काठमाडौं- नेपाल इन्स्योरेन्स कम्पनी*का लगानीकर्तालाई बम्पर अफर हात लागेको छ। इन्स्योरेन्सले पारित शतप्रतिशत हकप्रद सेयर जारी नगर्दै पुनः ६५ प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव गरेको छ।
कम्पनीको शतप्रतिशत हकप्रद बैसाख ५ गतेदेखि निष्काशन हुँदैछ। कम्पनीले शतप्रतिशत हकप्रद र ४ दशमलव ५२ प्रतिशत बोनस सेयरपश्चात कायम हुने चुक्ता पुँजीको ६१ करोड ७६ लाख रुपैयाँ बराबरको हकप्रद सेयर जारी गर्न लागेको हो।
कम्पनीको चैत २१ मा बसेको सञ्चालक समितिको बैठकले लगानीकर्तालाई थप ६५ प्रतिशत हकप्रद सेयर निष्काशन गरी बीमा समितिले तोकेको चुक्ता पुँजी पुर्याउन लागेको हो।
उक्त बैठकले आगामी वैशाख २१ मा ६९औं वार्षिक साधारणसभा आह्वान गरेको छ। साधारणसभाका लागि कम्पनीले वैशाख ७ मा सेयरधनी किताब बन्द गर्ने भएको छ।
*सच्याइएको
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।