन। बरू उल्टै सरकारले व्यक्तिका नाममा जाने गरी निर्णय गरिदियो। 

चार कित्ता जग्गासम्म विभिन्न मितिमा एकै व्यक्तिका नाममा नामसारी भएको नेपाल लाइभले प्राप्त गरेको मालपोतको विवरणले देखाउँछ। मालपोतले निर्णय गर्दा ‘नेपाल ट्रष्ट र मोहीको नाममा दोहोरो श्रेस्ता देखिएको’ भन्दै ट्रष्टको नाम हटाएर मोहीको नाममा जग्गदर्ता गरेको देखिन्छ। मोहीयानी हकका रुपमा व्याक्तिका नाममा पुगेको जग्गा कित्ताकाट भएर अहिले विभिन्न व्यक्तिको नाममा नामसारी भइसकेको खुलेको हो।

nimb
nimb
Ncell 2
Ncell 2

यसरी सारियो जग्गा
गणतन्त्रको घोषणासँगै दरबार हत्याकाण्डमा मारिएका राजा वीरेन्द्र शाह र राजपरिवारका नाममा रहेको जग्गा र सम्पत्ति व्यवस्थापनका लागि सरकारले नेपाल ट्र‍ष्ट स्थापना गरी ट्रष्टका नाममा ल्याएको थियो।

सोही निर्णयअनुसार सरकारले नेपाल ट्रष्ट ऐन २०६४ जारी गरेर जग्गा खोजी सुरु गरेको थियो। सम्पत्ति खोजीका क्रममा ट्रष्टको कार्यालयले काठमाडौंको मातातीर्थ र थानकोटमा रहेको ७७ कित्ताको १ सय ७० रोपनीभन्दा बढी जग्गा राजपरिवारका नाममा रहेको फेला पारेपछि ट्रष्टको नाममा ल्याएको थियो। अहिले ट्रष्टले सार्वजनिक गरेको २०७४/०७५ को सम्पत्ति विवरण हेर्ने हो भने ती जग्गा ट्रष्टकै सम्पत्तिका रूपमा राखिएको देखिन्छ। 

तर, २०६९ साल भदौ ११ मा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले मातातीर्थ र थानकोटको जग्गा सम्बन्धित जग्गा कमाउने जोताहा/मोहीका नामका दर्ता गर्ने विषय प्रस्ताव मन्त्रिपरिषदको पेस गर्ने गरी प्रस्ताव तयार पारेको थियो।

मन्त्रिपरिषद्ले ट्रष्टको जग्गा व्यक्तिलाई बाँढ्ने तयारी गरेको खुलेपछि त्यहीबेला विवाद भएको थियो। तर सरकारले सो विषयमा खासै चासो देखाएन। बरू उल्टै सरकारले व्यक्तिका नाममा जाने गरी निर्णय गरिदियो। 

‘हाल नेपाल ट्रष्टको कार्यालको नाममा दर्ता भएका तत्कालीन राजपरिवारका सदस्यका नाममा दर्ता रहेका साविकका फर्मायसी बिर्ता जग्गा सम्बन्धित जग्गा कमाउने जोताहा/मोहीका नामका दर्ता गर्ने प्रस्ताव– मन्त्रिपरिषदको विधेयक समितिमा छलफल गरी समितिको निर्णयबमोजिम गर्ने’ भन्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ट्रष्टको जग्गा व्यक्तिका नाममा नामसारी गराउने कानुनी बाटो खोलिदिएको थियो। 

प्रस्ताव पेस भएपछि २०६९ भदौ २५ मा तत्कालीन प्रधानमन्त्री भट्टराईको नेतृत्वमा बसेको मन्त्रिपरिषद्को बैठकले ‘उक्त प्रस्तावअनुसार नै निर्णय गर्ने’ भन्दै ट्रष्टको जग्गा मोहीका नाममा लैजाने बाटो बनाइदियो। सोही निर्णयका अनुसार मालपोत कार्यालयल कंलकी २०६९ पुसदेखि ट्रष्टको जग्गा व्यक्तिको नाममा नामसारी गरेको हो। 

मातातीर्थ र थानकोटको जग्गाबारे प्रसंग निस्कँदा पनि डा भट्टराई भने खण्डन गर्दै आएका छन्।

मालपोत कार्यालयका सूचना अधिकारी नीलकण्ठ काफ्लेले नेपाल सरकारको निर्णयअनुसार ट्रष्टका नाममा रहेका जग्गा सम्बन्धित मोहीका नामका सारिएको बताउँछन्। 

उक्त निर्णयपछि कार्यालयले सार्वजनिक सूचना प्रकाशन गर्दै ट्रष्टको जग्गा व्यक्तिको नाममा सारिएको उनले जानकारी दिए। 

‘माततीर्थ र थानकोटमा रहेको तत्कालीन राजपरिवारको सदस्यको नाममा रहेको जग्गा २०६४ सालमा ट्रष्टको नाममा गएका कतिपय जग्गामा दोहोरो श्रेस्ता कायम भएको देखिन्छ,’ काफ्लेले भने, ‘यसरी दोहोरो श्रेस्ता कायम भएको र मोहीले कमाइरहेको छ भने  उनीहरुकै नाममा जग्गा दर्ता गर्ने निर्णय पछि प्रक्रिया बमोजिम मोहीका नाममा दर्ता गरिएको छ।’

बाबुरामको निर्णय कति वैध?
ललिता निवासको १ सय १४ रोपनी जग्गा व्यक्तिका नाममा पुगेको विषयमा समेत अनुसन्धानमा तानिएका थिए पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई। सो प्रकरणमा पर्दा उनले आफूले बदमासी नगरेको दाबी गर्दै आएका छन्। मातातीर्थ र थानकोटको जग्गाबारे प्रसंग निस्कँदा पनि उनले खण्डन गर्दै आएका छन्।

त्यसो भए के उनको सो निर्णयको धरातल स्वच्छ छ त? यो बुझ्न प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको २ वर्षको कामबारे संसद्‍मा दिएको जानकारीमा उल्लेख गरिएका विवरण नै काफी छन्।

फागुन ३ गते संसदमा २ वर्षमा सरकारले गरेको कामको फेहरिस्त सुनाउँदै प्रधानमन्त्री ओलीले मातातीर्थ र थानकोटको जग्गाको प्रसंग निकाल्दै छानबिन हुने बताएका छन्। 'यो विषयमा पनि ललिता निवासको जग्गाको छानबिनझैं सरकारले छानबिन गर्ने छ। मातातीर्थस्थित नेपाल ट्रष्टको स्वामित्वमा रहेको करिब १७४ रोपनी जग्गा कानुनविपरीत मोहीका नाममा पुगेको तथ्य पनि सार्वजनिक भइसकेको छ,’ उनले भने, ‘ललिता निवास जग्गा प्रकरणजस्तै गरी यस काण्डको छानबिन हुन्छ।’

सम्बोधनका क्रममा उनले कुन प्रक्रियाबाट सो जग्गा नामसारी गरिएको हो भन्ने समेत खुलाएका छन् उनले। केही व्यक्तिलाई लाभ पुर्‍याउने नियतका साथ ‘नीतिगत निर्णय लिनुपर्ने अवस्था भयो’ भन्दै यस्तो निर्णय गरिएको देखिएको’ प्रधानमन्त्री ओलीले बताएका।

नेपाल ट्रष्ट ऐन २०६४ को दफा (४) को उपदफा (२) र (३) विपरीत निर्णय गरी सरकारी जग्गा व्यक्तिका नाममा पुर्‍याइएको ओलीको भनााइ थियो। 'नेपाल ट्रष्टको सम्पत्तिको संरक्षण गरी त्यसलाई मुलुकको हित हुने गरी उपयोग र प्रवर्द्धन गर्ने काम सरकारले कानुन बमोजिम गर्छ,’ ओलीले संसद्‍मा भने।

आफ्नो नाममा आएको जग्गा व्यक्तिको नाममा नामसारी भएको जानकारी पाएपछि ट्रष्टले समेत सो जग्गा फिर्ता ल्याउने प्रक्रिया अगाडि बढाएको छ।

मालपोत कार्यालय कलंकीका सूचना अधिकृत काफ्लेले यो विषयमा मालपोतले अध्ययन गरिरहेको जानकारी दिए।

उनका अनुसार अहिले कार्यालयले ती जग्गा को-कसका नाममा कसरी गयो भन्ने विषयमा अध्ययन गरेर विवरण निकाल्न सुरु गरेको छ। सो अनुसार मालपोतले यस्तो विवरण तयार पारेको छ।

माथि उल्लेखितमध्ये माततीर्थका दुई कित्ता जग्गा नेपाल ट्रष्टकै नाममा रहेका छन् भने थानकोटका केही जग्गा व्यक्तिका नाममा गइसकेको छैन।

यो पनि
नेपाल ट्रष्टको जग्गा मोहीलाई दिने बाबुरामको निर्णयबारे छानबिन हुने
नेपाल ट्रष्टको मातातीर्थ र थानकोटको १७० रोपनी जग्गा पनि व्यक्तिका नाममा [सूचीसहित]

प्रकाशित मिति: आइतबार, फागुन ४, २०७६  २१:१०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
उत्तम काप्री
नेपाल लाइभका वरिष्ठ संवाददाता काप्री पर्यटन तथा उड्डयन, सुशासन, सूचना प्रविधि लगायतका अर्थसँग सम्बन्धित बीटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
गैरकानुनी रूपमा कब्जा गरिएको सम्पत्ति खोज्न थालेपछि नेपाल ट्रष्टका सहसचिव भुसालको साढे ४ महिनामै सरूवा
१२ जिल्लामा नेपाल ट्रष्टको साढे २१ हजार रोपनी जग्गा, कुन जग्गामा कसको रजाइँ?
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल : सञ्‍चालनमा ३ अवरोध, परीक्षण उडानमा हतार
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
गुनासो सुन्न र सुझाव लिन शिक्षामन्त्री सस्मित पोखरेल पुगे सामुदायिक विद्यालयमा बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
इन्भेष्टमेन्ट मेगा बैंकका सीईओ पाण्डेलाई ८० लाख धरौटीमा रिहा गर्न आदेश बिहीबार, भदौ ४, २०८३
बालेन सरकारलाई सर्वोच्चको अर्को झड्का, वायुसेवा निगमका अध्यक्षको नियुक्ति सर्वोच्चले गर्‍यो बदर बिहीबार, भदौ ४, २०८३
१ लाख ७० हजार ऋणीलाई कालोसूचीबाट राहत दिने तयारी, कस्ता प्रकारका ऋणीले पाउनेछन् लाभ? बिहीबार, भदौ ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
रास्वपा सांसद र मन्त्रीबीच चर्काचर्की बुधबार, भदौ ३, २०८३
सीमामा कडाइ गरिएको विषयबारे पार्टी बैठकमा अमरेशले भने– छठपछि तराईंमा रास्वपाका सांसदमाथि कुटपिट हुन सक्छ! बुधबार, भदौ ३, २०८३
राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त, को हुन् उनी? बुधबार, भदौ ३, २०८३
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्